Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्छ, गठबन्धनलाई अगाडि बढाउनुछ : अध्यक्ष दाहाल
माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्छ, गठबन्धनलाई अगाडि बढाउनुछ : अध्यक्ष दाहाल
नेपालकागज
नेपालकागज शनिबार, साउन २८, २०७९

फाइल तस्बिर 
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले फेरि देशको नेतृत्व गर्ने बताउनुभएको छ । 

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारणसभामा उहाँले पार्टीलाई एकताबद्ध गर्दै जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताउनुभयो । 

“सबैलाई पुनः एकताबद्ध बनाएर तथा विचार र मुद्दामा निकट भएका व्यक्ति-समूहलाई सँगै लिएर जानुछ, संविधान र गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई अगाडि बढाउनुछ”, उहाँले भन्नुभयो, “वामपन्थी विचारलाई एक ठाउँमा केन्द्रित गर्ने रणनीतिका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।” 

देशभित्र वा बाहिर रहेका जनतामा माओवादी पार्टी तथा नेतृत्वप्रतिको भरोसा र विश्वास टुटेको आफूले नपाएको उल्लेख गर्दै उहाँले पार्टीले विगतमा खेलेको भूमिकाका बारेमा जनतामा अगाध आस्था र विश्वास रहेको बताउनुभयो । 

“कहीँ समस्या छ भने त्यो नेतामा छ, नेताको एउटा पङ्क्तिमा व्यवहार र विचार तथा नीति र नेतृत्वप्रतिको विश्वास धर्मराएको छ । नेताहरु एकढिक्का भएर जाने हो भने मुलुकमा फेरि पनि माओवादीले नेतृत्व गर्ने अवस्था आउँछ ।”

पछिल्ला दिनमा माओवादीप्रति जनतामा आकर्षण बढ्दै गएको उल्लेख गर्दै उहाँले विचार र व्यवहारमा एकरुपता हुन नसक्दा एवं पार्टीभित्रको गुटबन्दी अन्त्य नहुँदा निर्वाचनमा कमजोर नतिजा देखिएको स्वीकार गर्नुभयो । 

“स्थानीय निर्वाचनमा हाम्रो जनमत खस्केको होइन, जनतामा आकर्षण घटेर माओवादीको सिट गुमेको भए हामीले कमजोरी गर्‍यौँ, जनताले साथ दिएनन् भन्न हुन्थ्यो”, अध्यक्ष दाहालले भन्नुभयो, “जनताको साथ समर्थन रह्यो । तर पार्टीभित्रै अन्तरविरोधका कारण यसअघि जितेका स्थानीय तह गुमायौँ ।”

आसन्न प्रतिनिसधभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि माओवादीप्रति अहिले देखिएको आकर्षणलाई बचाउन सक्नुपर्ने उहाँको भनाइ थियो । 

पछिल्लो समय विभिन्न पार्टीबाट माओवादीमा प्रवेश गर्ने लहर नै चलेको उल्लेख गर्र्दै उहाँले आगामी निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो पार्टी बन्ने बताउनुभयो । 

“अहिले फेरि पूर्वमाओवादी र अन्य कम्युनिष्ट घटकबाट माओवादीमा आउने लहर चलेको छ”, उहाँले भन्नुभयो, “माओवादीप्रतिको आकर्षणलाई बचाउन सकियो भने वामपन्थीतर्फ पहिलो पार्टी बन्ने सम्भावना छ ।”

पार्टीभित्र विचारको भन्दा पनि नेतृत्वको आलोचना गर्ने र गुटबन्दी गर्ने अवस्था आएको भन्दै उहाँले पार्टीभित्रको गुटबन्दी हल गर्न छानबिन समिति नै बनाउनुपर्ने अवस्था देखिएको बताउनुभयो । 

विचार र आचरणका बीचमा देखिएको अन्तरविरोधलाई हल गर्ने प्रश्न माओवादीका अगाडि आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कहीँ न कहीँ आचरण र विचारमा विचलनका गम्भीर सङ्केत देखिएका छन्, पार्टीका काममा, निर्वाचनका समयमा, जनपरिचालनका क्रममा त्यस्तो प्रवृत्ति अझ गम्भीर ढङ्गले देखिने गरेको छ ।”


प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १७:३१
#नेकपा (माओवादी केन्द्र)
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्