Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न दलहरुबीच एकता आवश्यक : अध्यक्ष दाहाल
अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न दलहरुबीच एकता आवश्यक : अध्यक्ष दाहाल
नेपालकागज
नेपालकागज शनिबार, जेठ १४, २०७९

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सम्बद्र्धन एवम् उन्नयन गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उहाँले नीति कार्यक्रममा अपुग भएका विषयलाई प्रधानमन्त्रीले सम्बोधनका क्रममा समेट्नुहुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

राजनीतिक दलकाबीचमा साझा धारणा निर्माण गरी सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय समस्या समाधानका लागि पनि सबै राजनीतिक दलबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । एक अर्कालाई दोषारोपण गरेर मात्रै समस्याको समाधान नहुने उल्लेख गर्दै उहाँले मुलुकको समस्या समाधानका लागि साझा प्रयास, संकल्प आवश्यक रहेको उल्लेख गर्नुभयो । 

“देशको विद्यमान समस्या समाधान गर्नका लागि एकै ठाँउमा उभिनुपर्ने बेला राजनीतिक दल एक आपसमा घोचपेच गर्ने, दोषारोपण गर्नेतर्फ लागेकामा मलाई चिन्ता लागेको छ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा कुन राजनीतिक दलको सिट कति बढ्यो वा घट्यो भन्दा पनि संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढ्यो वा बढेन भन्ने विषय नै यतिबेलाको प्रमुख विषय हो ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्ने सन्दर्भमा स्थानीय तहको निर्वाचनले संविधान मिच्न चाहने प्रवृत्तिलाई राम्रो जवाफ दिएको उल्लेख गर्दै उहाँले संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई जोगाउन जुनस्तरको तत्परता देखापर्‍यो त्यसले सहज वातावरण बनाएको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचन एकै चरणमा नै सफल बनाउन लाग्ने सरकार, राजनीतिक दल, मतदाता एवम् सबै वर्ग, समूह तथा नागरिक समाजलाई धन्यवाद दिनुभयो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक रुपमा लज्जास्पद हार भएको संश्लेषण गर्ने, अनि संसद्मा आएर सरकार र गठबन्धनले जबरजस्ती गर्‍यो भनेर गरेको टिप्पणी तर्कसंगत नभएको अध्यक्ष दाहालको भनाइ छ । मतगणना सम्पन्न हुँदै गएपछि सरकारलाई धारे हात लगाउनुको कुनै पनि अर्थ नभएको उहाँको भनाइ छ ।  

संविधान निर्माण भएपछि राजनीतिक स्थायित्व होओस् भनेर वामगठबन्धन हुँदै एउटै कम्युनिष्ट पार्टी बनाउने पहलकदमी लिएको तथ्य पेश गर्दै उहाँले झण्डै दुईतिहाई जनमत प्राप्त भएको पार्टीलाई के कारणले बचाउन सकिएन भन्ने प्रश्नको जवाफ इतिहासले खोज्ने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “जसको सहयोगमा दुईदुई पटक प्रधानमन्त्री बन्यो, उसैलाई अर्काको वैशाखी टेकेको भनेर टिप्पणी गर्न कसरी सुहाउँछ । अघिल्लो सरकार एमालेको थियो भनेर कसरी भन्न सकिन्छ ।”

माओवादी केन्द्रको सहयोगमा नै उहाँ (केपी ओली) दुईदुई पटक प्रधानमन्त्री बन्नुभएको तथ्य नबिर्सन आग्रह गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “तपाईं माओवादी केन्द्रको वैशाखी टेकेर नै दुईदुई पटक प्रधानमन्त्री बन्नुभएको होइन ?” प्रतिपक्षी दलका नेता दम्भ, अहंकारबाट पछि हट्न नसकेको आफूले पाएको उल्लेख गर्दै उहाँले आजको परिस्थिति कसले बनायो ? त्यसको जिम्मेवारी कसले लिने भनी प्रश्न गर्नुभयो । 

एउटा शक्तिका साथ माओवादी एमाले अध्यक्ष ओलीसँग बहस गर्न तयार रहेको उल्लेख गर्दै उहाँले सरकारको नीति तथा कार्यक्रममाथि उहाँ (ओली)ले गरेको टिप्पणीमा नै विरोधाभाष रहेको बताउनुभयो । “नीति कार्यक्रम गतिहीन छ भनेर पनि भन्ने, अनि एमाले सरकारले ल्याएको नीति कार्यक्रम सारेर ल्याइयो पनि भन्ने ? प्रतिपक्ष दलको नेताले राख्नुभएको विषय विरोधाभाष छैन र ?”, उहाँले भन्नुभयो । 

शान्ति प्रक्रिया र संविधानसभामार्फत अगाडि बढेको राजनीतिक प्रक्रियामा आफूहरु सहभागी हुँदै आइरहेको तथ्य पेश गर्दै उहाँले शान्ति सम्झौतालाई अपमान गर्ने काम कोही कसैले पनि गर्न नहुने बताउनुभयो । “एकले अर्कोलाई अपमानित गर्ने, निषेध गर्ने तरिकाले लियौँ भने यो राजनीतिक प्रणालीमार्फत नेपाली जनतालाई दिन खोजेको कुरा दिन नसकिँदैन”, उहाँले भन्नुभयो । 

तत्कालीन नेकपाको सरकार र पार्टीभित्र हुनथालेको जनविरोधी गतिविधिका विरुद्ध आफूहरुले प्रश्न उठाएको तथ्य पेश गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “विगतमा सरकारको नीति तथा कार्यक्रम जनपक्षीय भएन भनेर टिप्पणी गरिएको, नेकपाकै सांसदले प्रश्न उठाउनुभएको होइन ? जनताको पक्षमा नभएको भनिएको होइन ? निर्वाचनका बेला जारी गरिएको घोषणापत्रअनुसार बजेट र नीति कार्यक्रम आए त ?”

संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर, पार्टीभित्र भएको विवादलाई समाधान नगरेर जनप्रतिनिधिमूलक संस्थाको विघटन गरिएको होइन ? भन्ने प्रश्न गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “पार्टीभित्रको विवाद समाधान गर्न नसकेर संसद् विघटन गर्न पाइन्छ ?” नेकपाभित्र चलेको वैचारिक बहसलाई विधिसम्मत तरिकाले हल गरिएको भए मुलुकले यो अवस्था व्यहोर्नु नपर्ने उहाँको भनाइ थियो । 

संविधान र मुलुकलाई दुर्घटनामा जानबाट रोक्ने उद्देश्यले वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै उहाँले गठबन्धनलाई बलियो बनाउने र प्रतिगामीलाई निर्वाचनमार्फत पररास्त गर्न जनतासमक्ष गरिएको अपिल धम्कीका रुपमा लिन नहुने बताउनभुयो । 

देश, जनताको आवश्यकतालाई सम्बोधन गर्न, मूल्यवृद्धि तथा आर्थिक संकट समाधान गर्न सबै वर्ग तथा क्षेत्र र राजनीतिक दलले सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले काठमाडौँको प्रमुख र धरानको प्रमुख साँचो अर्थमा स्वतन्त्ररुपमा स्थानीय तहको निर्वाचनमा सफल भएको बताउनुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा जुन विचार र संकल्पसहित जनतामा प्रस्तुत हुनुभयो, त्यसलाई विशिष्ट मान्नुपर्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीमा थप दुई नयाँ फूल थपिएको म ठान्छु ।” यसले राजनीतिक दलले उम्मेदवार छनोट गर्ने विषयमा ध्यान दिनुपर्ने र राजनीतिक दल मात्रै पूर्ण छौँ भनेर सोच्न नहुने र सचेत हुनका लागि एउटा अवसर प्रदान गरेको बताउनुभयो । 

अध्यक्ष दाहालले पेट्रोलियम पदार्थमा लगाइएको कर हटाएर भए पनि जनतालाई राहत दिन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिसकेको सदनलाई जानकारी दिनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रमले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, ऊर्जालगायतका विषयमा प्राथमिकता दिएकाले सही मार्गमा डोहोरिएको बताउनुभयो ।

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने नीति कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिँदै उहाँले दक्षिण छिमेकी मुलुकले केही खाद्यान्न निर्यातमा रोक लगाएका अवस्थालाई अवसरका रुपमा लिनुपर्ने बताउनुभयो । 

“नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि के कस्ता नीति बनाउनुपर्ने, के कस्तो मेहनत गर्नुपर्ने अब गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।”


प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १३:४७
#नेकपा (माओवादी केन्द्र)
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्