Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ दिपायलबाट सुरु हुँदै
शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ दिपायलबाट सुरु हुँदै
नेपालकागज
नेपालकागज आइतबार, चैत ६, २०७८

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदैछ । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ ।

सेनाको व्यवस्थापन र सैनिक कल्याणकारी बोर्डको समन्वय एवं संयोजकत्वमा हुने यसपटकको पहिलो ‘सम्मेलन र स्वास्थ्य शिविर’को प्रधानसेनापति शर्माले दिपायलस्थित ५ नम्बर बाहिनी अड्डामा उद्घाटन गर्नुहुने छ । धनगढीस्थित भवानी दल गणमा चैत १०, सुर्खेतस्थित पश्चिम कमाण्ड चैत २० र चैत २१ गते नेपालगञ्जस्थित चार नम्बर बाहिनी अड्डामा चौथो चरणको ‘भूतपूर्व सैनिक सम्मेलन २०७८’ हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्मेलन क्रममा भूपूसैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलीयत दरमा उपलब्ध गराइने रकमको चेक हस्तान्तरण हुनेछ । लघुवित्तका सर्वाेत्कृष्ट र उत्कृष्ट व्यवसायीलाई नगद पुरस्कार, ज्येष्ठ भूपूसैनिक र एकलको सम्मान तथा अशक्तलाई सम्मेलनमा ह्वीलचियर प्रदान गरिने नेपाली सेना कल्याणकारी बोर्डले जनाएको छ ।

सेनाका बहालवाला, भूतपूर्वसैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहुआयामिक र अधिकतम उपयोग आयमूलक कार्यमार्फत हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा छ । सम्मेलनलाई भूपूसैनिकले आफ्ना सहपाठीसँगको भेटघाट र औषधिमूलोका हिसाबले अभूतपूर्व जमघटका रूपमा लिने गरेको पाइन्छ । मुलुकमा द्वन्द्वका कारण १५ वर्षसम्म स्थगन भएको भूतपूर्वसैनिक सम्मेलन २०७० बाट पुनः आरम्भ गरिएको थियो ।

मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा जीवनको महत्वपूर्ण क्षण बिताएका भूपूसैनिक र परिवारिक निवृत्तिभरणमा रहेका आश्रित एकल महिलाको सङ्ख्या करिब ८५ हजार छ । सम्मेलनका क्रममा प्रस्तुत हुने त्यस क्षेत्रको संस्कृति झल्कने नाचगानसहितको झाँकीले सबै दुःखकष्ट अन्त्य गरी भूपूसैनिक र उनका परिवार फुरुङ्ग हुने गर्छन् ।

सेनासँगको सहकार्यमा नेपाल इन्भेष्टमेन्ट बैकले सामाजिक उत्तरदायित्वअन्तर्गत लघुवित्त कार्यक्रममार्फत सहुलियत ब्याजदरमा भूपूसैनिकलाई कर्जा उपलब्ध गराउँदै आएको छ । भूपूको जीवनस्तरमा सुधार ल्याउन सेनाले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई लघुवित्तलगायतका विभिन्न कार्यक्रम अघि सारेको छ ।

नेपाली सेनाले भूकम्पबाट घर भत्केर अप्ठ्यारोमा परेका भूपूलाई घर बनाउनेलगायतका राहतका लागि ठूलो रकम खर्चिसकेको छ । जीवनको ऊर्जाशील समय सैनिक सेवामा बिताएका भूपूसैनिकले सम्मेलनलाई सहकर्मी पल्टनीयाबीच भेटघाट, सुखदुःख साटासाट र सङ्गठनको नेतृत्वसँग गुनासो व्यक्त गर्ने महत्वपूर्ण पर्वका रूपमा मनाउँछन् ।

भूपूसैनिक र आश्रित परिवारका पीरमर्का सुन्ने, रायसुझाव लिने र विशेषज्ञसहितको स्वास्थ्य सेवा घरदैलोबाटै दिने उद्देश्यले पश्चिम कमाण्ड मातहतका १९ जिल्लामा बसोबास गर्ने आठ हजार १५१ हिताधिकारीलाई लक्षित गरी यसपटकको सम्मेलन आयोजना गरिएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिनुभयो । सम्मेलनलाई हिताधिकारीको सेवासुविधा विस्तार र घोषणा गरिएका कार्यक्रमको समीक्षा गर्ने अवसरका रूपमा सेनाले लिने गरिएको छ ।

सेनाले स्वास्थ्य, शिक्षा, सीपमूलक र स्वरोजगारका कार्यक्रम पु¥याएर भूपूसैनिकको समाजिक प्रतिष्ठा र आत्मसम्मान बढाउन कोसिस गरिरहेको छ । ‘बहुजन हितायः बहुजन सुखाय’ उद्देश्य राखी स्थापना भएको सैनिक कल्याणकारी कोषले करिब १० लाखको सङ्ख्यामा रहेका हिताधिकारीका लागि स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियतका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्दै आएको छ ।

सम्मेलनको मुख्य उद्देश्य हिताधिकारीलाई कल्याणकारी कार्यबारे जानकारी दिने, गुनासा सुन्ने, अन्तक्र्रिया गरी राय–सुझाव सङ्कलन गर्ने र शिविरमार्फत स्वास्थ्योपचार सेवा उपलब्ध गराउनु हो । बढदो महङ्गीको मारमा नपरुन् भन्ने हेतुले सेनाले कोषमार्फत बहालवाला र अवकाशप्राप्तलाई सुपथमूल्यका पसल खोल्ने कार्यलाई युनिट तहसम्म पु¥याउन अभियान नै सुरु गरिसकेको छ ।

हिताधिकारीको समाजिक प्रतिष्ठा एवं आत्मसम्मानमा जोड दिँदै आएको नेपाली सेना नागरिकको आस्था र भरोसाको केन्द्रविन्दु एवं राष्ट्रिय एकताको प्रतीकका रूपमा रहिआएको छ ।


प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  ०९:०७
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्