Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • सस्कृत विश्वविद्यालय तुलसीपुरको छात्रावास भवन जीर्ण, शिक्षक आवास भने अत्याधुनिक
सस्कृत विश्वविद्यालय तुलसीपुरको छात्रावास भवन जीर्ण, शिक्षक आवास भने अत्याधुनिक
नेपालकागज
नेपालकागज मंगलबार, असार २८, २०७९

दीपक बोहरा, तुलसीपुर । मानिसको बसोबासजस्तो देखिँदैन । वरिपरि घाँसैघाँस उम्रिएको छ । भित्तामा पानी चुहिएको जस्तो देखिन्छ । सरसफाइ छैन । भवन पनि भत्किन थालेको जस्तै देखिन्छ । यस्तो छ – नेपाल सस्कृत विश्वविद्यालय जनता विद्यापीठको तुलसीपुर–१८ विजौरीस्थित छात्राबास भवन । 

छात्राबासको बाहिरी आवरण जस्तो देखिन्छ भित्र पनि त्यस्तै छ । पुराना भवन, त्यसमा पनि सुत्ने खाट पुराना छन् । हावाहुरी चल्दा भित्रै धुलो पस्ने अवस्था छ । त्यहाँ बस्ने विद्यार्थी पनि डराइडराइ बस्नुपर्ने अवस्था छ । “भवन पुरानो छ, भत्किन्छ कि भन्ने डरले बस्नुपर्छ”, विद्यार्थी उद्धव पोखरेलले भन्नुभयो । 

नयाँ भवन बन्न लागेको भनी आफूहरूलाई जानकारी आएकाले त्यही अनुसार अहिले पुरानै भवनमा भए पनि गुजारा चलाउने गरेको धर्मशास्त्र तेस्रो वर्षमा अध्ययनरत उमेश उपाध्यायले जानकारीदिनुभयोे । 

दैलेख निवासी उहाँ सात वर्षदेखि त्यही भवनमा बस्दै आउनुभएको छ । लामो समयदेखि एउटै भवनमा बस्दै आएकाले त्यति असहज नलागे पनि संरचना भने जीर्ण हुँदा डर लाग्ने गरेको बताउनुभयो । 

“म सात वर्षदेखि यहाँ बस्दै आएको छु”, उहाँले भन्नुभयो, “लामो समयदेखि बसेकाले होला, यसलाई सामान्य लाग्ने गरेको छ, तर भवन निकै जीर्ण छन्, जसोतसो गुजारा चलाइएको छ ।” 

विसं २०४९ तिर उक्त छात्राबास भवन निर्माण भएको हो । लगभग ३० वर्ष पुगिसकेको त्यो भवनका हरेक संरचना कमजोर बन्दै गएका छन् । आफूहरु बस्दा भवन राम्रै भए पनि अहिले आएर भवन निकै जीर्ण भएको पूर्वविद्यार्थी भीमलाल मरासिनीले बताउनुभयो । 

“म सात वर्ष यही भवनमा बसेँ, विसं २०५५ देखि २०६२ सम्म छात्राबासमै बसेर उत्तर मध्यमादेखि आचार्यसम्म अध्ययन गरेँ”, उहाँले भन्नुभयो, “यो बीचमा भवन पनि राम्रै थिए, तर अहिले आएर हेर्दा भवन पनि भत्केलान् भन्ने डर, वरिपरि उम्रिएका घाँसले सर्पको डर, धेरै समस्या रहेछ ।”

त्यहाँ भवन जीर्ण भएपछि नयाँ भवन निर्माणको काम भने अघि बढेको विद्यापीठका प्राचार्य योगराज शर्माले जानकारी दिनुभयो । 

“भवन धेरै पुरानो भइसकेको छ, निकै जीर्ण भएकाले नयाँ भवन निर्माण गर्ने गरी हामीले छलफल गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “हामीले कुनै दुर्घटना नहोस् भनेर प्राविधिकलाई पनि देखाएका छौँ ।”

त्यो भवनलाई मर्मत गर्न सम्भव नहुने भएकाले यही आर्थिक वर्षमा नजिकै रहेको सानो भवनमा विद्यार्थीलाई राखेर अहिले रहेको भवनमा नयाँ भवन निर्माण गर्ने योजना बनाएको उहाँको भनाइ छ । 

शिक्षक भवन बन्यो 

विद्यार्थी जीर्ण भवनमा रात कटाउन बाध्य हुँदा शिक्षकहरूको भने नयाँ भवन निर्माण भइसकेको छ । करिब रु एक करोडको लागतमा गत वर्ष निर्माण भएको विजौरीस्थित भवनमा बाहिरबाट आएका शिक्षक बस्ने गरेका छन् ।

“सहसचिव, उपसचिव स्तरका शिक्षक बाहिरबाट आउनुभएको छ, उहाँहरूलाई गाउँमा कोठा खोज्न पनि समस्या, भनेको बेला नपाइने अवस्था थियो”, प्राचार्य शर्माले भन्नुभयो, “त्यसैले शिक्षकका लागि प्राथमिकता दिएर भवन बनाइएको हो ।” 


विगत केही समय छात्राबासमा बस्ने विद्यार्थी पनि नभएकाले केही समय छात्राबास खाली भएको थियो । त्यसबेला शिक्षकलाई प्राथामिकता दिएको प्राचार्य शर्माको भनाइ छ ।


प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  ०९:१९
#दाङ
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्