Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • पौरस्त्य दर्शनका आलोकमा महिला : वेद–दर्शनका कतिपय गलत मान्यता अहिले पनि समाजमा कायम
पौरस्त्य दर्शनका आलोकमा महिला : वेद–दर्शनका कतिपय गलत मान्यता अहिले पनि समाजमा कायम
नेपालकागज
नेपालकागज बुधबार, असार २३, २०७८

काठमाडौँ । महिलाहरूले पढ्न हुँदैन र पुरुषले मात्रै पढ्नुपर्छ भन्ने वेद–दर्शनका कतिपय गलत मान्यता अहिले पनि समाजमा कायम रहेको बताइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा महिला अध्ययन केन्द्रसँगको सहकार्यमा ८१औँ योगमाया स्मृति दिवसका अवसरमा मङ्गलबार आयोजित ‘पौरस्त्य दर्शनका आलोकमा महिला’ विषयक विचार–गोष्ठीमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महिलाहरूले पढ्न नपाउने भन्ने कुरा वेदको सही व्यवस्थापन नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “कुनै कालखण्डमा स्वार्थवश र अन्जानवश वेदको व्याख्या गरिँदा वेद–दर्शनका केही आधारभूत कुराहरू विकृत भएर जान्छन् । त्यसैले यस्ता गोष्ठीले त्यसका आधारभूत मान्यताहरू के छन्, कुन पृष्ठभूमिमा ती संरक्षित भए र तिनीहरूको सन्देश के हो भनेर बुझ्न सहयोग पु¥याउँछन् ।” उहाँले त्यसको साङ्केतिक महत्वलाई बुझेर मनन गर्न सकेमा हरेक युगमा मानवको जीवनलाई निर्देशित गर्ने प्रकारका कुराहरू वेदमा रहेको विचार व्यक्त गर्नुभयो ।  

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले पौरस्त्य दर्शनका आलोकमा महिलाको स्थान विशिष्ट, उच्च र सम्मानीत रहेको बताउँदै पहिले पौराणिककालमा मात्रै होइन, अहिले पनि नेपाली समाजमा महिलाको स्थान सम्मानजनक छ । रीतिथितिलाई बुझ्दै हामीले समयअनुसार चल्नुपर्छ । उहाँले सबैलाई न्याय दिने, मान्य हुने कानून बनाउनुपर्छ भन्नुभयो ।

प्रतिष्ठानका सदस्यसचिव एवं दर्शनशास्त्र विभागका प्रमुख प्रा जगत्प्रसाद उपाध्यायले वेदमा महिलाको स्थिति के रहेछ, बौद्धदर्शनमा महिलाको अवस्था के रहेछ र हाम्रो धर्मदर्शनमा महिलाको अवस्था के रहेछ भनेर बुझ्नका लागि कार्यक्रम फलदायी भएको ठहर गर्नुभयो । उहाँले वैदिक वाङ्मयमा महिलाको अवस्था सम्मानजनक रहेको उल्लेख गर्दै वेदका मन्त्रका रचयिता पुरुष र महिला दुवै भएकाले पनि महिलाको स्थान उच्च रहेको विचार व्यक्त गर्नुभयो ।   

गोष्ठीमा ‘वैदिक दर्शन र महिला’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै डा शुक्रराज अधिकारीले ‘वेद महिलाले भने पढ्नु हुँदैन, पुरुषले मात्रै पढ्नुपर्छ’ भन्ने गलत मान्यता अझै पनि समाजमा व्याप्त रहेको तर तिनै महिलाले पढ्न नहुने भनिएको वेदका कैयौँ मन्त्र महिलाले नै लेखेको बताउनुभयो । उहाँले वैदिक नारीहरू मन्त्रद्रष्टा ‘ऋषिका’का रूपमा स्थापित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आर्यहरूको धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिको मूल स्रोत मानिएको सर्वप्राचीन र सर्वाधिक मान्य ग्रन्थ वेद हो । समग्र जीवन जगत्, ज्ञान र विज्ञानको स्रोत वैदिक दर्शन हो । यही वेद अहिले महिलाले पढ्नुहुन्न भनिन्छ । तर वेदका ४२२ वटा मन्त्रका मन्त्रद्रष्टा नारीहरू तथा ‘ऋषिका’हरू थिए ।”

कार्यक्रममा बेलायतबाट भर्चुअल माध्यमबाट भिक्षु कश्यपले ‘बौद्ध दर्शन र महिला’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै पितृसत्ताको नियन्त्रण र थिचोमिचोले स्त्री हमेसा सीता बनेको तर बुद्ध कहिल्यै नबनेको तर्क गर्नुभयो ।  प्राडा शशी अधिकारीले ‘धर्म, दर्शन र कानूनमा महिलाको अधिकार’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै वैदिककालमा महिलाको स्थान समानता उन्मुख भए पनि आधुनिक युगमा लैङ्गिक समानताका लागि महिलाहरू सङ्घर्षरत रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान र कानूनले गरेको व्यवस्थाको कार्यान्वयनका लागि पितृसतात्मक सोचमा परिवर्तन नआएसम्म कार्यान्वयन हुन सक्दैन । असमानतालाई हटाउँदै समानता लागू गर्न लैङ्गिक विभेद्कारी सोचमा नै परिवर्तन आउनुपर्ने र सो परिवर्तन नभएसम्म महिलाले पूर्ण अधिकार पाउन कठिन छ ।” 

डा अधिकारीको गोष्ठीपत्रमाथि साहित्यकार विष्णु प्रभातले टिप्पणी गर्दै महिलाको स्थानमा केही पुरानो वैदिक, उत्तर वैदिक वा ऋग्वेदको कुरा जोड्दा तीन–चारवटा प्रथा जोड्न पर्ने बताउनुभएको थियो । यसैगरी भिक्षु कश्यपको ‘बौद्ध दर्शन र महिला’ विषयक गोष्ठीपत्रमाथि प्राडा रञ्जना बज्राचार्यले र प्राडा शशी अधिकारीद्वारा प्रस्तुत ‘धर्म, दर्शन, कानून र महिला’ विषयक गोष्ठीपत्रमाथि संविधानसभा सदस्य डा विन्दा पाण्डेले टिप्पणी गर्नुभएको थियो । गोष्ठीमा संविधानसभा सदस्य प्रभा बज्राचार्य, निवर्तमान सङ्घीय सांसद विद्या भट्टराई तथा महिला अध्ययन केन्द्रकी अध्यक्ष सीता ओझाले ‘पौरस्त्य दर्शनका आलोकमा महिला’ विषयमाथि विचार व्यक्त गर्नुभएको थियो ।
 


प्रकाशित मिति: बुधबार, असार २३, २०७८  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्