Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • Contact
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • Contact
  • हाम्रो टिम
  • सम्पर्क
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • आईसीसी विश्वकप क्रिकेट छनोटको प्लेअफ नेपालमा हुँदै, ८ देश सहभागी हुने
आईसीसी विश्वकप क्रिकेट छनोटको प्लेअफ नेपालमा हुँदै, ८ देश सहभागी हुने
नेपालकागज
नेपालकागज बिहीबार, कात्तिक ५, २०८३

काठमाडौं । सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ।

प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ का अन्तिम चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई-दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्लेअफबाट उत्कृष्ट चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।

प्लेअफमा सहभागी हुने आठमध्ये हालसम्म छ टोलीको टुङ्गो लागिसकेको छ। लिग–२ बाट नेपाल, क्यानडा र यूएईको सहभागिता निश्चित भएको छ। त्यस्तै, च्यालेन्ज लिग ‘बी’ बाट इटाली र युगान्डाले प्लेअफमा स्थान सुरक्षित गरेका छन्।

च्यालेन्ज लिग ‘ए’ बाट जर्सी छनोट भइसकेको छ भने कुवेतको सहभागिता पनि लगभग निश्चित छ। यद्यपि, प्रतियोगिताका केही खेल बाँकी रहेकाले कुवेतको स्थानबारे औपचारिक निर्णय हुन बाँकी छ।

लिग–२ बाट आउने अर्को टोलीको पनि टुङ्गो लाग्न बाँकी छ। ओमान र नामिबियामध्ये एक टोलीले प्लेअफमा स्थान बनाउनेछ। बाँकी टोलीको टुङ्गो लागेसँगै प्रतियोगितामा सहभागी हुने आठै टोली निश्चित हुनेछन्।

यसैबीच, विश्वकप छनोट प्लेअफ नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीच हुने तय भएको क्रिकेट शृङ्खलाको तालिका पनि प्रभावित हुने भएको छ। यसअघि उक्त शृङ्खला डिसेम्बर ९, ११ र १३ मा सञ्चालन गर्ने तय गरिएको थियो। क्यानका अनुसार भारतीय क्रिकेट नियन्त्रण बोर्ड ९बीसीसीआई० सँगको आपसी समन्वय र सहमतिमा शृङ्खलाको नयाँ मिति तय गरिनेछ। संशोधित तालिका पछि सार्वजनिक गरिने क्यानले जनाएको छ।


प्रकाशित मिति: बिहीबार, कात्तिक ५, २०८३  ०९:३२
प्रतिक्रिया दिनुहोस्
थप खेल
एसियन गेम्समा अफगानिस्तान नेपालसँग ५ विकेटले पराजित
एसियन गेम्समा अफगानिस्तान नेपालसँग ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
एसियन गेम्समा महिला कबड्डीतर्फ नेपालले जित्यो कास्य पदक
एसियन गेम्समा महिला कबड्डीतर्फ नेपालले जित्यो कास्य पदक शुक्रबार, असोज ९, २०८३
एसीसी प्रिमियर कपको उपाधी नेपाललाई,  नेपाल एसिया कप २०२७ का लागि पनि छनौट
एसीसी प्रिमियर कपको उपाधी नेपाललाई, नेपाल एसिया कप २०२७ का लागि पनि छनौट शनिबार, भदौ २७, २०८३
ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा
ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा बिहीबार, भदौ २५, २०८३
एसीसी प्रिमियर कप: नेपाल सेमिफाइनलमा,साउदी अरेबिया ५ विकेटले पराजित
एसीसी प्रिमियर कप: नेपाल सेमिफाइनलमा,साउदी अरेबिया ५ विकेटले पराजित आइतबार, भदौ २१, २०८३
भर्खरै
आईसीसी विश्वकप क्रिकेट छनोटको प्लेअफ नेपालमा हुँदै, ८ देश सहभागी हुने
आईसीसी विश्वकप क्रिकेट छनोटको प्लेअफ नेपालमा हुँदै, ८ देश सहभागी हुने
नवरात्रको आठौं दिन, आज महागौरीको पूजा
नवरात्रको आठौं दिन, आज महागौरीको पूजा
बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइँदै
बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइँदै
दसैंमा HONOR नेपालको विशेष पहल, ५०० रिटेलरलाई सरप्राइज
दसैंमा HONOR नेपालको विशेष पहल, ५०० रिटेलरलाई सरप्राइज
कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र समावेशी उपाध्यक्षमा विनोद चौधरी निर्वाचित
कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र समावेशी उपाध्यक्षमा विनोद चौधरी निर्वाचित
लोकप्रीय
  • Week
  • Month
बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइँदै
बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइँदै
नवरात्रको आठौं दिन, आज महागौरीको पूजा
नवरात्रको आठौं दिन, आज महागौरीको पूजा
कोहलपुरको म्याक्स होटेलमा बाँके प्रहरीको छापा, अनलाइन सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ
कोहलपुरको म्याक्स होटेलमा बाँके प्रहरीको छापा, अनलाइन सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ
अनर नेपालको चाडपर्व अफर: स्मार्टफोन किन्दा उपहारसँगै थाइल्यान्ड भ्रमणको मौका
अनर नेपालको चाडपर्व अफर: स्मार्टफोन किन्दा उपहारसँगै थाइल्यान्ड भ्रमणको मौका
प्रहरी भन्छ- पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा थ्रेट भएर ल्याइएको हो
प्रहरी भन्छ- पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा थ्रेट भएर ल्याइएको हो
एसियन गेम्समा महिला कबड्डीतर्फ नेपालले जित्यो कास्य पदक
एसियन गेम्समा महिला कबड्डीतर्फ नेपालले जित्यो कास्य पदक
दाङ कांग्रेस क्षेत्र नं. ३ (क) को प्रदेश प्रतिनिधि पेशागत विज्ञमा गौरव गिरी भारी मतान्तरले विजयी
दाङ कांग्रेस क्षेत्र नं. ३ (क) को प्रदेश प्रतिनिधि पेशागत विज्ञमा गौरव गिरी भारी मतान्तरले विजयी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • खेल
  • देश
  • सुरक्षा/अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
Follow us on Twiitter
Like us on Facebook
नेपाल कागज
© 2026 नेपाल कागज. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्