Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • धादिङमा कांग्रेस र एमालेबीच घमासान प्रतिस्पर्धा, चुनावी घोषणापत्र बोकेर मतदाताको घरघरमा उम्मेदवार
धादिङमा कांग्रेस र एमालेबीच घमासान प्रतिस्पर्धा, चुनावी घोषणापत्र बोकेर मतदाताको घरघरमा उम्मेदवार
नेपालकागज
नेपालकागज बुधबार, कात्तिक १६, २०७९

शंकर श्रेष्ठ, मलेखु । धादिङ क्षेत्र नं २ मा आसन्न निर्वाचनको माहोल बेस्सरी तातेको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यासी उम्मेदवार चुनावी घोषणापत्र बोकेर मतदाताको घरघर पुगिरहेका छन् ।

धादिङ–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी र नेकपा (एमाले)बाट खेम लोहनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका  अधिकारीलाई नेकपा (माओवादी केन्द्र) र एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) तथा  नेपाल समाजवादी पार्टीको साथ रहेको छ । एमालेका उम्मेदवार लोहनीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ दिएको छ ।

यसो त यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बसुमाया तामाङ, नेपाली कांग्रेस बिपीबाट शङ्कर दर्जी, जनता समाजवादी पार्टी नेपालबाट मेकरमान तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट धनमाया तामाङ प्रतिस्पर्धामा छन् । मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमालेकै उम्मेदवारबीच हुने देखिएको छ ।

नीलकण्ठ नगरपालिका नं १२ का कुलप्रसाद ढकाल भन्नुहुन्छ, “एउटै व्यक्तिलाई धेरै पटक भोट हालियो, हाम्रा चार पुस्ताले एउटै उम्मेदवारलाई जितायौँ तर गाउँको विकासले मुहार फेर्न सकेन ।”

विगतमा तीन वटामा निर्वाचन क्षेत्र रहेको जिल्लामा सङ्घीयतापछि राज्य पुनःसंरचना गर्दा दुई वटा निर्वाचन क्षेत्र भएको छ । तीमध्ये पृथ्वीराजमार्गदेखि दक्षिणको महाभारत सिमानालाई जोडेर एउटा क्षेत्र नं १ र जिल्ला सदरमुकामदेखि उत्तरको हिमाली भेगलाई समेटेर क्षेत्र नं २ बनेको छ । एउटा प्रतिनिधिसभा क्षेत्रभित्र दुई वटा प्रदेशसभा क्षेत्र छ ।

क्षेत्र नं २ मा नीलकण्ठ नगरपालिकासहित ज्वालामुखी, त्रिपुरासुन्दरी, गङ्गाजमुना, नेत्रावती डबजोङ, खनियाबास र रुविभ्याली गाउँपालिका पर्दछ । सो क्षेत्रमा एक लाख ३६ हजार सातसय ४२ मतदाता छन् । 

जिल्ला निर्वाचन कार्यालय धादिङको तथ्याङ्कअनुसार  प्रदेशसभा (क) मा ७२ हजार चार सय १४ र प्रदेशसभा( ख) मा ६४ हजार तीन सय २८ मतदाता छन् । सङ्घीयतापछिको पहिलो संसदीय निर्वाचनमा यस क्षेत्रबाट  एमालेका नेता खेमप्रसाद लोहनी विजयी हुनुभएको थियो ।  कांग्रेसका नेता दिलमान पाख्रिनलाई छ सय ४० मतले पराजित गर्दै लोहनी विजयी हुनुभएको थियो । लोहनीलाई तत्कालीन अवस्थामा नेकपा माओवादी केन्द्रको साथ थियो ।

यसपटक पनि उम्मेदवारी दिएका सवै व्यक्ति र दलले आफूले नै विजय हासिल गर्ने बताइरहँदा गठबन्धनकोतर्फबाट  कांग्रेस र राप्रपासँग तालमेलमा रहेको एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतका आधारमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा कुन उम्मेदवार कति बलियो भन्ने लेखाजोखा निकाल्न सकिन्छ ।

धादिङमा रहेका कूल एक सय चार वडामध्ये ५१ वडा रहेको सङ्घीय क्षेत्र नं २ मा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अधिकांश वडामा राजनीतिक दल एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए ।  एमालेले ५१ वटैै वडा,  कांग्रेसले ४३ वडामा र  माओवादी केन्द्रले ३४ वडामा आफ्नो उम्मेदवार उठाएको थियो । 

त्यस्तै  एकीकृत समाजवादी पार्टीले २४ वडा, राप्रपाले ४६ वडा र जनता समाजवादी पार्टीले १३ वडामा आफ्नो उम्मेदवार उठाएको थियो । तीमध्ये कांग्रेस २२ वडामा विजयी हुँदा  माओवादी केन्द्र १० वडामा विजयी भएको थियो भने एमालेले आठ वटा वडामा विजय हासिल गरेको थियो । 

त्यस्तै राप्रपाबाट चार, स्वतन्त्रबाट तीन, जनता समाजवादीबाट एक र एकीकृत समाजवादीबाट तीन जना उम्मेदवार वडामा विजयी भएका छन् । जितेका र हारेका सबै वडा अध्यक्षले पाएको मत जोड्दा यस निर्वाचन क्षेत्रमा  कांग्रेस २९ हजार नौ सय ६५ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ । त्यस्तै  एमालेले २५ हजार नौ सय ३८ मत पाउँदा  माओवादीले १४ हजार तीन सय ८० मत पाएको थियो ।

त्यस्तै राप्रपाले पाँच हजार दुई सय ८७ मत र नेकपा एकीकृत समाजवादीले तीन हजार चार सय ५६ मत पाएका छन् । त्यस्तै स्वतन्त्रलगायत अन्य साना दलले चार हजार नौ सय ४४ मत पाएका छन् । 

स्वतन्त्रबाट विजयी भएका तीनवटै वडामा नेपाली कांग्रेसकै वागी उम्मेदवार रहेकाले स्वतन्त्र उम्मेदवारले पाएको आधाजसो मत नेपाली कांग्रेसकै मत हुनसक्छ ।

सत्ता गठबन्धनमा रहेका दल  कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका वडाध्यक्षले पाएको मत जोड्दा ४७ हजार आठ सय एक हुन आउँछ । त्यस्तै एमाले र राप्रपाका वडाध्यक्षले पाएको मत जोड्दा ३१ हजार दुई सय २५ मत हुन आउँछ ।

नेपाल समाजवादी पार्टीको पनि सत्ता गठबन्धनलाई नै साथ रहेकाले तत्कालीन जसपा र हाल नेसपाले पाएको भोट एक हजार ६० समेत जोड्दा जिल्लामा सत्ता गठबन्धनका उम्मेदवार  अधिकारी १७ हजार छ सय ३६ मतले अगाडि देखिनुभएको छ । 

सत्ता गठबन्धनका उम्मेदवार अधिकारीलाई यही अग्रताको मतान्तर विजयी हुने आधार हुनसक्छ भने राप्रपा–एमाले गठबन्धनका उम्मेदवार  लोहनीलाई यही मतान्तर हारको बाटो हुन सक्छ । 

कांग्रेसका  उम्मेदवार अधिकारीले   आफ्नो इमान्दारिता, त्याग र जनताप्रतिको उत्तरदायी बन्ने प्रवृत्तिले थप सहानुभूतिको भोट प्राप्त गरेर विजयी हुने दावि गर्नुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “गठबन्धनको आशले मात्रै मैले उम्मेदवारी दिएको होइन, मेरो सक्रियता, इमान्दारी र जनताप्रतिको मेरो सेवाभावले मेरो आफ्नै व्यक्तिगत भोट आउनेमा विश्वस्त छु, मेरो जीत निश्चित छ ।”

स्थानीय तहको निर्वाचनमा जसरी संसदीय निर्वाचनमा भोट नखस्ने र गठबन्धन दलमा भएको केही असहमतिका भोट ल्याएर चुनाव जित्ने रणनीतिमा एमाले छ । 

एमाले उम्मेदवार लोहनी भन्नुहुन्छ, “मेरो चुनाव जित्ने आधार भनेकै विगतमा मैले गरेको काम हो ।” दुवै प्रतिस्पर्धीले पार्टीभित्रको असन्तुष्टि समाधान गर्नसकेमा प्रतिस्पर्धा थप रोचक हुने देखिन्छ ।


प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १६:२६
#निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्