Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • छारे रोग : केही वास्तविकता र अन्धविश्वास
छारे रोग : केही वास्तविकता र अन्धविश्वास
नेपालकागज
नेपालकागज शुक्रबार, वैशाख ३, २०७८

नेपालगन्ज ३ वैशाख : छारे रोग वा मिर्गी एक किसिमको स्नायु प्रणालीको डिसअर्डर हो । जसमा मष्तिष्कको न्यूरोन्सहरुमा भइरहेको समान्य गतिविधि अचानक असामन्य भइदिन्छ ।

फलस्वरूप मानिसको शारीर वा शरीरको केहि भागमा अनैच्छिक चाल उत्पन्न हुनुको साथै क्षणिक चेतना(होस) र मांशपेशिको टोन  गुम्छ । त्यसैले यसलाई कहिलेकाँही सिजर डिसअर्डर पनि भन्ने गरिन्छ । यो समस्या विश्वको करीब ५० मिलियन मान्छेहरुमा छ । जसमध्ये ८० प्रतिशत नागरिक विकासोन्मुख देशभित्र पर्छन् ।

छारे रोग वा मिर्गी कुनै खास व्यक्ति, समुदाय, वर्ग, जात, धर्मका व्यक्तिमा मात्र नभई जोसुकैलाई पनि हुनसक्छ । प्रायः  ब्रेन इन्फेक्शन, ब्रेन ट्यूमर,  इलेक्ट्रोलाइट असन्तुलनले गर्दा हुन्छ । बच्चा जन्मिने बेलामा ढिलो हुँदा बच्चाको मष्तिष्कमा सही मात्रामा अक्सिजन नपुगेपछि हाइपोक्सिक–इस्केमिक इन्सेफ्यालोप्याथी हुन्छ र यस्तो बच्चामा पछि गएर छारे रोग हुने सम्भावना बढ्छ । केही वंशाणुगत पनि हुने गर्छ । छारे रोग आफैमा एक रोग नभई मष्तिष्क रोगको लक्षण हो भन्न सकिन्छ ।

लक्षणको आधारमा निम्न प्रकारको हुन्छ : 
– चेतना गुम्ने तर शारीरमा कुनै अनैच्छिक चाल वा मांशपेशिको टोनमा असर नदेखिने 
–  क्षणिक चेतना (होस) मात्रै हराउने 
– शारीरमा अनैच्छिक चाल सँगै मांशपेशिको टोन र चेतना गुम्ने ।
सबै सिजर्स (झट्काका कारण काँप्दै मुर्छा पर्ने समस्या) छारे रोग हुँदैन। बच्चाहरुमा कहिलेकांही अत्यधिक ज्वरोले गर्दा पनि सिजर्स आउँछ जुन छारे रोग होइन । 

यसको लागि खास क्राइटेरिया हुन्छ जसमा लामो समयदेखि बारम्बार सिजर्स आउने, बेहोस हुने जस्ता लक्षणहरु हुन्छ। समान्यतया अनियन्त्रित सिजर्स, चेतना र जागरुकता गुम्नु, सिजर्स पश्चात स्वाद, सुघ्ने, सुन्ने क्षमतामा परिवर्तन आउने इत्यादि लक्षणहरु छारे रोगका बिरामीमा देखिन्छ । छारे रोगका बिरामीहरुमा निन्द्रा पुरा नभएको, अत्यधिक थाकेको, मादक पदार्थ सेवन गरेको, चमकदार प्रकाशमा धेरै बेर बस्दा, डर र चिन्ताको अवस्थामा सिजर्सको मात्रा र दर बढेर आउँछ ।

समाजमा अहिले पनि एउटा धारणा छ की छारे रोगको औषधि उपचार हुँदैन। जबकी लगभग ८० प्रतिशत बिरामीहरु सीमित अवधिसम्म औषधि सेवन गरेपछि पुर्णरुपमा निको भएको पाइन्छ । केही बिरामीलाई अलिक लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ । औषधिले नियन्त्रण हुन नसकेको बिरामीलाई  माईक्रो–इन्वेसिव सर्जरी र अबल्याशन विधिद्वारा पनि निको पार्न सकिन्छ । कतिपय छारे रोग ब्रेन ट्यूमरले गर्दा पनि भईरहेको हुन्छ यस्तो अवस्थामा ट्यूमर झिकेपछि ठिक हुन्छ । आजको आधुनिक युगमा यस्ता थुप्रै प्रविधिको विकास भएको छ जसले गर्दा छारे रोगलाई सजिलै जित्न सकिन्छ । 

जनचेतना र शिक्षाको कमिले आज पनि ग्रामिण क्षेत्रमा छारे रोगको बिरामीलाई झट्का आइरहेको बेला  गन्हाउने जुत्ता, मोजा र चप्पल सुँघाउने चलन छ । जसबाट छारे रोग निको हुने अन्धविश्वास छ । जबकी वास्तविकता के छ भने एपिलेप्टिक फिट्स (झट्का)  एकदम छोटो समयको हुन्छ जून केही क्षणमा (बढ़ी भन्दा बढ़ी २–३ मिनट) आफैं ठिक भएर जान्छ । तर, मानिसहरुलाई जुत्ता सुँघाएपछि ठिक भएको हो भन्ने भ्रम पर्न गएको हुन्छ । केही समुदायमा छारे रोग एक सरुवा रोग हो भन्ने अवधारणा छ जसले गर्दा छारे रोगका बिरामीलाई धेरै ठाउँमा गलत दृष्टिले  हेर्ने समाजिक अवहेलना र छुवाछूतको समस्या खेप्नु पर्छ। केहीले त यो शैतानिक शक्ति वा भगवानले पठाएको शैतानले आक्रमण गरेपछि हुन्छ भनेर  धामी–झांक्रीसम्म पुग्ने गरेका छन् । समुदायमा रहेको यस्तो अन्धविश्वासहरुमा अलिकति पनि सत्यता छैन । त्यसैले भ्रममा नपरौं ।

अर्को जान्नै पर्ने कुरा के हो भने छारे रोगको झट्का जुनसुकै बेला जहाँ पनि आउनसक्छ । बिरामीलाई यसको केही जानकारी हुँदैन । झट्का आइरहेको अवस्थामा बिरामी माथि जोरजबरदस्ती नगरी वरपरको कडा, तिखो वा अन्य कुनै चोटपटक लाग्ने वस्तुहरु छ भने हटाइदिनुपर्छ ।

नजिकै खल्डाखुल्डी वा पानीको मुहान छ भने सक्दो चाँडो त्यँहा बाट टाढा हटाउनु पर्छ। अन्यथा पानीमा लड्न गएको खण्डमा बिरामीको फोक्सो भित्र पानी पस्छ । फलस्वरूप पछि गएर एस्पिरेशन निमोनिया  हुन्छ र बिरामीको मृत्यु हुनसक्छ । झट्का आउन बन्द हुने र चेतना आएपछि बिरामीलाई देब्रे तिर कोल्टे पारेर आराम गर्न दिनुपर्छ । एपिलेप्टिक फिट्स (झट्का) सामान्यतता क्षणिक हुन्छ । यदि यो निरन्तर ५ वा ५ मिनट भन्दा बढी समयसम्म रहिरहे तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा लगेर उपचार थाल्नुपर्छ । यो एक किसिमको मेडिकल इमरज्नसी हो । मेडिकल भाक्षामा यसलाई स्टेटस ऐप्लिलेप्टिकस भन्ने गरिन्छ । -स्वास्थ्यखबरबाट
 


प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका
१८ लाख मूल्यका विभिन्न प्रकारका सर्जिकल सामग्रीसहित तीन युवक पक्राउ, डाँक्टर र मेडिकल व्यवसायीको नेक्ससको आशंका बिहीबार, फागुन १७, २०८०
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ
अस्पतालबाटै २६ दिनको बच्चा चोरी गर्ने महिला सहित श्रीमान् र उनको दिदी पक्राउ शनिबार, फागुन १२, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता शनिबार, कात्तिक २५, २०८०
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल
लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट बर्दिया अस्पताल शुक्रबार, कात्तिक २४, २०८०
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता'
'आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्यको आवश्यकता' शुक्रबार, कात्तिक १७, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्