Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • बर्दियामा खाता समन्वय समितिको कार्यालय तोडफोड, गोली चलाउने र आदेश दिनेलाई कारबाहीको माग
बर्दियामा खाता समन्वय समितिको कार्यालय तोडफोड, गोली चलाउने र आदेश दिनेलाई कारबाहीको माग
सन्दिप नाथ योगी
सन्दिप नाथ योगी मंगलबार, जेठ २४, २०७९

सन्दिप नाथ योगी, अनोज थारू, बर्दिया । बर्दियाको मधुवनमा रहेको खाता समन्वय समितिको कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ । 

वन्यजन्तुबाट पीडित स्थानीयहरुले हिजो सोमबार प्रदर्शन गरेका थिए । विभिन्न माग राख्दै आन्दोलित भएका स्थानिय र सुरक्षाकर्मी बिच झडप हुँदा १८ वर्षीया नवीना थारुको मृत्यु भएको थियो भने राकेश चौधरी गोली लागि घाइते हुनुभएको थियो ।

आज मंगलबार दोस्रो दिन आक्रोशित प्रदर्शनकारीहरुले करिब ३ बजे मधुवन वडा नम्बर -३ मा रहेको खाता समन्वय समितिको कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन । 

खाता समन्वय समितिको कार्यालय र संगै रहेको रेन्जर पोस्टको कार्यालयमा आक्रोशित प्रदर्शनकारीहरुले तोडफोड तथा आगजनी गरेको बर्दिया मधुवनका युवा नेता सरद राईले जानकारी दिनुभयो ।

खाता समन्वय समितिले मानव वन्यजन्तु द्वन्द न्युनिकरणका क्षेत्रमा काम गर्ने गर्छ । समितिका अध्यक्ष हरि गुरुङले स्थानीय वासिन्दाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको बताउनुभयो । उहाँले समन्वय समितीको कार्यालय तोडफोड भएकोमा दुख ब्यक्त गर्नुभयो ।

आज मंगलबार गाउँगाउँबाट ठूलो संख्यामा मानिसहरु आएर मधुवन नगरपालिका वडा नम्बर ३ ओराली बजारमा प्रदर्शन गर्दै चक्काजाम गर्नुका साथै नाराबाजी गरिरहेका छन ।

त्यस्तै मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटको अध्यक्षतामा सर्वदलीय बैठक बसेको थियो । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, सुरक्षा अधीकारीहरु तथा दलका नेताहरुको सहभागिता रहेको बैठकले १८ वर्षीया नवीना थारुको मृत्यु भएको घटनामा प्रहरी प्रशासनको गम्भीर लापरवाही भएको निष्कर्ष निकालेको मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले जानकारी दिनुभयो । 

त्यस्तै उक्त बैठकले बाघको आक्रमणबाट घाइते हुनुभएकी अस्मिता चौधरी र सोमबारको झडपमा गोली लागी घाइते हुनुभएका राकेश चौधरीको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने निर्णय गरेको नगर प्रमुख भाटले बताउनुभयो ।

त्यस्तै जंगली जनावरबाट प्रभावित क्षेत्रमा मेस वायर जाली लगाउने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने निर्णय भएको नगर प्रमुख भाटले बताउनुभयो

मधुवन नगरपालिकाका वडा नम्बर -३ का वडा अध्यक्ष नारायण मल्लले घटनाका दोषीलाई कारबाही गर्ने निर्णय भएको बताउनुभयो । उहाँले सर्वदलीय बैठकले घटनाको निस्पक्ष छानबिनको लागि केन्द्र सरकारलाई आग्रह गर्ने निर्णय गरेको बताउनुभयो ।

अहिले ओराली बजार क्षेत्र तनावग्रस्त रहेको छ । प्रदर्शनकारीहरुले गोली चलाउने र चलाउन आदेश दिनेलाई कारबाही गर्नुपर्ने माग राखेका छन ।        यो पनि                                                             बर्दियाको मधुवन गोली काण्ड : नविनाको मृत्यु प्रकरण छानबिन गर्न समिति गठन                        यो पनि                                                          बर्दियाको मधुवनमा किन र कसरी चल्यो गोली ?


प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १८:२७
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्