Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • बर्दियाको मधुवनमा किन र कसरी चल्यो गोली ?
बर्दियाको मधुवनमा किन र कसरी चल्यो गोली ?
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी मंगलबार, जेठ २४, २०७९

सन्दिप नाथ योगी, अनोज थारू, बर्दिया । पटकपटक जंगली जनावरको आक्रमणमा परेर ज्यान गुमाउँदा समेत सरकारले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा उचित कदम नचालेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय प्रदर्शनकारीमाथी प्रहरीले गोली चलाउँदा एक जनाको निधन भएको छ भने एक जना घाइते भएका छन ।

हिजो सोमबार जेष्ठ २३ गते बिहान आफ्नो खेतमा काम गरिरहेको बेला बाघको आक्रमणबाट मधुवन नगरपालिका वडा नम्बर २ सोनाहाकी अस्मिता थारु घाइते भएपछि बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर -३ ओरालीबजारमा स्थानीयले प्रदर्शन गर्दै बर्दियाको हुलाकी सडक अन्तर्गत पर्ने राजापुर-नेपालगन्ज सडक खण्ड अवरुद्ध पारेका थिए । 

उक्त प्रदर्शनमा वडा नम्बर २ र ३ का स्थानीय वासिन्दा थिए । सोनाहा, रजवारा, गंगापटुवा, कोठियागाउँ, खाता, भग्रैया लगायतका गाउँका वासिन्दाले वन कार्यालय, राष्ट्रिय निकुञ्ज लगायत सरोकारवाला पक्षले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा उचित कदम चाल्नुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । 

उनिहरुले हुलाकी सडक अन्तर्गतको राजापुर नेपालगन्ज सडकखण्डमा पर्ने ओराली बजार क्षेत्र तथा सडक बन्द गरेका थिए ।

बाघ नियन्त्रणमा लिनुपर्ने र जंगली जनावरको आक्रमणलाई रोक्न बर्दिया राष्ट्रिय निकुञ्ज, वन कार्यालय तथा सरोकारवाला निकायले समयमै ध्यान दिनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र बाटो खुलाउन गएको प्रहरी-सशस्त्र प्रहरीको संयुक्त टोली बिच झडप भएको थियो ।

सोही क्रममा गोली लागि बर्दिया मधुवन नगरपालिका वडा नम्बर -२ सोनाह निवासी १८ वर्षीया नविना चौधरीको घटनास्थल मै मृत्यु भएको र सोनाहकै राकेस चौधरीलाई काखिमा गोली लागेको ओराली बजारका स्थानीय युवा समाजसेवी श्रीधर भट्टराईले जानकारी दिनुभयो । राकेस चौधरीको काखीमा चोट लागेको छ । काखीमा गोलीले छोएर जाँदा चोट लागेको स्थानीयको दाबी छ । गोली कसले चलाएको हो खुल्न सकेको छैन । प्रहरीले हवाइ फाएर गरेको बताएको छ ।
 
मृतक नविना चौधरी मधुवन नगरपालिका वडा नम्बर - ४ ढोढरीमा रहेको नमुना उच्च माविमा परीक्षा दिएर फर्किंदै हुनुहुन्थ्यो । उहाँको कन्चटमा गोली लागेको स्थानिय युवा रविन पुरीले जानकारी दिनुभयो । ओराली बजारको चोक देखि ५० मिटर पुर्वमा गोली लागेर नविना ढल्नुभएको स्थानियले बताए ।

सो सडक खुलाउन गएको सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली र स्थानीय प्रदर्शनकारी बिच झडप हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको प्रहरी स्रोतले बतायो ।

स्रोतले ११ राउन्ड अश्रुग्यास र १ लाइभ राउन्ड हवाई फाएर गरेको बतायो ।

स्रोतको दाबी अनुसार एक्कासि ढुंगा प्रहार भएको थियो र केही सुरक्षाकर्मी घाइते भएका थिए । सोही क्रममा एक जना वरिष्ठ हवलदार घाइते भएर लडेपछी उनको उद्धार तथा आत्म रक्षाको लागि हवाइ फाएर गरिएको हो ।

यता सशस्त्र प्रहरीले कति राउन्ड फाएर गरेको हो त्यो खुल्न सकेको छैन । अहिले सुरक्षा अधिकारीहरु छलफलमा ब्यस्त रहेको बताइएको छ ।
सुरक्षाअधिकारीहरु घटनाको अनुसन्धान भइरहेको भन्दै कुनै प्रतिक्रिया दिन चाँहदैनन । 

प्रहरीले ढुंगा प्रहार गर्दै आक्रमण गरेपछि गोली चलाउनुपरेको बताएको छ भने ओराली बजारका स्थानीयले प्रहरीले दमन गरेको आरोप लगाएका छन । प्रहरी स्रोतको दाबी अनुसार ढुंगा प्रहार भएपछि प्रहरी टोली ५०० देखी ६०० मिटर पछाडि हट्दै गएको र बिच जंगलमा पुगेपछि दुइतिरबाट घेरिएपछि फाएर खोल्नु परेको हो ।

त्यस्तै स्थानीयले करिब १४ राउन्ड फाएर भएको आफुहरुले आवाज सुनेको दाबी गरेका छन । 

हाल स्थितिलाई सामान्य बनाउन राजनितीक दलका नेता, सुरक्षा अधिकारी, प्रमुख जिल्ला अधिकारी लगायत सरोकारवालाहरुको छलफल भइरहेको बताइएको छ । यो क्षेत्रका धेरै वासिन्दाले जंगली जनावरको आक्रमणबाट ज्यान गुमाइसकेका छन । राष्ट्रिय निकुञ्ज, वन कार्यालयले जंगली जनावरबाट प्रभावित क्षेत्रको रेखांकन गरि मेस वायर जाली लगाउनुपर्ने भन्दै स्थानीयले पटकपटक माग गरिरहेका छन । तर केन्द्र सरकारले पठाएको बजेट स्थानीय स्तरसम्म पुग्दैन । किन पुग्दैन त्यो आफैमा रहस्य बनेको छ । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणको शीर्षकमा आउने बजेट कहाँ हराउँछ, कसले परिचालन गर्छ ? त्यसको लेखाजोखा छैन । नत पारदर्शिता नै छ ।


प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  ०९:५३
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्