Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • चालक अनुमतिपत्र नहुँदा समस्या, कार्ड अभावका कारण आवेदन नखुलाइने
चालक अनुमतिपत्र नहुँदा समस्या, कार्ड अभावका कारण आवेदन नखुलाइने
नेपालकागज
नेपालकागज बुधबार, भदौ ३०, २०७८

काठमाडौँ : गतवर्ष जेठदेखि मोटरसाइकल चलाउन थाल्नुभएका डाँछीका दिनेश न्यौपानेसँग अझै चालक अनुमतिपत्र छैन । नयाँ बानेश्वरस्थित एउटा स्वास्थ्य क्लिनिकमा कार्यरत उहाँ डेढवर्ष पहिलेसम्म सार्वजनिक बसमा ओहोरदोहोर गर्नुहुन्थ्यो । 

विसं २०७६ चैतमा सरकारले जारी गरेको बन्दाबन्दीले सार्वजनिक यातायात बन्द भयो । त्यसपछि भने उहाँले पहिले आफन्तको मागेर र पछि आफैँ किनेर मोटरसाइकल चलाइरहनुभएको छ । मोटरसाइकल चलाएको महिनौँसम्म पनि नयाँ चालक अनुमतिपत्रका लागि आवेदन नखुल्दा न्यौपानेले भर्न पाउनुभएन । गत पुसमा आवेदन खुलेपनि प्राविधिक समस्याले गर्दा पुस र माघ महिनामा पटकपटक प्रयास गरेपनि भर्न नसकेको उहाँले बताउनुभयो ।

 उहाँले फागुन महिनामा आवेदन भर्नुभएको थियो । असार महिनाको अन्तिम सातामा पालो आउने भनेपछि उहाँले लिखित र प्रयोगात्मक परीक्षाका लागि तयारी गर्नुभयो । दोस्रो लहरसहित कोभिड फैलन थालेपछि गत वैशाखमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी ग¥यो र उहाँको परीक्षाको मिति धकेलियो । 

साउन महिनामा बन्दाबन्दी हटेसँगै पुनः परीक्षा हुने आशा पलाएको भए पनि चावहिलस्थिथत यातायात कार्यालयको जवाफले निरास बनाएको न्यौपानेले बताउनुभयो । यो डेढ वर्षमा उहाँले एक पटक ट्राफिक प्रहरीको जाँचमा परेर रु एक हजार जरिवाना तिर्नुभएको थियो । आफूसँग अनुमतिपत्र हुँदा ढुक्कले चलाउन पाइने भए पनि अहिले डराएर हिँड्नुपरेको उहाँको दुखेसो छ । उहाँ सकेसम्म ट्राफिक प्रहरीको जाँच नहुने भित्रि सडकमा हिँड्ने गर्नुभएको छ ।

 उहाँले भन्नुभयो, “आफूसँग अनुमतिपत्र नहुँदा गाहे भएको छ ।”एकातिर कोभिड र अर्कातिर कार्डको आपूर्ति नहुँदा लामो समयसम्म नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन भएको छैन । एकातिर सेवाग्राहीले चाहेर पनि अनुमतिपत्र बनाउन पाएका छैनन् भने त्यही अनुमतिपत्र नभएको भन्दै ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ । पटकपटक कोभिडका कारण भन्दै प्रशासनले सार्वजनिक यातायात बन्द गर्दा काठमाडौँ उपत्यकामा निजी सवारीसाधन चढ्ने बढ्दैछन् ।

 सार्वजनिक सवारीसाधनमा स्वास्थ्यमापदण्डको पालना नगराउँदा निजी सवारी साधन चढ्नु बाध्यता भएको उपत्यकावासी बताउँछन् । सवारी साधन किनेर चढ्नु कतिका लागि रहर त कतिका लागि बाध्यता छ ।  

सेवाग्राहीले चाहेर पनि चालक अनुमतिपको परीक्षामा सहभागी हुन पाएका छैनन् भने सडकमा पनि जाँच कम मात्रै भएको देख्न सकिन्छ । केही वर्ष पहिलेसम्म ट्राफिक प्रहरीले मुख्य मात्रै होइन सहायक सडकमा जाँच गर्ने गरेकोमा डेढवर्ष पहिले कोभिड देखिएपनि जाँच खासै भएको पाइँदैन । 

ट्राफिक प्रहरीले भने कोभिडका कारणले जाँच कम गर्न प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएकाले त्यसैका आधारमा कम गरिएको जनाएको छ । देशरभमा सङ्क्रमण बढीरहँदा जाँच कम भएको ट्रफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले बताउनुभयो । अहिले पुनः जाँच बढाउने गरी योजना बनाइएको छ । उहाँले भन्नुभयो, “कोभिड सङ्क्रमण बढीरहँदा हामी मास्कको प्रयोगबारे चेतना फैलाउनेलगायतका अरु जिम्मेवारी पूरा गर्न लागेका थियौँ अब पुनः जाँच बढाइनेछ ।”

अहिले महाशाखाले दैनिक ६० देखि ८० जनासम्मलाई अनुमतिपत्र नभइ सवारीसाधन चलाएको भनी कारवाही गरिरहेको छ । ट्राफिक प्रहरीले सबैलाई रोकेर जाँच नगरेपनि चालकले सवारीसाधन चलाएको हेरेर टाढाबाट पनि उसँग कागजात छछैन थाहा हुने उहाँको भनाइ छ । उहाँले भनुभयो, “चोकचोकमा खटिएका ट्राफिक प्रहरीले शङ्का लाग्दा जाँच गरिरहेका छन् ।”

चालक अनुमतिपत्र नभइ चलाउनेको सङ्ख्या बढिरहे पनि उपत्यकामा सवारी दुर्घटना नबढेको तथ्याङ्कले देखाएको छ । कोभिडका कारण अझै पनि सडकमा आवतजावत कम हुँदा सवारी चाप कम भएकाले दुर्घटना कम भएको प्रहरी उपरीक्षक दासको भनाइ छ । 

सरकारले छ वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र सुरु गरेदेखि नै यसमा समस्या देखिएको छ । एकान्तकुनास्थित कार्यालयबाट सेवा सुरु गरिएकामा यसलाई अरु कार्यालयमा बिस्तार गरेपनि समस्या बढ्न थालेको थियो । त्यसबेला अनुमतिपत्र छाप्ने उपकरणको क्षमताभन्दा बढी सङ्ख्यामा छाप्नु पर्दा सेवाग्राहीले परीक्षा पास गरेको वा नबीकरण गरेको लामो समयसम्म पाएका थिएनन् । 

उपकरणको क्षमताका कारण भएको ढिलाइ हटाउन सरकारले दुई वर्ष पहिले नै ठूलो सङ्ख्यामा अनुमतिपत्र छाप्ने उपकरण (मास प्रिन्टर) खरिद गरेको थियो । भारतीय कम्पनीसँग एकै पटकमा उपकरण र १० लाख कार्ड खरिद गरेपछि केही समय सजिलो हुँदै थियो । त्यो कार्ड सकिएपछि पुनः समस्या भएको छ । 

कार्ड अभावकै कारणले तत्काल नयाँ अनुमतिपत्रका लागि आवेदन नखुलाइने विभागले जनाएको छ । एकाथरी सेवाग्राहीले फारम भर्न पाएका छैनन् भने अर्काथरीले फारम भरेर पनि परीक्षामा सहभागी हुन पाएका छैनन् । परीक्षा पास गरेर वा नवीरकण गरेर अनुमतिपत्र नपाउनेको सङ्ख्या झण्डै सात लाख पुगिसकेको छ । अहिले तत्काल नआउने देखिएकाले त्यति बेलासम्म नयाँ आवेदन नखुलाइने विभागका प्रवक्ता. डा लोकनाथ भुषालले बताउनुभयो । उहाँका अनुसार दशैँ पहिलेसम्म नयाँँका लागि आवेदन खुलाउन नसकिने देखिएको छ । उहाँले भन्नुभयो, “नयाँ आउने कार्ड मास प्रिन्टरमा छापिएमा पुनः खुलाउन सकिनेछ ।”


प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १३:३९
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्