Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बन्द गरिएको तालपोखरामा डुङ्गा सुचारु 
स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बन्द गरिएको तालपोखरामा डुङ्गा सुचारु 
नेपालकागज
नेपालकागज बुधबार, असोज ६, २०७८

तालपोखरामा डुङ्गामा रमाउँदै पर्यटक 

रामपुर (पाल्पा) । पर्यटकीय गन्तव्यस्थल रहेका तालपोखरामा डुङ्गा सुचारु भएपछि चहलपहल बाक्लिदैछ । पहिलो चरणको कोरोनाको कहर सुरु भएदेखि नै स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बन्द गरिएको थियो । रामपुर नगरपालिका ६ स्थित यस पर्यटकीय तालपोखरामा डुङ्गा सयर गर्दै तस्बिर खिचाउने, टिकटक बनाउने र ताल वरपर घुम्ने आन्तरिक पर्यटक बढ्दैछन् ।

नेपाल महिला संघ रामपुर नगर उपसभापति सावित्रा गैर्हेले भन्नुभयो, “कोभिड –१९ ले अन्यत्र घुम्न जान नपाएका अवस्थामा डुङ्गामा रमाउँदा धेरै रमाईलो भयो, पर्यटक आउने फर्कने क्रम चलिरहेको छ, यहाँको वातावरणले पर्यटकलाई लोभ्याइरहेको छ ।”

स्थानीयवासी पार्वती न्यौपाने डुङ्गा सयर गरेर मन्दिर परिक्रमा गर्दा फेवातालको जस्तै अनुभूति गर्नुहुन्छ । कोरोनाले डुङ्गा बन्द भएका बखत पनि तालको रमणीय वातावरणसंग बेला बेलामा आउने गरेको उहाँले जानकारी दिनुभयो ।

डुङ्गा बन्द गरिएपनि विभिन्न स्थानबाट आन्तरिक पर्यटक तालपोखराको बाहिरी परिसर घुमेर मात्रै भएपनि फर्कने गर्थे । कोरोनाको जोखिम कम हुदै गएपछि पर्यटकलाई लक्षित गरी संबिधान दिवसको अवसर पारी तालपोखरामा डुङ्गा सञ्चालनमा ल्याइएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताउनुभयो ।

“ताल वरपर, उद्यान परिषरमा आन्तरिक पर्यटहरु भरिन थाले, टाढा टाढाबाट पनि डुङ्गा चढ्नकै निम्ति आएका पर्यटकहरु यहाँ आउँदा डुङ्गा चढ्न नपाएर निराश भएर फर्कनुहुन्थ्यो, अहिले कोरोनाको कहर कम हुदै गएको छ, चाडपर्व पनि सुरु हुन थालेपछि स्वास्थ्य मापदण्ड पालना गरी डुङ्गा चालु गरियो” उहाँले भन्नुभयो । 

समितिका सदस्य जनक भण्डारीका अनुसार डुङ्गा सयर गर्न प्रतिव्यक्ति रु ५० शुल्क कायम गरिएको छ । हाल यहाँ तीन डुङ्गा प्रयोगका निम्ति व्यवस्थापन गरिएको छ । टिकटक बनाउन र फोटो, भिडियो खिच्नका निम्ति अहिले धेरै आउने गरेको जनाइएको छ ।  उहाँ भन्नुभयो, “बन्द भएको लामो समय पश्चात् डुङ्गा सुरु गरिएको हुँदा हाल तालमा दैनिक ५०÷६० ले डुङ्गा सयर गर्नुहुन्छ, कतिपय पर्यटकहरु भने बाहिरबाटै अवलोकन गरेर फर्कनुहुन्छ, डुङ्गाका कारण पर्यटक आउने जानेक्रम बढ्दै गएको छ” । 

पोखराको फेवातालको अनुभूति दिलाउने गरी पर्यटकीय पूर्वाधारका कार्यहरु भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले ईट्टा थपिदिएको छ । यसअघि डुङ्गा सुचारु हुदाका समय ताल अवलोकनका निम्ति यहाँ देशका पूर्व देखि पश्चिमका आन्तरिक पर्यटक भित्रिएको समितिले जनाएको छ । पर्यटकको उपस्थिति बढ्दै गएपछि विसं २०७४ माघ २४ गते देखि तालपोखरामा डुङ्गा सञ्चालन सुरु गरियो । नियमित दुई वटा डुङ्गा सञ्चालन हुदै आएकोमा कोरोनाको कहर सुरु भएपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डुङ्गा सञ्चालन बन्द गरिएको थियो ।

तालपोखरामा थप पूर्वाधार विकास गरी बाह्य पर्यटकलाई समेत यहाँ अवलोकनका लागि भित्र्याउने योजना बनाएको समितिका सचिव सुनिल देवकोटाले जानकारीदिनुभयो । तालपोखरा उद्यान नजिकै बाल उद्यान निर्माण, पश्चिमपट्टीको भागमा कफी हाउस र मिनि उद्यान स्थापना गर्ने, पूर्वपट्टीको भागमा रहेको पिपलको चौतारीलाई पर्यटकीय आकर्षणको रुपमा विकास गर्ने, सोही ठाउँ नजिकै बाल उद्यान निर्माण गरी नमुना पर्यटकीय गन्तव्यस्थल बनाइने समितिका पूर्व अध्यक्ष देवराज देवकोटाले जानकारीदिनुभयो ।

एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सुचिकृत पर्यटकीय तालपोखरामा विभिन्न स्तरोन्नतीका कार्यहरु सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ ।

गत आर्थिक वर्षमा पर्यटन विभागबाट तालपोखराको स्तरोन्नतीका लागि विनियोजित रु ५० लाखमध्ये रु ४७ लाख २३ हजार ५८ रकम प्राप्त भएको थियो । सो रकमबाट तालको पानीलाई दीगो व्यवस्थापन गर्न करिव चार महिना पानी सुकाएर तालपोखरा परिषरमा ८० मिटर लम्बाई र ३.७० मिटर उचाई ढुंगाको पर्खाल तथा तीन सय मिटर लम्बाई, तीन मिटर उचाई रडको जाली सहित भित्ता ढलानको काम भएको छ ।       
      
साथै तालका बीचमा रहेको जलेश्वर महादेवको मन्दिर परिसरमा सेल्फी जोन निर्माण, तालको सतह सम्याउने लगायतका विभिन्न कार्य भएका छन् । श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ गरी विसं २०६६ बाट यहाँ पर्यटन प्रबद्र्धन सुरुआत गरी गरिएको थियो ।  हालसम्म विभिन्न क्षेत्रका सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा रु तीन करोड ५० लाख भन्दा बढी रकम खर्च भइसकेको छ भने यस आर्थिक वर्षमा रामपुर नगरपालिकाले डुङ्गा लगायतका विभिन्न जलमार्ग सामग्री खरिद गर्न रु दश लाख रकम विनियोजन गरेको छ ।

पाल्पा सदरमुकाम तानसेन देखि करिव ६५ किलोमिटर पूर्व रामपुरमा अवस्थित तालपोखरा करिव ४५ रोपनी क्षेत्रफलमा पानी सहितको ताल रहेको छ । तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ । तालको वरिपरी घेराबार, प्रवेशद्वार, पर्यटकका निम्ति तस्बिर खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ ।  

तालपोखराको नाममा पोखरी सहित पार्क समेत रहेको छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोज समेत हुने गरेको छ । ताल र पार्क सहित करिव ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा रहेको छ । सामान्य वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालका रुपमा परिणत गरिएको हो ।  
 


प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्