Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • ‘सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा’- लुम्बिनी प्रदेश प्रमुख शेरचन
‘सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा’- लुम्बिनी प्रदेश प्रमुख शेरचन
नेपालकागज
नेपालकागज सोमबार, माघ १०, २०७८

लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना सङ्क्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा जानकारी लिनुभएको छ । उहाँले कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि प्रदेश सरकार र सरकारी निकायले नियन्त्रणमा गरेका प्रयासका बारेमा जानकारी लिनुभएको हो ।उहाँले आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजना गर्नुभएको छलफलमा मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, प्रदेशका मन्त्री, स्वास्थ्य सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिनुभएको हो । 

प्रदेश प्रमुख शेरचनले कोरोना महामारी नियन्त्रणको लागि  प्रदेशले अभियाननै सञ्चालन गरेर अन्य प्रदेशले पनि सिको गर्ने कामगर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो“पर्याप्त मात्रामा पीसीआर परीक्षण नभएको, सिरिञ्ज अभाव र आर्थिक अभावले क्वारेन्टिन सञ्चालन हुन नसकेको मिडियाबाट आफूले जानकारी पाएको छु ।  तत्काल तीनै तहका सरकार मिलेर कोरोना सङ्क्रमण नियन्त्रण तथा बिरामीको उपचारमा लाग्न म आग्रह गर्दछु  ।”

सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा भएको प्रमुख जनाउँदै प्रमुख शेरचनले विकास निर्माणका काम स्थगित गरेर भएपनि नागरिकको जीवन सुरक्षा गर्नको लागि ध्यान दिन आग्रह गर्नुभयो । 

सो अवसरमा मुख्यमन्त्री केसीले कोरोना सङ्क्रमण नियन्त्रण र उपचारको लागि प्रदेशका मन्त्रीको अनुगमन समिति बनाएर प्रभावकारी उपचार भए नभएको बारेमा अनुगमनमा जोड दिइएको जानकारी दिनुभयो । 

उहाँले संघीय सरकार र नेपाली सेनाको प्रयासमा प्रदेशमा रुपन्देही, कपिलवस्तु र बाँकेमा गरी  तीनवटा होल्डिङ सेन्टरको निर्माणको काम भईरहेको र बनिसकेका सेन्टरको सञ्चालन गरिने जानकारी दिनुभयो । रुपन्देहीमा जग्गा प्राप्त हुन नसक्दा होल्डिङ सेन्टर नबनेको र कपिलवस्तु र बाँकेमा निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।  

प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकाश देवकोटाले अहिले प्रदेशमा कोरोना परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको जानकारी  दिनुभयो । 

उहाँले नयाँ भेरियन्टसँगै  सङ्क्रमण फैलिएपछि प्रदेशमा ११ जनाको मृत्यु भएको ५ हजार ५२८ सङ्क्रमित भएको र पाँच हजार ३६ होम आइसोलेसन, ५० जना संस्थागत आइसोलेसन, ३३ जना आइसियू र एक जना भेन्टिलेटरमा रहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रदेशमा लुम्बिनी प्रादेशिक, भीम अस्पताल, भेरी र राप्ती अस्पताललाई कोरोना डेडिकेटेट अस्पताल बनाएर तयारी अवस्थामा राखिएको प्रदेशका विभिन्न अस्पतालमा  ६२४ एचडियू २५३ आइसियू र ६२ भेन्टिलेटर तयारी अवस्थामा राखिएकोे छ । 

अहिलेसम्म प्रदेशमा लक्षित जनसङ्ख्यामध्ये ८३ प्रतिशतलाई पहिलो र ६५ प्रतिशतलाई दोस्रो मात्राको कोरोनाविरुद्धको खोप लगाइएको र प्रदेशमा अझै पनि १८ लाख ६२ हजारभन्दा बढी डोज आवश्यकता रहेको सो अवसरमा जानकारी दिइएको थियो छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भारतबाट आएका यात्रुका नाकामा कोरोना परीक्षण गर्दै आएको र सङ्क्रमण पोजेटिभ देखिएकाका व्यवस्थापमा समस्या रहेको जानकारी दिनुभयो । उहाँले बेलहिया नाकाबाट देशका विभिन्न ठाउँमा जाने यात्रु आउने र उनीहरुलाई गन्तव्यसम्म पु¥याउने चुनौती रहेको बताउनुभयो । 

नेपाली प्रहरी लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारीले प्रहरीले कोरोना सङ्क्रमण नियन्त्रणका लागि नागरिकमा सुरक्षा सचेतना फैलाउने अभियान चलाएको जानकारी दिनुुभयो ।  महासेनानी मचिन्द्र थापाले प्रदेशको रुपन्देही, बाँके र कपिलवस्तुमा अहिले होल्डिङ सेन्टर निर्माणको काम  भइरहेको र कपिलवस्तुमा ८२ प्रतिशत भौंतिक र ५५ प्रतिशत आर्थिक प्रगति भएको जानकारी दिनुभयो ।


प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  ०९:०५
#लुम्बिनी प्रदेश
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्