Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पाल्पाली मतदाता भन्छन्, ‘हाम्रालाई होइन राम्रालाई मत दिन्छौँ’
पाल्पाली मतदाता भन्छन्, ‘हाम्रालाई होइन राम्रालाई मत दिन्छौँ’
नेपालकागज
नेपालकागज बिहीबार, मंसिर १, २०७९

रामपुर (पाल्पा)। प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुन अब तीन दिन बाँकी छ । दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा मतदातालाई फकाउँदै मत मागिरहेका छन् । मतदाता भने परिवर्तनको पक्षमा छन् । 
       
विकास र समृद्धिको आशामा लगातार मतदान गरिरहेका मतदाता अहिले भने सक्षम र योग्य उम्मेदवार पहिचान गरी मतदान गर्ने बताउँछन् । रामपुर नगरपालिका–१०  धन्सारका ६४ वर्षीय ज्योतिलाल भण्डारी लगातार निर्वाचन जितेर सत्तामा पुगेका नेतृत्व गाउँ नफर्कदा विकासले बामे सर्न नसकेको बताउनुहुन्छ । पूर्वी पाल्पामा करिव तीन दशकसम्म एउटै राजनैतिक दलले नेतृत्व गर्ने अवसर मतदाताले दिए पनि जनमतको कदर नगरेको उहाँले गुनासो पोख्नुभयो । 
       
उहाँ भन्नुहुन्छ, “जनताले विकास चाहने तर परिवर्तन हुन नखोज्ने, राजनीतिक दलको छायाँमा बसेर मत खसाल्ने गरेकाले नेतृत्वले मतको कदर र सम्मान नगरेका हुन्, गाउँठाउँको विकासको लागि हाम्रा व्यक्ति नभनौँ, राम्रा उम्मेदवार रोजौँ, निर्वाचनमा मतदान गरौँ ।” 
       
सामान्य आधारभूत आवश्यकता गाउँमा परिपूर्ति गर्न नसक्ने नेतृत्व चुनेर संसद्मा पठाउँदाको उपलब्धि जनताले नपाएको ज्योतिलाल बताउनुहुन्छ । संसद्मा प्रतिनिधित्व गर्ने यस क्षेत्रका नेतृत्वले जनता र गाउँको समस्या समाधानमा ध्यान नदिदा मतदाता विगतका नेतृत्वको कार्यशैलीप्रति सन्तुष्टि नरहेको उहाँले बताउनुभयो ।

निस्दी गाउँपालिका–६ धोबलाका ४९ वर्षीय उजिर सिं रानाले हाम्रो भनेर मतदान गर्दा गाउँ बन्न नसकेको बताउनुभयो । अबको निर्वाचनमा गाउँका समस्या समाधान गर्ने, विकासप्रेमी, चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्ने उम्मेदवारलाई मतदान गर्ने उहाँ बताउनुहुन्छ ।
       
“हाम्रा व्यक्ति भनेर मतदान गर्दा हामी जनताले विकासको अनुभूति गर्न पाइएन”, उहाँले भन्नुभयो, “गाउँमा राम्रोसँग बाह्रे महिना गाडी गुड्ने बाटो सुधार हुन सकेको छैन, लिटिफ्ङ खानेपानी योजना अधुरै छ, हामी जनता परिवर्तन हुन नसक्दा विकासले फड्को मार्न सकेन ।” 

गाउँका सडक पक्की, उत्पादित कृषिउपज बजारसम्म पु¥याउने व्यवस्था, गाउँमै शिक्षा, स्वास्थ्यको राम्रो सुविधा उपलब्ध गराउने उम्मेदवारलाई मतदान गर्ने रानाले बताउनुभयो । दलको प्रभावमा परेर मतदान गरेका ग्रामीण भेगका मतदाता वुद्धि विवेक प्रयोग गरेर मतदान गर्नुपर्ने बताउँछन् । लगातार हाम्रा व्यक्ति भनेर निर्वाचनमा मतदान गर्दा जनताको समस्याको सम्बोधन नभएकाले यस पटक अघिल्ला वर्षको निर्वाचनको तुलनामा मतदाता चनाखो बनेका छन् । 
       
अर्काको दबाब र प्रलोभनमा मतदान गर्दा गाउँ बत्तिमुनिको अध्याँरोजस्तै भएको रामपुर नगरपालिका–१० जफदी बस्ने ७० वर्षीय नारायणप्रसाद भण्डारी गुनासो गर्नुहुन्छ । उहाँले विकास हुने आशैमा विगतका निर्वाचनमा मतदान गर्नुभयो । “जबसम्म हामी जनताले योग्य, सक्षम व्यक्ति पहिचान गरेर मतदान गर्दैनाँै तबसम्म विकासको आशा पलाउँदैन, यस पटक उम्मेदवारका योजना हेरी हाम्रा व्यक्ति नभनिकन कसैको प्रलोभनमा नपरी राम्रा व्यक्तिलाई मतदान गर्नेछौँ”, उहाँले भन्नुभयो ।

यसभन्दा अघिका उम्मेदवारले जनताको मत जितेर सत्तामा पुगे पनि हामी जनताको मन जितेर काम गर्न नसकेको उहाँको दुखेसो छ । राजनीतिसँगै शिक्षाको विकास हुनुपर्ने र विदेशिएका युवालाई गाउँमै स्वरोजगार सिर्जना गर्ने खालका योजना ल्याउने उम्मेदवार पहिचान गरेर मतदान खसाल्ने उहाँको भनाइ छ । 

गाउँका समस्या लिएर संसद्मा बोल्ने बलियो नेतृत्व नहुदा विकासले सम्भावना बोकेका क्षेत्र सधँै पछाडि परिरहेको छ । अहिलेपनि दुईदेखि तीन घण्टाको पैदल हिँडेर खानेपानी बोकेर खानुपर्ने, पानी परेका कच्ची सडक बन्द हुँदा गन्तव्यसम्म  पुग्न समस्या, छोराछोरीलाई उच्च शिक्षा पढाउन सहर बजारमै ऋण खोजेर पठाउनुपर्ने, स्वास्थ्योपचारमा ठूला ठूला शहर बजारकै अस्पतालमै पुग्नुपर्ने समस्याले यहाँका स्थानीय मुक्त हुन सकेका छैनन् ।

 पूर्वी पाल्पामा नेतृत्व राम्रो नहुँदा यो क्षेत्र जिल्लाकै हकमा सधैँ पछाडि नै पर्दछ । दुई दशक अगाडि खुलेको रामपुर आर्यभञ्ज्याङ सडक स्तरोन्नति हुन नसक्नु, विभिन्न पालिका जोड्ने सडक सुधार नहुनु, राम्रो स्वास्थ्योपचार गर्ने अस्पताल, गुणस्तरीय शैक्षिक संस्थाको अभावमा ग्रामीण बस्तीबाट सहर बजारमा कोठा भाडामा बस्ने बढ्दैछन् ।  
       
मतदाता शिक्षित बन्दै जाँदा नेतृत्व परिवर्तन गरी विकास ल्याउने उम्मेदवारलाई नेतृत्वमा पु¥याउनुपर्ने आवाज गाउँमा सुनिन्छन् । मतदाता आफैँले कुन उम्मेदवार सक्षम र योग्य छ भनेर वुद्धि विवेक प्रयोग गरेर मतदान गर्ने हो भने पाल्पामा मात्र नभई देशमै विकासको लहर आउनेछ । सक्षम र योग्य उम्मेदवार रोज्ने अधिकार स्वयम् मतदाता आफैँमा छ । अझै पनि यहाँका दुर्गम, विकट र कम शिक्षित व्यक्ति बस्ने गाउँका मतदाताले आफ्नो स्व–विवेकले मतदान गर्न पाउँदैनन् । त्यसकारण पनि उनीहरु सधैँ हरेक समस्यासँगै जीवन बिताउन बाध्य छन् । 


प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १०:३०
#निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्