Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • सप्तरीमा ५५ घटना मानवाधिकार उल्लङ्घन
सप्तरीमा ५५ घटना मानवाधिकार उल्लङ्घन
नेपालकागज
नेपालकागज सोमबार, असार २८, २०७८

सप्तरी । जिल्लामा छ महिनाका अवधिमा ५५  मानवाधिकार उल्लङ्घन र ज्यादतिका घटना भएका छन् । नेपाल मानवाधिकार वर्षपुस्तक २०२२ को तयारीका लागि  इन्सेकले सार्वजनिक गरेको अर्धवार्षिकप्रतिवेदनमा सन् २०२१ जनवरीदेखि जुनसम्मका अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले आइतबार प्रस्तुत गरेकोे प्रतिवेदनअनुसार बालिका बलात्कारका १२ घटनामा पाँचदेखि १८ वर्षका १३ जना पीडित छन् । आरोपितमा १५ देखि ७१ वर्षका १३ जना छन् । आरोपितमध्ये बुवासहित चार जना पुर्पक्षका लागि थुनामा, छ जना फरार, एक बालक अभिभावकको जिम्मामा र एक धरौटीमा रिहा भएका छन् । एउटा उजुरी दर्ता भएको छैन् ।

डाक्नेश्वरी नगरपालिका–३ हटेलकी नौ वर्षीया शिवानीकुमारी यादवको बलात्कार गरी हत्या गरेको आरोपमा छिमेकी १९ वर्षीय रोहितकुमार यादव असार ६ गते पक्राउ परेका छन् । पीडितको हँसियाले घाँटी काटेर हत्या गरिएको अवस्थामा असार ४ गते शव फेला परेको थियो ।
    
पहिलो पटक मिर्गौला बेचबिखनको एक घटना पनि बाहिर आएको छ । वैशाख २७ गते पक्राउ आरोपित सुरुङ्गा नगरपालिका–१ नैनडाबरका ३५ वर्षीय रमेश विश्वकर्मा मानसिक र शारीरिकरुपमा बिरामी रहेकाले जेठ ४ गते जमानीमा छुटेका छन् । मुख्य आरोपितको पहिचान खुलेको छैन । 
    
महिला बलात्कारका छ घटनामा दुई जना फरार, दुई जना धरौटीमा र दुई जना जमानीमा रिहा भएका छन् । यो छ महिनाको अवधिमा गैरराज्यबाट दुई पुरुषको कुटपिटमा हत्या घटना भयो । जसमा आठ जना पुरुष आरोपित रहे । आरोपितमध्ये एक घटनाका चार जना पुर्पक्षका लागि थुनामा छन् भने अर्को घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
    
सोे छ महिनामा बालयौन दुव्र्यवहारको तीन घटनामा एक जना बालसुधार गृहमा छन्, एक जना असार ८ गते पक्राउ परेका छन् भने एउटा उजुरी दर्ता भएको छैन । १४ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा असार १५ गतेदेखि एक जना आरोपित पुर्पक्षका लागि थुनामा छन् । छ महिनाको अवधिमा हुनै लागेको एक बालविवाह रोकिएको छ भने अर्को एक बालविवाहमा जेठ १६ गते पाँच आरोपितविरुद्ध अदालतबाट म्यादी पुर्जी जारी भएको छ ।
    
महिला बलात्कार प्रयासका छ वटा घटनामा दुई जना धरौटीमा रिहा भएका छन् भने दुई जना पक्राउ परेका छैनन् र दुई जनाले उजुरी दिएनन् । एक महिलाको आत्महत्या दुरुत्सानमा उनका पति असार ७ गते ६० हजार धरौटी राखी रिहा भएका छन् । बहुविवाहको चार घटनामा पाँच जना आरोपितविरुद्ध म्यादी पुर्जी जारी भएको छ भने तीन जना धरौटी राखी रिहा भएका छन् ।
    
एक महिलाको गर्भपतन गराएको आरोपमा जिल्ला अदालतले पाँच जनालाई जनही रु ३० हजार धरौटी लिइ पुर्पक्षका लागि रिहा गरेको छ । भौतिक संरचना, सम्पत्ति क्षतिअन्तर्गत चार घटनामा दुई आरोपित धरौटीमा र एक जमानीमा रिहा भएका छन् । आरोपित एक जनालाई म्यादी पुर्जी जारी भएको छ भने पाँच जना पक्राउ परेका छैनन् । गैरराज्यबाट यातनाका एक, विप्लब समूहका पक्राउको एक, कुटपिट,दुव्र्यवहारका चार, घरेलु हिंसाका पाँच घटना अभिलेख गरिएको छ ।


प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १३:३०
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्