Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • स्वतन्त्र उम्मेदवारी दिने नेता-कार्यकर्तालाई साधारण सदस्यतासमेत नरहनेगरी कारवाही हुन्छ : प्रवक्ता महत
स्वतन्त्र उम्मेदवारी दिने नेता-कार्यकर्तालाई साधारण सदस्यतासमेत नरहनेगरी कारवाही हुन्छ : प्रवक्ता महत
नेपालकागज
नेपालकागज सोमबार, वैशाख १९, २०७९

काठमाडौँ । नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरूबीच तालमेल भएको बताएको छ ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले आइतबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै केही स्थानबाहेक प्राय सबै ठाउँमा चुनावी तालमेल भएको दाबी गर्नुभएको हो । 

केही ठाउँमा अझै मिलाउने प्रयास भइरहेको जिकिर गर्दै महतले गठबन्धनको भावना र निर्णयअनुसार अघि बढ्न आग्रह गर्नुभएको छ । 

नेपाली नागरिकले झन्डै सात दशकको अनवरत संघर्षले ल्याएको लोकतन्त्र, गणतन्त्र र संविधानसभाबाट जारी गरिएको संघीयता, समावेशिता र गणतन्त्रसहितको लोकतान्त्रिक संविधानको रक्षाका लागि सत्तामा गठबनधनमा रहेका दलहरूबीच तालमेल गर्ने निर्णय भएको पनि कांग्रेस प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

देशभरका ७ सय ५३ स्थानीय तहका लागि ३५ हजार २ सय २१ पदमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रायःसबै पदमा उम्मेद्वारी परेको छ जनाउँदै कांग्रेसले तालमेल नभएको कतिपय स्थानमा पूर्व सहमति अनुसार नै गठबन्धनका दलहरूबीच मित्रवत प्रतिस्पर्धा हुने जनाएको छ ।  

पार्टी निर्णयविपरीत स्वतन्त्र उम्मेदवारी कायम राख्ने नेता तथा कार्यकर्तालाई विधानको व्यवस्था अनुसार साधारण सदस्यतासमेत नरहनेगरी कारवाही हुने कांग्रेसले जनाएको छ । 

तर प्राविधिक कारणले र तालमेलको निर्णय ढिलो भएको कारणले फिर्ता लिन नभ्याउनुभएका निर्णय शिरोधार्य गरी पार्टी र गठबन्धनका आधिकारिक उम्मेद्वारहरूको पक्षमा समर्थन गर्दै वक्तव्य जारी गरी चुनावी प्रतिस्पर्धाबाट बाहिरिनेलाई भने पार्टी विधानको उक्त प्रवाधान लागु नहुने उल्लेख गरिएको छ ।

स्थानीय तहको निर्वाचनलाई प्रभावकारी बनाउँदै आफ्नो पक्षमा परिणाम ल्याउन पार्टीका सबै तह तथा भ्रातृ र शुभेचछुक संगठन परिचालित भएको कांग्रेसले दाबी गरेको छ । निर्वाचन अभियानलाई मर्यादित,अनुशासित र सुव्यवस्थित ढंगले सञ्चालन गर्न उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिले काम गरिहेको कांग्रेसले जनाएको छ ।

महामन्त्री गगन थापाको संयोजकत्वमा गठित घोषणा–पत्र तयारी समितिले स्थानीय तहलाई अधिकार सम्पन्न, सक्षम, सवल, उत्तरदायी, नागरिकमुखी सेवाप्रवाह गर्न सक्ने बनाउन संकल्प गरेको दोहोर्‍याएको छ । अर्का उपसभापति धनराज गुरुङ्को संयोजकत्वमा देशव्यापी कार्यक्रम समन्वय उपसमिति गठन भएको भन्दै कांग्रेसले स्थानीय निर्वाचनलाई अत्यन्त मर्यादित, संयमित र अनुशासित ढंगले सञ्चालन गरिरहेको दाबी गरेको छ ।

प्रतिस्पर्धी राजनीतिक दलका नेताले आचारसंहिताको धज्जी उडाउँदा समेत निर्वाचन आयोग मौन रहेको भन्दै कांग्रेसले असन्तुष्टि पनि जनाएको छ ।

३१ हजार २ सय ५१ जना पार्टीका नेता तथा कार्यकर्ताले विभिन्न तहमा उम्मेदवारी दिएको जनाउँदै कांग्रेसले ६ सय २३ जनाले उम्मेदवारी फिर्ता लिँदा ३० हजार ६ सय २८ जनाको कायम रहेको उल्लेख गरेको छ । 

तीमध्ये प्रमुखमा २ सय ६२ जना र अध्यक्षमा ३ सय ७२ जनाको उम्मेदवारी रहेको कांग्रेसले जनाएको छ । उपप्रमुखमा १ सय ९४ र उपाध्यक्षमा ३ सय४० जनाले पार्टीको तर्फबाट उम्मेदवारी दिएको जनाइएको छ ।


प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  ०९:४६
#निर्वाचन #नेपाली कांग्रेस
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै मंगलबार, असोज १, २०८१
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान मंगलबार, असोज १, २०८१
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन् मंगलबार, असोज १, २०८१
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा मंगलबार, भदौ १८, २०८१
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन
विश्वप्रकाशलाई देउवाको जवाफ- कसैले भन्दैमा मैले प्रधानमन्त्री पद छोड्नुपर्छ भन्ने मलाई लाग्दैन आइतबार, भदौ १६, २०८१
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2)
सहकारी ठगीको नालीबेली, हबिब बेहनाको सम्पत्तिमा रजाइँ गर्दा प्रशासन किन मौन ?(सिरिज-2) शनिबार, जेठ १९, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्