Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • बर्दिया मधुवन : मृतक नवीना थारूको सालिक बनाइने, यस्ता छन सहमतिका बुँदाहरु (पुर्णपाठ सहित)
बर्दिया मधुवन : मृतक नवीना थारूको सालिक बनाइने, यस्ता छन सहमतिका बुँदाहरु (पुर्णपाठ सहित)
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी बुधबार, जेठ २५, २०७९

सन्दिप नाथ योगी, अनोज थारू, बर्दिया । बर्दियाको मधुवनमा वन्यजन्तुबाट पीडितहरूले गरेको आन्दोलनका कार्यक्रमहरु फिर्ता लिइएको छ । 

प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, पीडित परिवार, मधुवन नगरप्रमुख तेजबहादुर भाट,  जिल्लाका सम्पुर्ण दलका नेता तथा जनप्रतिनिधिहरु, सरोकारवाला निकायका प्रतिनिधिहरु लगायत सुरक्षा अधिकारीहरु सम्मीलित सर्वपक्षीय बैठकमा सहमति भएपछि आन्दोलन तथा चक्काजामका कार्यक्रमहरू आन्दोलनकारीहरुले फिर्ता लिएका हुन ।

अहिले मधुवनको स्थिति सामान्य भएको छ भने बाटो खुलेको छ । घटनास्थल सामान्य रहेको तथा बजार खुलेको ओराली बजारका युवा व्यवसायी श्रीधर भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, "अहिले स्थिती र माहोल सामान्य भएको छ । बजार खुलेको छ । आन्दोलित स्थानीय घर फर्किसकेका छन ।"

सर्वपक्षीय-सर्वदलीय सहमति अनुसार मधुवन नगरपालिकाका तर्फबाट नगरप्रमुख तेज बहादुर भाटले प्रहरीको गोली लागि ज्यान गुमाउनु भएकी मधुवन-२ सोनाहा फाटाकी १८ वर्षीया नवीना थारू (चौधरी)को परिवारलाई स्थानीय सरकारको तर्फबाट एक लाख रुपैँया सहयोग हस्तान्तरण गर्नुभएको छ ।

मधुवन नगर प्रमुख भाटले पीडित परिवारलाई सहयोग हस्तान्तरण गरिएको बताउनुभयो । त्यस्तै उहाँले मृतक नवीना थारू (चौधरी)को सालिक घटना भएको ठाउँ नजिक राखिने निर्णय भएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले पीडित परिवार, आन्दोलित स्थानीयसंग सहमति भएको बताउनुभयो । उहाँले सहमतिमा उल्लेख भए अनुसार सम्पुर्ण कुराहरु केन्द्र सरकारलाई लेखी पठाइएको बताउनुभयो ।

सोमबारदेखि वन्यजन्तु पीडितहरूले प्रदर्शन गर्दै राजापुर- नेपालगन्ज हुलाकी सडक अन्तर्गतको ओराली बजार क्षेत्रको सडक तथा बजार बन्द गराएका थिए । 

सडक खुलाउन गएको प्रहरी र आन्दोलित वन्यजन्तु पीडितका बिचमा झडप हुँदा गोली लागि मधुवन-२ सोनाहा फाटाकी १८ वर्षीया नवीना चौधरीको मृत्यु भएको थियो भने मधुवन-२ सोनाहा फाटाका राकेश चौधरी घाइते हुनुभएको थियो ।

यस्ता छन सहमतिका बुँदाहरु

१- मृतक नवीना थारू (चौधरी)को सालिक घटना घटेको ठाउँ ओराली बजार क्षेत्रको उपयुक्त ठाउँमा राख्ने । यसका लागि स्थानीय सरकारले पहल गर्ने ।

२- मृतक नवीना थारू (चौधरी)को परिवारलाई रु २० लाख क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकार गृहमन्त्रालयलाई अनुरोध गर्ने ।

३- मृतक नवीना थारू (चौधरी)लाई सहिद घोषणा गर्न नेपाल सरकारलाई अनुरोध गर्ने ।

४- घाइते राकेश थारूको सम्पुर्ण उपचार खर्च व्यहोर्न नेपाल सरकारलाई अनुरोध गर्ने ।

५- घाइते राकेश थारू शारीरिक रुपमा अपांग हुन गएमा सरकारको तर्फबाट सामाजिक सुरक्षाको प्रत्याभूति गरिदिन नेपाल सरकारलाई अनुरोध गर्ने ।

६- मधुवन नगरपालिका वडा नं १, मध्यवर्ती क्षेत्र, वडा नं २,३,४ र ५ को मानव वस्तीलाई सुरक्षीत गर्न २० किलोमीटर सम्मको फेन्सिङ्ग तारवार/ कंक्रीट बाल लगायतका सुरक्षा कार्यहरू यहि आर्थिक वर्षमा तत्काल सुरु गरिदिन डिभिजन वन कार्यालय बर्दिया मार्फत वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गर्ने ।

७- बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्दै गएकाले राष्ट्रिय निकुञ्जले कति संख्यामा बाघ लगायत जंगली जनावरहरु राख्न सक्छ ? वन, वन्यजन्तु, मानवबिचको द्वन्द स्थायी रुपमा न्युनिकरण गर्न प्राबिधिक टोली गठन गरि अध्यन गरिदिन नेपाल सरकार बन तथा वातावरण मन्त्रालयलाई अनुरोध गर्ने ।

८- मानव माथी आक्रमण गर्ने बाघको पहिचान गरि स्थानान्तरण गरिदिन नेपाल सरकार बन तथा वातावरण मन्त्रालयलाई अनुरोध गर्ने ।

९- गोली लागी मृत्यु भएकी नवीना थारू (चौधरी)लाई स्थानीय सरकारका तर्फबाट मधुवन नगरपालिकाले एक लाख सहयोग प्रदान गर्ने नगर प्रमुख तेज बहादुर भाटको घोषणलाई धन्यवाद सहित समर्थन गर्ने ।

१०- २०७९/२/१० गते बाघको आक्रमणमा परि मृत्यु हुनुभएकी मधुवन नगरपालिका वडा नम्बर -२ निवासी ५४ वर्षीया कौसी देवी पालको परिवारका लागि जनता आवास कार्यक्रम मार्फत आवासको व्यवस्था गरिदिन नेपाल सरकारलाई अनुरोध गर्ने ।

११- आज बाट पीडित पक्षले गर्दै आएको बन्द लगायतका बिरोधका कार्यक्रमहरू अन्त्य गर्ने ।

१२ - मृतकको गुलरिया अस्पतालमा रहेको शव आफन्तको रोहवरमा पोस्टमार्टम गरि आफन्तले बुझ्ने र रितिरिवाज अनुसार दाहसंस्कार गर्ने ।

प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको नेतृत्वमा बसेको वार्ता/बैठकले उक्त निर्णयहरू गरेको हो । 

उक्त वार्ता/बैठकमा प्रतिनिधि सभा सांसद सन्त कुमार थारू, मधुवन नगरप्रमुख तेज बहादुर भाट, प्रहरी डिआइजी नल प्रसाद उपाध्याय,  सशस्त्र डिआइजी कुल बहादुर नेम्वाङ, बन्यजन्तु प्रभावित क्षेत्रका जनप्रतिनिधिहरु, विभिन्न दलका नेताहरु, पीडित परिवारका सदस्यहरु, स्थानीय थारू बढघरका अगुवा लगायतको सहभागिता रहेको थियो ।                                                            बर्दियाको मधुवनमा किन र कसरी चल्यो गोली ?                                                                    बर्दियामा खाता समन्वय समितिको कार्यालय तोडफोड, गोली चलाउने र आदेश दिनेलाई कारबाहीको माग                                              बर्दियाको मधुवन गोली काण्ड : नविनाको मृत्यु प्रकरण छानबिन गर्न समिति गठन                       मधुवन घटना : पत्रकार दुर्व्यवहार प्रति नेपाल पत्रकार महासंघ बर्दियाको ध्यानाकर्षण


प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १७:२०
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्