Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • काठमाडौँ क्षेत्र नं ६ः नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा
काठमाडौँ क्षेत्र नं ६ः नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा
नेपालकागज
नेपालकागज बुधबार, कात्तिक १६, २०७९

अच्युत रेग्मी, काठमाडौँ । काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा प्रधान दुईपटक सांसदमा निर्वाचित उम्मेदवार हुनुहुन्छ । खनाल भने पहिलोपटक उक्त क्षेत्रबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

काठमाडौँको बागबजार, पुरानो बसपार्क, कमलादी, असन, ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुशी, नयाँ बसपार्क, गोँगबु, बानियाँटार, काभ्रेस्थली, धर्मस्थली, मनमैजु, साङ्ला, झोरलगायतका क्षेत्र रहेको सो क्षेत्रमा ६२ हजार एक सय दुई मतदाता छन् । क्षेत्र नं ६ ‘क’मा कांग्रेसबाट हरिप्रभा श्रेष्ठ ‘खड्गी’ र (ख) मा विष्णुभक्त तिमल्सिना उम्मेदवार बन्नुभएको छ । एमालेबाट क्षेत्र नं ६ ‘क’ मा निरेशलालसिंह महर्जन र ‘ख’ मा अमनकुमार मास्के उम्मेदवार बन्नुभएको छ । 

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रधान र एमालेका खनालबाहेक विवेकशील साझा पार्टीका अजित खड्का, मौलिक जरोकिलो पार्टीका कमल न्यौपाने, एकीकृत शक्ति नेपालका काजी कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका तारा रसाइली, जनता समाज पार्टी नेपालका मनोज आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महेश्वर कार्की, हाम्रो नेपाल पार्टीका मुकुन्द सिलवाल, नेपाल आमा पार्टीका राजेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र नेपाल मजदुर पार्टीका सनकमान महर्जनले उम्मेदवारी दिनुभएको छ ।

यस्तै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार किरण इङनाम, खगेन्द्र ढकाल, जनकराज थपलिया, दिपु उप्रेती, निर्देश सिलवाल, प्रेमसागर कर्माचार्य, बलबहादुर केसी, विष्णुप्रसाद ढकाल, राजेश श्रेष्ठ (मास्के), सञ्जयमान श्रेष्ठ र सानुकान्छा महर्जनले उम्मेदवारी दिनुभएको छ ।

यस्तै प्रदेशसभा (क)मा कांग्रेसकी खड्गी, एमालेका महर्जनसहित मौलिक जरोकिलो पार्टीकी कल्पना ओझा, जनता समाजवादी पार्टीका गणेश शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतसागर महर्जन, नेपाल मजदुर किसान पार्टीका देवलक्ष्मी महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बुद्धकाजी महर्जन, नेकपा (माओवादी केन्द्र)का रवीन्द्र श्रेष्ठ र स्वतन्त्र उम्मेदवार सरिता कामी र योगेन्द्र खतिवडाले उम्मेदवारी दिनुभएको छ ।

प्रदेशसभा (ख)मा कांग्रेसका तिमल्सिना, एमालेका मास्के, नेकपा (माओवादी केन्द्र)का प्रकाश फुँयाल, नेकपा (एकीकृत समाजवादी)का कृष्णबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका चिरागमानसिंह कुँवर, जनता समाजवादी पार्टीका धनरुजी बुढा, मौलिक जरोकिलो पार्टीका बासु उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रिजन रम्तेल र नेपाल मजदुर किसान पार्टीका श्यामकृष्ण महर्जनले उम्मेदवारी दिनुभएको छ ।

यस्तै प्रदेशसभा (ख)मा स्वतन्त्र उम्मेदवार सपना सिंखडा, भरत शर्मा, बबिन्द्रकुमार कार्की, प्रमेश श्रेष्ठ, ख्यामनारायण पङ्गाली र अरुण महर्जनले उम्मेदवारी दिनुभएको छ ।

कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दिनुभएका प्रधान काठमाडौँ क्षेत्र नं ६ को संस्कृति, सम्पदा, संस्कार र परम्परा जगेर्ना आफ्नो मुख्य प्राथमिकता भएको बताउनुहुन्छ । 

“नेवारी संस्कृतिको संरक्षण गर्दै नैतिक शिक्षामा आधारित प्राविधिक शिक्षालाई जोड दिने मेरो प्रमुख एजेन्डा हो”, उहाँ भन्नुहुन्छ । उहाँ विगत १० वर्षमा काठमाडौँ क्षेत्र नं १० को विकासमा आफूले महत्वपूर्ण काम गरेकाले आगामी दिनमा उक्त कामलाई पूरा गर्ने आफ्नो चाहना रहेको बताउनुहुन्छ ।

एमालेका तर्फबाट प्रतिनिधिसभामा उम्मेवारी दिनुभएका खनाल काठमाडौँ क्षेत्र नं ६ लाई आफूले नमूना क्षेत्रका रूपमा विकास गर्ने बताउनुहुन्छ । उहाँ क्षेत्र नं ६ भित्रको संस्कृति तथा सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमार्फत ६ नं क्षेत्रको विकास गर्ने आफ्नो प्रमुख योजना रहेको बताउनुहुन्छ ।

“सहरी क्षेत्रमा संस्कृति तथा सम्पदाको संरक्षण, बस्ती क्षेत्रमा खानेपानी, ढल र विद्युत्को समस्या समाधान र काठक्षेत्रमा कृषि र घरेलु उद्योगको विकास गर्नु मेरो प्रमुख योजना हो”, खनाल भन्नुहुन्छ । काठमाडौँ क्षेत्र नं ६ भित्रका खोलानालाको संरक्षण गर्दै करिडोर निर्माण गरी ट्राफिक व्यवस्थापनमा समेत नमूना बनाउने आफ्नो लक्ष्य रहेको उहाँको भनाइ छ ।

काठमाडौँको बागबजारबाट नुवाकोटसम्म छोएको उक्त क्षेत्रमा ३२ मतदान केन्द्र र ७५ मतदानस्थल छन् । काठमाडौँ क्षेत्र नं ६ का निर्वाचन अधिकृत सम्झना खनाल सबै मतदान केन्द्र र मतदानस्थलको अनुगमन भइसकेको बताउनुहुन्छ । यस्तै मतदानका लागि निर्वाचन कार्यालयमा समानुपातिक मतपत्र, ब्यालेट बक्सलगायतका सामग्री आइसकेको उहाँको भनाइ छ ।

उक्त निर्वाचन कार्यालयमा आचारसंहिता उलङ्घनको उजुरी मौखिकरूपमा आए पनि लिखितरूपमा भने कुनै नआएको निर्वाचन अधिकृत खनाल बताउनुहुन्छ । 

यस्तै मतदाता शिक्षाका लागि भने निर्वाचन कार्यालयले स्थानीय तहका कर्मचारीलाई जिम्मेवारी दिएको छ । 

काठमाडौँ क्षेत्र नं ६ मा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७ र २८, टोखा नगरपालिकाको वडा नं १, ८, ९, १० र ११ साथै तारकेश्वर नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ वडा पर्छन् ।


प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १०:४४
#निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्