कांग्रेसको आडमा नेरामावी धनौरामा आफ्नो मान्छे राखियो भन्ने यस समाचारको हेडलाइनका बारेमा मौखिक रुपमा खण्डन आएकाले हेडलाइन सच्याइएको छ । यस बाट पाठक बर्गमा पर्न गएको असुबिधा प्रती क्षेमा माग्दछौँ - सम्पादक
रन्जित शाह, राजेश कुर्मी, हरि गुरुङ, अनोज थारू, बर्दिया । नेरा माबी धनौरामा मनोमानी तरिकाले मापदण्ड नपुर्याइ शिक्षक भर्ना गरिएको छ । शिक्षक भर्ना गर्दा स्थानीय नेताहरूको दबाब र प्रधानाध्यापक चन्द्र बहादुर खत्रीको असक्षमताका कारण मापदन्डलाई कुल्चिदै कानुनी प्रक्रियालाई मिचेर शिक्षक भर्ना गरेको स्थानीयवासीले गुनासो गरेका छन । यस समाचारको विषयमा सम्बन्धित पक्षले खण्डन गरेको छ । खण्डन गरिएकाले बाँकी छानबिन भैरहेको छ । समाचारको विषयमा सत्यता नरहेको भन्ने विषयमा सम्बन्धित पक्षले दाबी गरेकोले सुचनाको हक अनुसार उक्त शिक्षक भर्ना प्रक्रियाका सम्पूर्ण कागजात मागिने भएको छ ।
शिक्षक भर्ना गर्दा पूरा गर्नुपर्ने प्रक्रिया पूरा गरेको या नगरेको, प्रतिष्पर्धीहरूबिच कुन मापदण्डमा बिज्ञापन मागिएको, कुन पत्रिकामार्फत बिज्ञापन दिइएको, नगरपालिकाको शिक्षा साखाले लिएको परिक्षाका उत्तरपुस्तिकाहरू सुचनाको हक बमोजिम मागी छानबिन गर्ने निर्णय नेपाल कागज डटकमले गरेको छ । यस विषयमा प्रधानाध्यापकसँग प्रतिक्रिया माग्दा उहाँले फोन मार्फत दुई वटा कांग्रेस भएकाले आफू दबाबमा परेको त्यसैले आज आफू अफ्ठ्यारोमा परेको बताउनुभएको छ । उहाँको उक्त संवादको रेकर्ड सुरक्षित राखिएको छ । कुनै प्रतिस्पर्धा बिना नै आफ्नो मान्छे राख्नु परेको विषयमा शिक्षा नियमावलीका प्रक्रिया किन पूरा गरिएन भन्ने प्रश्नमा उहाँले आफुले प्रक्रिया पूरा गर्न खोजेको, कम्तीमा ३ जनाको प्रतिस्पर्धा गराएर सुचना विज्ञापन दिने भनेर कुरा राखेता पनि कांग्रेसको दुई समुहबिच आफू फसेको उहाँले रेकर्डमा बोल्नुभएको छ ।
जानकारी दिने तथा गलत तवरले नियुक्ति दिएको भन्ने विषयमा सम्पूर्ण छनबिनमा निस्पक्ष ढंगले सहयोग पुर्याइ सत्यतथ्य छानबिन गर्न निज शिक्षकका श्रीमान प्रेम पाण्डेले पनि सो विषयमा कुनै गल्ती कमजोरी नभएको दाबी गर्दै छनबिन गर्न आग्रह गरेकाले श्री नेरा मावि धनौरा बर्दियाको विषयमा सम्पूर्ण सत्य तथ्य छानबिन गरि बाहिर ल्याउन समाचारको खण्डण गर्दै समाचार हटाउन आग्रह गर्नुभएको छ । श्री नेरा माविमा प्रक्रिया नपुर्याइ शिक्षक भर्ना गरेको सम्बन्धमा स्थानीयले गुनासो गरेका छन भने अन्यले सम्पूर्ण प्रक्रिया पुर्याएको दाबी गरेका छन ।
दुबै पक्षले एक अर्काको खण्डण गर्दै फरक फरक दाबी गरेकाले यस विषयमा श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरि अनुसन्धान अघि बढाइने नेपाल कागज डट कमले निर्णय लिएको छ । सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय टंगाल तथा सम्पर्क कार्यालय बाँकेमा छुट्टाछुट्टै नेपालकागज प्रतिनिधि गै छानबिन गर्न अनुरोध सहित संस्थागत रुपले जानकारी गराउने निर्णय भएको नेपाल कागजका प्रधान सम्पादकले बताउनुभएको छ ।