Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • दसैँलाई ११ असोजभित्रै बसको बुकिङ खुल्ने, हवाई टिकट अभाव नहुने
दसैँलाई ११ असोजभित्रै बसको बुकिङ खुल्ने, हवाई टिकट अभाव नहुने
नेपालकागज
नेपालकागज बिहीबार, असोज ७, २०७८

यातायात व्यवसायी भन्छन्, ‘अग्रिम टिकटभन्दा झरीले सडकमा बनेका खाल्डा पुर्न सरकारले हतार गर्नुपर्‍यो’
यस वर्षको दसैँलाई लक्षित गरेर लामो दूरीको यातायातको अग्रिम टिकट बुकिङ ढिलोमा ११ असोजभित्र खुल्ने भएको छ । त्यसका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्ताकर्मी, यातायात व्यवस्था विभाग, जिल्ला प्रशासनलगायतसँग छलफल भई सहमति भइसकेको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए । 

यातायात व्यवसायीले बुधबारसम्ममा निर्णय दिने बताएका छन् । ‘त्यसलगत्तै बिहीबार (७ असोजमा) यातायात व्यवस्था विभागमा सबै सरोकारवाला बसेर निर्णय गर्ने तयारी छ,’ प्रवक्ता डा. भुसालले भने । घटस्थापनाभन्दा १० दिनअगाडि वा त्योभन्दा बढी हुने गरी अग्रिम टिकट खुलाउने सहमति भइसकेको छ । यस वर्ष २१ असोजमा घटस्थापना परेको छ । यस विषयमा २१ र ३१ भदौमा गरी दुईपटक सरोकारवालासँग छलफल भइसकेको छ ।  

नेपाल राष्ट्रिय यातायात महासंघको बिहीबार बस्ने बैठकमा अग्रिम टिकट खुलाउनेबारे छलफल हुने महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । तर, अहिले अग्रिम टिकट भन्दा पनि निरन्तरको बर्खाले दुर्गम जिल्लामा यातायात पुग्न नसक्ने अवस्थालाई समाधान गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । ‘अग्रिम टिकट खोल्ने भन्दा पनि सडकमा बनेका खाल्डा पुर्न सरकारले हतार गर्नुपर्‍यो,’ उनले भने ।

बाटो धेरै ठाउँमा मर्मत गर्नुपर्नेछ । अविलम्ब खाल्डा पुर्नुपर्नेछ । त्यसपछि मात्र यातायात सञ्चालन गर्न सकिने उनको भनाइ छ । दुर्गम क्षेत्रमा सवारी लैजाने अवस्था नभएको व्यवसायीहरूको भनाइ छ । यस वर्ष चाडपर्वका वेला केही नयाँ सवारीसाधन थपिनेछन्, महासंघले जानकारी दिएको छ । तर, कति थपिने हुन्, अहिले भन्न नसकिने व्यवसायीहरूको भनाइ छ । ‘कोभिडले गर्दा कर्जा तिर्न नसकेपछि बैंकहरूले गाडी लिलामी गरिरहेका छन् । यस्तो अवस्थामा धेरै गाडी थपिने अवस्था भने छैन,’ महासचिव सिटौलाले भने । 

 उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष
यसैगरी, दसैँं–तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सोमबार नै सार्वजनिक गरेको छ । उपत्यकाका नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्क गरी १४ ठाउँमा सहायता कक्ष रहनेछन् ।

सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिविधि र सुरक्षासम्बन्धी सूचित गर्न, स्वास्थ्य प्रोटोकलको पालना गर्न, टिकट तथा भाडा ठगीलगायतका यात्रुहरूको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्थासमेत यात्रु सहायता कक्षले गर्नेछ ।

यात्रुले स्पष्ट देखिने गरी टिकट काउन्टरमा अनिवार्य भाडा दररेट टाँस गर्न लगाउने, टिकट काट्ने व्यक्तिहरू तथा यातायातसँग सरोकार राख्ने व्यक्तिहरूको सहजै पहिचानका लागि परिचयपत्रको व्यवस्था मिलाउन समन्वय, सहकार्य गरिने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए । दैनिक रूपमा ४३ ट्राफिक प्रहरी कार्यालयले दिनमा चारपटकसम्म तालिकाबमोजिमको चेकिङ गर्दै आएको छ भने नाकाहरूमा २४सै घन्टा चेकजाँच हुने गरेको छ । 


प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १०:०३
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्