Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • लुम्बिनी प्रदेशका राजनीतिक दलहरु निर्वाचनको तयारीमा: छलफल, भेला र प्रशिक्षणमा व्यस्त
लुम्बिनी प्रदेशका राजनीतिक दलहरु निर्वाचनको तयारीमा: छलफल, भेला र प्रशिक्षणमा व्यस्त
नेपालकागज
नेपालकागज मंगलबार, भदौ ७, २०७९

रुपन्देही । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर लुम्बिनी प्रदेशका दलहरुले तयारी थालेका छन् । 

सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि प्रदेशमा पनि राजनीतिक दलहरु छलफल, भेला र प्रशिक्षणमा व्यस्त भएका छन् ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र मधेसवादी दलहरु अहिले आन्तरिक तयारीमा लागेका हुन् । 

राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलका साथै साना एवं स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका  नेताले पनि निर्वाचन क्षेत्रमा चुनावी गतिविधि सुरु गरेका छन् । चोक–चोकमा निर्वाचनसम्बन्धी चर्चा सुरु भएको छ ।

पाँच दलीय गठबन्धनमा रहेका दलहरु प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन गरेर निर्वाचनमा जाने तयारीमा छन् भने गठबन्धन दलविरुद्ध एमाले एक्लै चुनावी मैदानमा जाने तयारीमा छ । 

लुम्बिनी प्रदेशमा गठबन्धनलाई अझै मजबुद बनाएर जाने तयारी भएको नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन बताउनुहुन्छ ।

आगामी निर्वाचनमा गठबन्धन दलका तर्फबाट साझा उम्मेदवार बनाएर निर्वाचनमा जाने उहाँको भनाइ छ । 

“हामीले बैठकबाटै आसन्न चुनावमा गठबन्धन गरेर जाने र साझा उम्मेदवार बनाउने निर्णय गरेका छौँ  । त्यसका लागि आ–आफ्नो पार्टीका तर्फबाट विस्तृत प्रतिवेदन तयार गरी छलफल गर्ने भनेका छौँ”, उहाँले भन्नुभयो ।

निर्वाचनको तयारीका लागि स्थानीय तह निर्वाचनका सन्दर्भमा निर्माण गरिएका प्रदेश र जिल्ला तहका संयुक्त संयन्त्र पुनः क्रियाशील बनाएर बैठक भेला आयोजना गर्ने गठबन्धन दलको तयारी छ । 

निर्वाचनको मिति तय भएसँगै नेकपा (एमाले) पनि तयारीमा जुटेको छ । एमाले पराजयबाट पाठ सिक्दै आगामी चुनावमा सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारलाई विजयी बनाउने रणनीति बनाउँदै छ ।

प्रशिक्षणका साथै भेला र बैठक आयोजना गरिएको एमालेका लुम्बिनी प्रदेश समिति उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ बताउनुहुन्छ । एमालेले पहिलो चरणमा प्रदेश र जिल्लास्तरका प्रशिक्षण कार्यक्रम गरेको छ । 

निर्वाचनमा पार्टीका एजेन्डा जनतामाझ कसरी लैजाने भन्ने विषयमा नेता तथा सङ्गठनका प्रमुखलाई प्रशिक्षण दिइएको श्रेष्ठले बताउनुभयो । एमालले जनताका गुनासा र सुझाव लिने काम गरिरहेको छ । 

गत साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेको थियो । प्रतिनिधिसभाअन्तर्गत एक सय ६५ र प्रदेशसभाअन्तर्गत तीन सय ३० निर्वाचन क्षेत्रमा निर्वाचन हुने भएको छ । 

लुम्बिनी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्धारित २६ निर्वाचन क्षेत्र तथा प्रदेशसभातर्फ ५२ निर्वाचन क्षेत्र छन् ।


प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १६:३८
#लुम्बिनी प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्