Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • एसइई परीक्षा नतिजा आन्तरिक मूल्याङ्कन विधिबाट सार्वजनिक गर्ने सरकारको निर्णय, गत वर्षकै प्रक्रियालाई निरन्तरता
एसइई परीक्षा नतिजा आन्तरिक मूल्याङ्कन विधिबाट सार्वजनिक गर्ने सरकारको निर्णय, गत वर्षकै प्रक्रियालाई निरन्तरता
नेपालकागज
नेपालकागज मंगलबार, जेठ १८, २०७८

एसइई परीक्षा नतिजा आन्तरिक मूल्याङ्कन विधिबाट सार्वजनिक गर्ने सरकारको निर्णय, गत वर्षकै प्रक्रियालाई निरन्तरता

भक्तपुर । दोस्रो लहरको कोभिड–१९ महामारीका कारण सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन नगर्ने भएको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीका कारण यस वर्ष एसइई परीक्षा नगर्ने निर्णय गरेको हो । एसइई परीक्षा नतिजा गत वर्षको जस्तै आन्तरिक मूल्याङ्कन विधिबाट सार्वजनिक गर्ने भएको छ । 

कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्न सकिने अवस्था नरहेको, विद्यालयलाई परीक्षा सञ्चालन गर्न दिँदा विद्यार्थीमा सङ्क्रमण गर्न सक्ने खतरा अत्यधिक रहेको र अनलाइनबाट परीक्षा सञ्चालन गर्दा एसइई परीक्षामा सहभागी हुने सबै विद्यार्थीमा प्रविधिको पहुँच नपुग्ने भएकाले गत वर्षको जस्तै आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको शिक्षा मन्त्रालयले जानकारी दिएको छ ।

कोभिडको सङ्क्रमण बढ्दै गएको र बालबालिकालाई थप जोखिम हुने खतरा रहेकाले गत वर्षकै प्रक्रियालाई निरन्तरता दिँदै एसइईको आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको हो । मन्त्रालयले सरकारको निर्णय कार्यान्वयनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई परिपत्र गर्ने भएको छ । 

बोर्डले यस वर्ष जेठ १३ गतेदेखि एसइई परीक्षा भौतिकरूपमा नै सञ्चालन गर्ने गरी गर्ने परीक्षा तालिका सार्वजनिक गरे पनि कोभिड महामारीका कारण वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको र बालबालिकामा सङ्क्रमण बढेपछि सरकारले वैशाख २७ गते एसइई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । त्यसपछि बोर्डले एसइई परीक्षा सञ्चालन गर्नेबारे शिक्षा विभागका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले परीक्षाका लागि चार वटा विकल्प प्रस्तुत गरेको थियो । 

एउटा गत वर्षको जस्तो आन्तरिक मूल्याङ्कन गर्ने, दोस्रो विद्यार्थीलाई प्रश्न पत्र दिएर अनलाइनबाट परीक्षा दिलाउने, तेस्रो भौतिक दूरी कायम गर्दै बोर्ड आफैँले सञ्चालन गर्ने वा विद्यालयलाई परीक्षा सञ्चालनको जिम्मा दिने र चौथो भारतमा जस्तै परीक्षा नै नगरी आन्तरिक मूल्याङ्न गर्ने र कक्षा ११ को प्रवेश परीक्षालाई कडाइ पार्दै ती विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदा कडाइ गर्ने विकल्प पेश गरेको बोर्डले जानकारी दिएको छ ।
 
यस वर्ष बोर्ड र प्याब्सनका केही पदाधिकारीले भने विद्यालयलाई परीक्षाको जिम्मा दिने गरी निर्णय गर्नुपर्नेमा जोड दिएका थिए तर विद्यालयलाई जिम्मा दिँदा विद्यार्थीमा सङ्क्रमण फैलिए त्यसको जिम्मेवारी को हुने भन्ने सवाल खडा भएको बताइएको छ । यस वर्ष देशभरिबाट करिब पाँच लाख १७ हजार विद्यार्थी एसइई परीक्षाको तयारी छन् । गत वर्ष कोरोना महामारीका कारण एसइईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्नका आधारमा बोर्डले नतिजा दिएको थियो ।


प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ०९:३०
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल बुधबार, फागुन २, २०८०
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल सोमबार, माघ १५, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ आइतबार, मंसिर २४, २०८०
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने शुक्रबार, मंसिर २२, २०८०
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा... शनिबार, असोज ६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्