काठमाडौं । HONOR ले ७,५०० एमएएच क्षमताको शक्तिशाली ब्याट्रीसहितको नयाँ स्मार्टफोन HONOR X7e नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले लामो ब्याट्री लाइफ, १२० हर्ज डिस्प्ले र ५० मेगापिक्सेल क्यामेरासहितको यो फोन ३९ हजार ९९९ रुपैयाँमा उपलब्ध गराएको हो।
HONOR X7e मा ६.६१ इन्चको १२० हर्ज डिस्प्ले रहेको छ। उच्च रिफ्रेस रेटका कारण स्क्रोलिङ, टच, गेमिङ तथा भिडियो हेर्दा सहज र स्मूथ अनुभव लिन सकिने कम्पनीले जनाएको छ।
फोनको मुख्य आकर्षणका रूपमा ७,५०० एमएएच ब्याट्री रहेको छ। यसमा ४५ वाट फास्ट चार्जिङ सुविधा समेत दिइएको छ। लामो समयसम्म फोन चलाउने प्रयोगकर्तालाई लक्षित गरी ठूलो क्षमताको ब्याट्री राखिएको कम्पनीको भनाइ छ।

फोटोग्राफीका लागि फोनमा ५० मेगापिक्सेलको AI Ultra-Clear Main Camera उपलब्ध छ। यसले दैनिक जीवनका तस्बिर, पोर्ट्रेट तथा विभिन्न क्षणलाई स्पष्ट र विस्तृत रूपमा खिच्न सहयोग गर्ने कम्पनीले जनाएको छ।
HONOR X7e मा ६ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको छ। फोटो, भिडियो, एप तथा अन्य फाइल राख्न पर्याप्त स्टोरेज उपलब्ध हुने कम्पनीको दाबी छ।
फोन Sunrise Orange र Midnight Black गरी दुई रंगमा उपलब्ध छ।
खरिदमा निःशुल्क Earbuds
HONOR ले X7e को बिक्रीसँगै ग्राहकका लागि विशेष अफरसमेत ल्याएको छ। सेप्टेम्बर १५, २०२६ सम्म HONOR X7e खरिद गर्ने ग्राहकले HONOR X7e Active Earbuds निःशुल्क प्राप्त गर्नेछन्।
यसैगरी, कम्पनीले X7e खरिद गर्ने ग्राहकलाई ६ महिनाको Extended Battery Warranty समेत उपलब्ध गराउने जनाएको छ। उक्त अतिरिक्त ब्याट्री वारेन्टी पनि सेप्टेम्बर १५, २०२६ सम्म लागू हुनेछ।
६ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको HONOR X7e को मूल्य ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ। फोन नेपालभरका HONOR का आधिकारिक स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
HONOR X7e सम्बन्धी थप जानकारी HONOR Nepal को आधिकारिक वेबसाइट तथा HONOR Nepal को Instagram र HONOR Nepal को Facebook मार्फत लिन सकिनेछ।
सम्पर्ककालागि [email protected] मा इमेल वा +977 9801150036 मा फोन गर्न सकिनेछ।