Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विराटनगर महानगरपालिकामा दलहरूको प्रचारप्रसार तीव्र, कसले मार्ला बाजी ? 
विराटनगर महानगरपालिकामा दलहरूको प्रचारप्रसार तीव्र, कसले मार्ला बाजी ? 
नेपालकागज
नेपालकागज बिहीबार, वैशाख २२, २०७९

मोहम्मद सदरुल, मनोज दाहाल
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा सहभागी दलहरूले प्रचारप्रसारलाई तीव्र पारेका छन् । झण्डा, ब्यानर, सिटी सफारीदेखि अन्य सवारीसाधनसहित जनताको घरदैलोमा पुगेर राजनीतिक दलका उम्मेदवारले आ–आफ्ना पक्षमा मत मागिरहेका देखिन्छन् ।

निर्वाचनसँगै दलका उम्मेदवारले आ–आफ्ना सङ्कल्प र घोषणपत्र जारी गर्दै मतदातालाई रिझाउने कार्यमा पनि व्यस्त देखिन्छन् । स्थानीय नागरिक पनि स–साना समूहमा चिया पसलमा निर्वाचनकै कुराकानी गरिरहेका भेटिन्छन् । 

दलका उम्मेदवारमात्र होइन, नगरको विकासमा आफ्नो योगदान रहने भनेर केही युवाहरूले वडा सदस्यदेखि नगरप्रमुखका लागि स्वतन्त्र उम्मेदवारीसमेत दिएका छन् । विराटनगर महानगरको १९ वटै वडामा वडा सदस्यदेखि लिएर प्रमुख र उपप्रमुखसहित ९७ पदका लागि ७२३ उम्मेदवार छन् ।

विराटनगरमा अहिले नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा र जनमत पार्टीले आफ्ना प्रचारप्रसारलाई तीव्र पारेका हुन् । 

विसं २०४६ को राजनीतिक परिवर्तनपछि एकपटक एमालेका रमेशचन्द्र पौडेलले विराटनगरको नेतृत्व गर्ने अवसर पाउनुभयो भने तत्कालीन राजाको समयमा युवा प्रल्हाद साहले नेतृत्व गरेको यस नगरमा लगातार कांग्रेसका उम्मेदवारले विजय हासिल गर्दै आएका छन् । 

राजनीतिक परिवर्तनपछि भएको पहिलो निर्वाचनमा अशोक कोइराला र वर्तमान संरचनामा पहिलोपटक कांग्रेसका युवानेता भीम पराजुलीले विराटनगर महानगरपालिकाको नेतृत्व हात पार्न सफल हुनुभएको थियो ।

विराटनगर महानगरमा प्रमुखमा गठबन्धन दल कांग्रेसबाट नागेश कोइराला, एमालेबाट सागर थापा, राप्रपाबाट प्रल्हादप्रसाद साह, जनमत पार्टीबाट अरुणकुमार मण्डल, विवेकशील साझा पार्टीबाट अमलेश कर्ण, स्वतन्त्र उमेशकुमार यादवलगायत १३ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । 

यसैगरी उपप्रमुखमा गठबन्धन दल जनता समाजवादी पार्टी, नेपालबाट अमरेन्द्र यादव, एमालेबाट शिल्पा निराला कार्की, राप्रपाबाट विन्दा लुइँटेल  आचार्य, विवेकशील साझा पार्टीबाट श्रीजु पराजुली, स्वतन्त्र नमिता न्यौपाने पोखरेललगायत १४ ले प्रतिस्पर्धा गर्नुभएको छ ।

विसं २०७४ को विराटनगर महानगरको निर्वाचनमा  प्रमुखमा १४ र उपप्रमुखमा ११ उम्मेदवार हुनुहुन्थ्यो । उक्त निर्वाचनमा कांग्रेसबाट उम्मेदवार हुनुभएका पराजुलीले २३ हजार ३१ मत ल्याई विजयी हुनुभएको थियो भने उहाँको प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले १७ हजार ३२१ मत ल्याउनुभएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो ।

उक्त निर्वाचनमा राप्रपाबाट प्रल्हादप्रसाद साहले पाँच हजार ५२४, सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १४ हजार ९५८, नेकपा (माक्र्सवादी)का लिलोमोहन राजवंशीले ३१, चुरे भावर एकता पार्टी नेपालका घनश्याम टण्डनले दुई, नेपाल समावेशी पार्टीका गोपालप्रसाद गिरीले तीन मत ल्याउनुभएको थियो ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी इन्दिरा कार्कीले २० हजार १४६ मत ल्याई विजयी हुनुभएको थियो भने नेकपा ९माओवादी० केन्द्रकी नमिता न्यौपाने पोखरेलले ११ हजार ५२४ मत ल्याई दोस्रो हुनुभएको थियो ।

उपप्रमुख पदमा प्रतिस्पर्धा गर्ने अन्य उम्मेदवारमा मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०की सूची चौधरीले १० हजार ५३६, राप्रपाकी शोभा श्रेष्ठले चार हजार १०२  मत ल्याउनुभएको थियो । 

उक्त निर्वाचनमा पुरुष ६० हजार ५३६, महिला ५३ हजार २२५ गरी एक लाख १३ हजार ७६१ मतदाता रहेको महानगरमा ८० हजार ६८९ जनाले मतदान गरेका थिए । सो निर्वाचनमा ६१ हजार २७० मत ९७५ दशमलव ९३ प्रतिशत० मत सदर भएको थियो भने १९ हजार ४१९ ९२४ दशमलव सात प्रतिशत मत बदर भएको थियो ।

जतिपटक निर्वाचन भए पनि नेता र उम्मेदवार परिवर्तन भए पनि जनताका माग उही देखिन्छ । विराटनगरमा वर्षात्को समयमा डुबान, फोहर, सुकुम्बासी समस्या, ढल निकासको समस्या, गुणस्तरीय शिक्षा र स्वास्थ्य, रोजगारीको समस्या, रुग्ण उद्योगजस्ता समस्या पुरानै देखिएको छ । 

अघिल्लो निर्वाचनबाट आएका जनप्रतिनिधिले विकासको कामलाई तीव्र पारे पनि जनताका आकाङ्क्षा भने पूरा हुन नसकेको मतदाता विजया दाहालले बताउनुभयो । निर्वाचन लक्षित विविध कार्यक्रम भए पनि निर्वाचन आचारसंहिताविपरीत कार्य भने न्यून रहेको पाइएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकामा महिला ६२ हजार ६१८, पुरुष ७० हजार ५२४ गरी एक लाख ३३ हजार १४२ जना मतदाताका लागि मतदानस्थल २९ र मतदान केन्द्र १४० निर्धारण गरिएको निर्वाचन कार्यालयले जनाएको छ । 

विगतको निर्वाचनमा भएको मत बदरलाई विष्लेषण गर्दा अहिले मतदाता शिक्षाको प्रचार–प्रसारलाई व्यापकता दिनुपर्ने आवश्यकता देखिएको छ । विराटनगरमा अन्य तुलनामा अत्यधिक मत बदर भएको थियो ।

निर्वाचनको समय नजिकिँदै गर्दा राजनीतिक दलहरूका शीर्षस्थ नेता विराटनगर आउने क्रम पनि तीव्र भएको छ ।

सबैभन्दा पहिले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावीसभालाई सम्बोधन गरिसक्नुभएको छ भने वैशाख २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावीसभालाई सम्बोधन कार्यक्रम रहेको एमाले नेता विनोद ढकालले जानकारी दिनुभयो ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १६:०७
#निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्