Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ठूला दलबाटै आचारसंहिता उल्लङ्घनः मतदाता प्रभावित पार्न राहत वितरण
ठूला दलबाटै आचारसंहिता उल्लङ्घनः मतदाता प्रभावित पार्न राहत वितरण
नेपालकागज
नेपालकागज बुधबार, वैशाख २१, २०७९

रमेश गिरी, भक्तपुर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ठूला राजनीतिक दलबाट व्यापक रुपमा आचारसंहिता उल्लङ्घन भएको पाइएको छ । 

जिल्ला प्रशासन कार्यलय र जिल्ला निर्वाचन कार्यालयले आज यहाँ आयोजना गरेको निर्वाचनबारे सञ्चारकर्मीसँगको अन्तक्र्रियामा यस्तो बताइएको हो । 
    
सो अवसरमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनलाई प्रभावित पार्ने गरी मतदातालाई कम्बल र थर्मस बाँडिरहेको जानकारी पाएपछि त्यसलाई प्रहरी पठाएर रोकिएको बताउँदै उहाँले केही दलले आचारसंहिता विपरीत काम गर्न खोजिएकाले यस्ता कार्यक्रमलाई रोक लगाएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयसँग अनुमति नलिइ भक्तपुरको सूर्यविनायक र चाँगुनारायणका केही वडामा मतदातालाई प्रभावित पार्ने गरी कम्बल र थर्मसलगायतका सामग्री बाँड्दै गर्दा हामी तत्कालै पुगेर रोक्यौँ, यहीँ बीचमा अनुमति लिन आएका करिब २० वटा कार्यक्रमलाई समेत निर्वाचनमा प्रभावित पर्ने देखेर रोक लगाएका छौँ, सम्मान र पुरस्कार वितरणजस्ता कार्यक्रमलाई पनि रोक लगाएर चुनावपछि गर्न भनेका छौँ, निर्वाचन आचारसंहिता विपरीत दलको गतिविधि समेतलाई रोक लगाउँदै आएका छौँ ।” 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले ठूला दलबाटै आचारसंहिता उल्लङ्घन भइरहेको जानकारी दिँदै १९ वटा ठाउँबाट आचारसंहिता उल्लङ्घन गरी राखिएको दलहरुको प्रचार सामग्री हटाएको बताउनुभयो । 
    
जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयका प्रतिनीधिले भक्तपुरमा निर्वाचन आचारसंहित विपरीतका काम भइरहेको जनाउँदै मतदातालाई विभिन्न प्रलोभनमा पारी सामान बाँड्न सुरु गरेको बताउनुभयो ।
    
प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो, “पार्टीका झण्डा, चुनाव चिन्ह, फ्लेक्सलगायतका प्रचार सामग्री १८÷१९ ठाउँको हामीले हटाएका छौँ, कतिपय ठाउँमा त्यस्ता चुनाव चिन्ह् राखेका दलका स्थानीय नेता कार्यकर्तासँग त कतिपय ठाउँमा जिल्ला तहका नेतासँग कुरा गरेर हटाएका छौँ । यस्ता सामग्री राखेर आचारसंहिता उलङ्घन गर्नेमा चुनाबमा रहेको मुख्य ६ दलकै रहेका छन् ।” 

प्रचार सामग्री हटाउन ठूला दलहरुले नै अटेर गर्ने गरेको उहाँको भनाइ छ । गाडीमा पार्टीको झण्डा र चुनाब चिन्ह्, ब्यानर राखेर जाने गरेको भन्दै उहाँले पार्टी आफैले आचारसंहिताको पालना गर्दै आफैले अनुगमन गर्नुपर्नेमा आफैले उलङ्घन गर्ने गरेको उहाँको गुनासो छ । 
    
भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले विगतका निर्वाचन भन्दा कर्मचारी आधा कम तर काम धेरै हुँदा कार्यसम्पादनमा चाप परेको बताउनुभयो । कर्मचारीले खानाको भरमा बिहान ७ बजेदेखि राति ७ बजेसम्म काम गर्नुपरेको उल्लेख गर्दै उहाँले त्यही कर्मचारीले फेरि अनुगमन पनि जानसक्ने अवस्था अहिले न्यून भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामी यहीँ बाटो ओहोरदोहोर गर्दा पनि अनुगमन गरिरहेकै हुन्छौँ, आचारसंहिता रोक्न सकदो प्रयास गरेका छौँ, दलहरुले नै बनाएको आचारसंहिता पालना दलहरुले गर्नुपर्ने हो, राजनीतिक दल, पत्रकार, सचेत नागरिकले आचारसंहिता उल्लङ्घन भएको पाइए जानकारी गराउनुहोस्, हामी तत्काल रोक्छौँ, आवश्यक परे कारबाही गर्छौ ।”
    
यद्यपि काठमाडौँको तुलनामा भक्तपुरमा आचारसंहिता उल्लङ्घन ज्यादै न्यून रहेको दाबी गर्दै उहाँले त्यसलाई पनि रोक्न सक्दो प्रयास गरिरहेको जानकारी बताउनुभयो । उहाँले मतगणनास्थलमा सिसी क्यामरा जडान भइरहेको जानकारी दिँदै मतदानका दिनमा मतदाता परिचयपत्र नभए नागरिकता, सवारी अनुमतिपत्र, लालपूर्जा लगायतका पहिचान खुल्ने कागजले पनि मतदान गर्न पाइने उहाँले बताउनुभयो । 
    
जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले सञ्चार माध्यम र सञ्चारकर्मीले मान्नुपर्ने निर्वाचन आचारसंहिताकाबारेमा जिल्लाका क्रियाशील पत्रकारलाई जानकारी दिनुभएको थियो । 
 


प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १२:४७
#निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्