Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • अविरल वर्षाले दाङमा तीन हजारभन्दा बढी घर डुबानमा
अविरल वर्षाले दाङमा तीन हजारभन्दा बढी घर डुबानमा
नेपालकागज
नेपालकागज शनिबार, असोज २२, २०७९

देउखुरी । गत मङ्गलबारदेखि परेको अविरल वर्षाका कारण दाङका अधिकांश बस्ती डुबानमा परेका छन् । 

लमही नगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकामा धरै क्षति भएको छ । स्थानीय खोलामा आएको बाढीका कारण बस्तीमा पानी पसेको छ । 

तीन हजार पाँच सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिनुभयो । 

राप्ती नदी, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा तीन हजार पाँच सय ३५ घर डुबानमा परेका छन् भने ५८ घर भत्किएको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रले जनाएको छ । घर डुबानमा परेपछि विस्थापित डुङ्गाको प्रयोग गरेर आफन्तको घरमा आश्रय लिएर बसेका छन् । 

सबैभन्दा बढी देउखुरी क्षेत्रमा क्षति भएको छ । लमही नगरपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिका पूर्णरूपमा प्रभावित बनेका छन् । 

यस्तै घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण गाउँपालिका, बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकाका अधिकांश वडा बाढीका कारण प्रभावित छन् ।

करिब एक सय जनालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सक्रियतामा बाढीमा फसेकालाई उद्धार गरिएको छ । 

देउखुरी क्षेत्रमा बाढीले धान खेती नष्ट गरेको छ । पाकेर पाटेको धान र पाकेर काट्न ठिक्क पारेको धान डुबानमा परेको छ । लमही नगरपालिकामा एक हजार चार सय ६१ घर डुबानमा परेका छन् । ४३ पूर्णरूपमा भत्किएका छन् । यस्तै राजपुर गाउँपालिका दुई सय २१ घर डुबानमा परेका छन् । १५ घर पूर्णरूपमा भत्किएका छन् ।

राप्ती गाउँपालिकामा ६ सय १० घर डुबानमा परेका छन् । ६५ घर पूर्णरूपमा भत्किएका छन् । गढवा गाउँपालिकामा ६ सय ६० घर डुबानमा परेका छन् । ८० घर भत्किएका छन् । पूर्व पश्चिम राजमार्गमा झरेको पहिरो हटाउने प्रयास जारी छ । 

बिहानदेखि झरेको पहिरो हटाउन काम भइरहेको र कालाकाटेमा झरेको पहिरो हटाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको छ । 

घोराही–३ मसोटखोलामा पहिरो जाँदा लमही–घोराही सडक खण्ड अवरुद्ध छ । पहिरो हटाउने प्रयास भइरहेको छ । यस्तै लमहीबाट घोराही लगिएको १३२ केभीको हाइटेन्सन लाइनको पोल ढलेको छ ।  

“घोराही क्षेत्रमा बिजुली छैन । पहिरो पन्छाएर सडक खोल्ने काम भइरहेको छ”, प्रहरी नायब उपरीक्षक गौतमले भन्नुभयो ।  


प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १५:०४
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्