Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बर्दिया अस्पताल अध्यक्ष श्रेष्ठले भने, 'प्रवुद्धवर्ग र अग्रजहरुको भूमिकामा सन्तोष गर्ने ठाँउ छैन'
बर्दिया अस्पताल अध्यक्ष श्रेष्ठले भने, 'प्रवुद्धवर्ग र अग्रजहरुको भूमिकामा सन्तोष गर्ने ठाँउ छैन'
हरि गुरुङ
हरि गुरुङ आइतबार, माघ ९, २०७८

बर्दिया अस्पताल अध्यक्ष श्रेष्ठले भने, 'बर्दियाली प्रवुद्धवर्ग र अग्रजहरुको भूमिकामा सन्तोष गर्ने ठाँउ छैन'

हरी गुरुङ, सन्दिप योगी, बर्दिया । बर्दिया अस्पताल विकास समितिका अध्यक्ष अंगद श्रेष्ठले जिल्ला अस्पताल बर्दियाको संरक्षण, प्रबर्द्धनमा बर्दियाली जिम्मेवार प्रवुद्धवर्ग र अग्रजहरुको भूमिकामा सन्तोष गर्ने ठाँउ आफुले पाउन नसकेको बताउनुभएको छ । शुक्रबार, माघ ७, २०७८ गते गरिएको पत्रकार सम्मेलन तथा प्रेस विज्ञप्ती मार्फत अध्यक्ष श्रेष्ठले भन्नुभयो, "बर्दिया अस्पतालको स्तोरन्नतीका लागि बर्दियाली जिम्मेवार प्रवुद्धवर्ग र अग्रजहरुको भूमिकामा सन्तोष गर्ने ठाँउ मैले पाउन सकेन । बर्दियाली जनताहरुको विश्वास जित्न सफल भएका छौ तर, जनप्रतिनिधिहरुको ध्यान आकर्षित गर्न हरसम्भव प्रयास गरेतापनि सफलता प्राप्त गर्न नसकेको मा म दुःखी भएको छु । मलाई विश्वास छ म नभए पनि हाम्रो सपना वा हामी बर्दियावासीको आवश्यकतालाई आउने नेतृत्वले अवश्य नै पुरा गर्ने छ ।"

तस्विर: प्रदेश सरकारले वितरण गरेको सेवा पदकबाट विभूषित मे.सु.डा.सुभाष पाण्डे 

३ वर्षिय कार्यकाल रहेतापनी श्रेष्ठ नेत्रित्वको समिती २ वर्ष नहुँदै खारेज भएको छ । श्रेष्ठले बर्दिया अस्पतालमा २ वर्षमा गर्न सकिएको कामको श्रेय मेडिकल सुपेरिटेण्डेण्ट डा.सुभाष पाण्डे र अस्पताल कर्मचारीहरुलाई दिनुभयो । उहाँले भन्नुभयो, "मेसु डा.सुभाष पाण्डेको अथक सहयोगमा आज बर्दिया अस्पताललाई धेरै सेवा सुबिधाहरु हामीले प्राप्त गर्न सक्यौँ । उहाँ जस्तो नेत्रित्वकर्ता डाक्टरलाई बर्दियाबाट जान दिनुहुँदैन ।"   

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्को मिति २०७८÷०९÷२५ गते बसेको बैठकले लुम्विनी प्रदेशमा रहेका सम्पूर्ण अस्पताल विकास समिति खारेज गरेपछि कार्यकाल नसकिँदै विकास समितिका अध्यक्ष अंगद श्रेष्ठले अस्पतालको व्यवस्थापकिय भूमिकाबाट अलग्गिनुपरेको हो । स्वास्थय,जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको च.नं.८२७ मिति २०७८÷१०÷०४ को पत्रानुसार जानकारी प्राप्त भएपछि अध्यक्ष श्रेष्ठ पत्रकार सम्मेलन गर्दै बिदा हुनुभएको हो ।

उक्त पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा गरेको कामहरुको प्रगती विवरणबारे जानकारी दिनुभएको थियो । 

समिती अध्यक्ष अंगद श्रेष्ठका अनुसार अस्पतालका लागि गरिएका कार्यहरु यस्ता छन - 

१- थेरापी सेवाका सामाग्रीहरु, ईन्डोसकोपि मेशिन, सिकलसेल टेष्ट मेशिन, थायोराईड मेशिनको साथसाथै कार्यालयलाई आवश्यक पर्ने थान एक गाडी र थान एक थप एम्वुलेन्स बर्दिया अस्पताललाई प्राप्त भएको । 

२- संघिय सरकारको सहयोगमा अक्सिजन प्लान्ट सन्चालनमा आउनुका साथै प्रत्येक शैय्यामा अक्सिजनको पाईपलाईन पु¥याईएको । 

३- कम्प्युटर प्रणालिमा टिकेटिङ्ग गर्ने, विलिङ्ग गर्ने र ल्यावको रिर्पोट दिने कार्यको पद्धती सुरु भएको ।  

४- अस्पतालको चारैतीर पर्खाल लगाउने कार्य समपन्न भएको, अपरेशन कक्षको माथि तल्ला थप्ने कार्य भएको ।

५- जिल्ला प्रहरी कार्यालयको पश्चिम भागमा तिन तल्लाको डक्टर्स क्वार्टर निर्माण भईरको । 

६-  जिल्ला सम्वन्य समिति, आठैवटा स्थानीय पालिकाहरुको सहयोग र जिल्ला प्रशासन कार्यालय बर्दियाको समन्वयमा एचडीयू÷आईसियु भवन निर्माण । 

७- एम.सि.एच.भवन अगाडी लायन्स क्लवको सहयोगमा गर्भवती महिलाहरु लाई बस्न सुविधा होस भन्ने हेतुले बस्ने कक्षको निर्माण । 

८- बर्दिया अस्पाताल विकास समितिको बजेट र शहरी विकासको सहयोगमा थेरापी, ओसी.एम.सी. र विकास समितिको लागि भवन निर्माण, ईन्डोर जाने बाटोमा ट्रष्ट हाल्ने काम, विरामीहरु लाई विश्राम गर्न प्रतिक्षालयको निर्माण, सुरक्षा निकायलाई कोठा निर्माण, फोहोर व्यवस्थापनको लागि ट्रष्ट निर्माण, पोष्टमार्टमको लागि आउदा कुर्न सजिलो होस भनेर कुर्ने कक्षको निर्माण र चर्पीको व्यवस्था गरिएको । साथै,अस्पतालका मेशनरी सामाग्रीहरु मर्मत सम्भार गर्नका लागि वायोमेडिकल कक्षको निर्माण गरिएको । जन स्वास्थय कार्यालयको उत्तरपट्टिको चौरमा ओ.पि.डी. ब्लक बनाउने कार्य योजना रहेको । 

९- ईन्डोर भवनको माथि तल्ला थप्नको लागि जापानिज संस्था आड्रासंग कुरा भएको । प्रवेश द्वारबाट प्रवेश गर्ने वितिकै देखिने गरी काखमा बसेकोगणेश सहितकोशिवपार्वतीको मन्दिर स्थापना । रु.६० हजार पर्ने शिवपार्वतीको मुर्ति गुलरिया नपा वार्ड नं.६ निवासी श्रवणकुमार गुप्ता र सुना गुप्ता तथा रु.५ हजार पर्ने गजुर गुलरिया नपा वार्ड नं.८ निवासी श्री गोपालजंग शाह, रेलिङ्ग गुलरिया न.पा. तथा अन्य कार्य अस्पताल विकास समितिको लगानीमा सम्पन्न भएको । ईन्डोर नजिकै गुलरिया न.पा.वार्ड नं.७ निवासी गणेशकुमार यादव, क्यान्टिनको अगाडी महिला सन्जालको सहयोगमा फुलवारी बनाउने कार्य समपन्न भएको छ । सुकर्म संस्थाद्वारा क्वार्टर तर्फ जाने बाटोतर्फ अशोकको विरुवा र उत्तर जाने बाटोतर्फ कपुरको विरुवा लगाउने काम सम्पन्न भएको ।

१०- मधुवन न.पा.ले ल्यावमा कर्मचारीको व्यवस्था र वढैयाताल गा.पा.ले थेरापी मेशिन र अन्य संघसंस्थाले कोभिड–१९ संग सम्वन्धित स्वास्थ्य सामाग्राीहरु उपलव्ध गराएको । 

११- निकसाईमन संस्थासंगको पत्राचार र समन्वयमा एक विशेषज्ञ डक्टर , एक डक्टर, एक नर्स र एक एनेस्थेसिया असिष्टेण्टको साथै आवश्यक सामाग्रीमा सहयोग । विशेषज्ञ डक्टरको समयावधि समाप्त भएकोले डक्टरलाई आन्तरिक स्रोतबाट नियुक्त ।

१२- आ.व.२०७६÷०७७ र आ.व.२०७७÷०७८ मा लुम्विनी प्रदेशमा रहेको १३ अस्पताल मध्ये बर्दिया अस्पतालले २ पटक प्रथम स्थान प्राप्त गर्न सफल भएका । यस आ.व.२०७८÷०७९ मा पनि भएको मूल्याकंन प्रकृयामा ८६५ स्कोर गर्न सफल । 

१३- सेवालाई प्रभावकारी ढङ्गले प्रवाह गर्न सफल भएकोले यस अस्पतालका मे.सु.डा.सुभाष पाण्डे र सर्जन डा.वीजय उपाध्याय प्रदेश सरकारले वितरण गरेको सेवा पदकबाट विभूषित हुनु ।       

समय अपुग हुँदा हुन नसकेका तर भविष्यमा गर्नुपर्ने कामका बारे अध्यक्ष श्रेष्ठले गराउनुभएको ध्यानाकर्षण 


१- आउने दिनमा यस अस्पतालमा एउटा राम्रो ओपिडी भवन, डायोलोसिस सेवा, भेन्टिलेर÷आइसीयुसेवा सन्चालनमा ल्याउन जरुरी छ । सेकेण्डरी ए लेवलको अस्पतालमा १० जना विशेषज्ञ डक्टरको दरवन्दी भएतापनि हाल एमडीजिपि २, सर्जन १ र बालरोग विशेषज्ञ १ गरी जम्मा ४ जना विशेषज्ञ डक्टरकोसेवा उपलव्ध छ । वालरोग डक्टरको पदस्थापना गर्न जरुरी छ ।  

२- अन्य विशेषज्ञ डक्टरको अभावमा नजिकैको नेपालगन्ज, भारतको बहराईच वा लखनऊ  धाउनु पर्ने वाध्यता बर्दियाली जनतालाई छ । यी यावत समस्याबाट निदान पाउन हामी बर्दियाबासी, यहाँका जनप्रतिनिधिहरु, प्रवुद्धवर्ग तथा पत्रकारवन्धुहरुको महत्वपुर्ण योगदान र सहयोग हुन अति नै आवश्यक छ तव मात्र हाम्रो अस्पतालले मुहार फेर्न सक्छ ।

३- छिटै नै युरीन कल्चर, व्लड कल्चर मेशिनको सहयोग निक साईमनबाट प्राप्त हुदै त्यसको लागि समन्वयको आवश्यकता ।          


प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १२:३२
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्