Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
पालिका
  • Home
  • पालिका
  • बाँकेका उम्मेदवार मत माग्न घरदैलोमा, बैंकले कालोसूचीमा राखेकाले वडाध्यक्षको उम्मेदवारी रद्द
बाँकेका उम्मेदवार मत माग्न घरदैलोमा, बैंकले कालोसूचीमा राखेकाले वडाध्यक्षको उम्मेदवारी रद्द
नेपालकागज
नेपालकागज शुक्रबार, वैशाख १६, २०७९

नेपालगन्ज । बाँकेमा विभिन्न राजनीतिक दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । उनीहरु मत माग्नका लागि नेपालगन्ज र आसपासका विभिन्न गाउँ पुग्न थालेका छन् । 

गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका नेपालगन्ज उपमहानगरका प्रमुखका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुखका उम्मेदवार कमरुद्दिन राई र नेकपा (एमाले)का प्रमुखका उम्मेदवार पशुपतिदयाल मिश्र, उपप्रमुख शान्ति ढकाल दिनहुँजसो मत माग्न मतदाताकहाँ पुग्नुभएको छ ।

त्यस्तै राप्रप्राका नेपालगन्ज उपमहानगरका प्रमुखका उम्मेदवार नन्दलालल वैश्यलगायत साना दलका उम्मेदवार पनि मत माग्न घरदैलो पुगेका छन् । 

यही वैशाख ३० हुने स्थानीय निर्वाचनका लागि नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवार प्रशान्त विष्टले नेपालगन्जको विकासका लागि गठबन्धनको विजय आवश्यक रहेको बताउनुभयो । जनता समाजवादी पार्टीका उपप्रमुखका उम्मेदवार कमरुद्दिन राईले सामाजिक सद्भाव बढाएर नेपालगन्ज बदल्ने अभियानमा लाग्ने स्पष्ट पार्नुभयो ।

एमाले नेपालगन्ज उपमहानगरपालिकाले पनि घरदैलो अभियानमा सक्रियता बढाएको छ । उपमहानगरपालिकाका प्रमुखका उम्मेदवार पशुपतिदयाल मिश्र उपप्रमुखका उम्मेदवार शान्ति ढकाल तथा विभिन्न वडामा उम्मेदवार रहेका वडाध्यक्ष र सदस्य आफ्ना पक्षमा मत माग्न घरदैलोमा व्यस्त हुनुहुन्छ । 

नेपालगन्ज उपमहानगरपालिका विभिन्न वडामा मत माग्न र जनताको अपेक्षा र समस्या पहिल्याउन जनताको घरदैलोमा आएको प्रमुखका प्रत्यासी मिश्रले बताउनुभयो । 

उहाँले मतदाताले सडक, खानेपानी, फोहर व्यवस्थापनको कुरालाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । मिश्रले नेपालगन्जलाई समृद्ध बनाउन घरदैलो प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । 

उम्मेदवारबाट मतदाताले राखेको अपेक्षा बुझ्न आफूहरू जनताको ढोका–ढोकामा आएको उपप्रमुखको प्रत्यासी ढकालले बताउनुभयो । उहाँले भन्नुभयो “सुन्दर र समृद्ध नेपालगन्जको विकासका लागि हामीले काम गर्न सक्छौँ ।” 

यसबाहेक कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, बैजनाथ गाउँपालिका, राप्ती सोनारी गाउँपालिका, नरेनापुर गाउँपालिकामा पनि उम्मेदवारले मत माग्न मतदाताकहाँ घरदैलो सुरु गरेका छन् । 

बाँकेका आठ पालिका प्रमुख र उपप्रमुख तथा ८१ वडाध्यक्षका लागि दुई हजार ३२९ ले उम्मेदवारी दर्ता गराएका छन् । सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य गरी कूल ७७९ ले उम्मेदवारी दर्ता गराएका छन् । 

सबैभन्दा कम डुडुवा गाउँपालिकामा १७७ ले उम्मेदवारी दर्ता गराएका हुन् । बाँकेका ८१ वटा वडाध्यक्षका लागि ५१२, सदस्यमा ८७२, महिला सदस्यमा ४२४ र दलित महिला सदस्यमा ३९२ जनाको उम्मेदवारी परेको छ । 

गत निर्वाचनभन्दा यसपटक वडाध्यक्षमा ३८ जना बढीले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा कूल मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् । सुरक्षाका दृष्टिकोणले ११२ अतिसंवेदनशील र २४ संवेदनशील मतदानस्थल रहेको छन् । जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल यसपटक निर्वाचनमा सहभागी छन् । 

वडाध्यक्षको उम्मेदवारी रद्द

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ मा वडाध्यक्ष पदका उम्मेदवार अजयकुमार पाठकको उम्मेदवारी रद्द भएको छ । उहाँ मनोनयन हुनुअघि मात्रै नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एमाले) प्रवेश गर्नुभएको थियो । 

एमालेको तर्फबाट मनोनयन गर्नुभएका पाठकलाई बैंकले कालोसूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको  मुख्य निर्वाचन अधिकृत कार्यालय नेपालगन्जका  प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयो ।

उपमहानगरपालिका वडा नं ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र सञ्जु बंशाकारको उम्मेदवारीसमेत रद्द भएको छ । उहाँहरूको दलित भन्ने निस्सा नभएका कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपालगन्ज उपमहानगरमा २३ वडा छन् ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १४:०१
#बाँके #निर्वाचन #नेपाली कांग्रेस #नेकपा (एकीकृत समाजवादी)
प्रतिक्रिया दिनुहोस्
थप पालिका
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट
डुडुवा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट मंगलबार, असोज १, २०८१
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै
रामबहादुर बम्जन अदालतमा उपस्थित, कारागार पठाउने वा तारेखमा छाड्ने भन्ने आदेश आउँदै बिहीबार, पुस २६, २०८०
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो
बर्दियाको गुलरिया नगरपालिका क्षेत्रमा बाघले आक्रमण गर्दा दुइ जना घाइते, अस्पताल भर्ना गरियो आइतबार, पुस १, २०८०
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर
भूमि आयोगबाट जग्गा वितरण भएसँगै वडाबाट लालपुर्जाको निस्सा पाएपछि स्थानीयमा खुशीको लहर शनिबार, मंसिर १६, २०८०
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा
बर्दियाको मधुवन वडा ३ मा लूटतन्त्र, वन्यजन्तु पीडितलाई दिनुपर्ने लाइट वडा सदस्यको घर-घरमा भागवण्डा आइतबार, मंसिर १०, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्