Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • खत्रीको उपचारमा सहयोगी बन्यो लायन्स: ट्युमरले एकाएक अनुहार नै छोप्न थालेपछि लायन्सको सहयोगमा उपचार हुँदै 
खत्रीको उपचारमा सहयोगी बन्यो लायन्स: ट्युमरले एकाएक अनुहार नै छोप्न थालेपछि लायन्सको सहयोगमा उपचार हुँदै 
नेपालकागज
नेपालकागज सोमबार, असार २१, २०७८

गण्डकी । पोखरा महानगरपालिका–२१ कृस्ती ठुलाचौरकी १६ वर्षीय भगवती खत्रीलाई मुखमा ट्युमर पलाएपछि उपचार नै हुँदैन कि भन्ने चिन्ता थियो । जन्मजातै नाकमा सानो फोको आएको र पछि विस्तारै बढ्दै गएर मुखसहित अनुहार नै छोपिन थालेसँगै उहाँलाई जटिल समस्या परेको हो ।

ट्युमरले एकाएक अनुहार नै छोप्न थालेपछि भगवतीसँगै खत्री परिवार ठूलै समस्यामा परेको थियो । निम्नवर्र्गीय परिवारमा देखिएको सो समस्या उपचार नै नपाइने डरले थप चिन्तित बनेको अवस्थामा सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ पोखरा चौतारी सहयोगीका रूपमा आएपछि यतिखेर खत्री परिवारमा खुसियाली छाएको छ ।
 
भगवतीको लायन्सको सहयोगमा अहिले उपचार भइरहेको छ । भगवतीको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा आज शल्यक्रिया हुने तयारी भइरहेको उहाँका बुबा गङ्गाबहादुर खत्रीले जानकारी दिनुभयो । “छोरीको उपचारको कुराले हामी निकै चिन्तित थियौँ, लायन्स क्लब अफ पोखरा चौतारी यतिखेर हाम्रो परिवारका लागि भगवान् नै भएर आएको छ”, उहाँले भन्नुभयो ।
  
भविष्य निर्माण माविमा विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गर्न पुगेको लायन्स क्लबको टोलीले विद्यार्थी भगवतीको चिन्ताजनक अवस्था देखेपछि उपचार गरिदिने वातावरण तयार गरेको हो ।

“मुखमा बढेको ट्युमरका कारण खाने कुरा खानभन्दा पनि पानी पिउन असाध्यै अप्ठेरो हुने गरेको थियो”, भगवतीले भन्नुभयो, “पहिलो पटक २०७७ वैशाखमा सुष्मा कोइराला मेमोरियल अस्पताल शल्यक्रिया गरेपछि केही सहज भएको थियो पछि पुनः बढ्दै गएको छ ।”

 पोखरा–२१ स्थित भविष्य निर्माण माविमा कक्षा १० मा अध्ययनरत उहाँले भन्नुभयो, “भाग्यले अप्ठेरो पारे पनि परिवारको सहयोग तथा विद्यालयमा सर र साथीको  माया एवं उत्साहले अध्ययनलाई निरन्तरता दिन सके अहिले त उपचार गरिदिन लायन्स क्लब नै मेरो लागि भगवान् बनेर आएको छ ।”

लायन्स क्लबको समन्वयमा अस्पतालले सबै उपचार निःशुल्क गरिरहेको छ । अघिल्लो पटक शल्यक्रिया गर्दा अस्पतालमा आवतजावत एवं कुरुवाका लागि लाइन्सबाट रु ४० हजार सहयोग गरिएको थियो भने यस पटक पनि रु ५० हजारसहित भगवतीलाई पठाइएको लायन्स क्लब अफ डिष्ट्रिक्ट ३२५ (वी वान) का कोचिफ एडभाइजर मोहनबाबु खड्काले जानकारी दिनुभयो । 

पोखरा चौतारीका पूर्वअध्यक्ष समेत रहनुभएका उहाँका अनुसार यो सहयोग लायन्सका सदस्यबाट सङ्कलन गरिएको हो । उपचारको अन्य सम्पूर्ण खर्च पनि साथीहरुबाट सहयोग जुटाएर नै  गरिने छ । भगवतीको डा सन्तोषविक्रम भण्डारीले उपचार गरिरहनुभएको छ । उहाँका अनुसार भगवतीको ट्युमरको तीन पटक शल्यक्रिया गर्नुपर्छ ।

कृषिकार्य गरी जीविकोपार्जन गर्दै आएको भगवतीको परिवारमा बुबा वडा कार्यालयका कार्यालय सहयोगीका रूपमा काम गर्दै आउनुभएको छ भने आमा राधा घरयसी काममा नै व्यस्त हुनुहुन्छ । एउटा दिदी र भाइसमेत रहेकी भगवतीका लागि उपचार असहज भएका अवस्थामा लायन्सबाट गरिएको सहयोग अतुलनीय भएको परिवारको भनाइ छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलका अनुसार क्लबले ट्युमर बढेका कारण कष्टकर जीवन बिताउन बाध्य विद्यार्थी भगवतीको उपचारमा महत्वपूर्ण सहयोग पु¥याउनुका साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएर ठूलो गुन लगाएको छ । 


प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्