Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • राष्ट्रिय बाल दिवस : विद्यालय बन्द हुँदा बालबालिकालाई चिन्ता
राष्ट्रिय बाल दिवस : विद्यालय बन्द हुँदा बालबालिकालाई चिन्ता “छैन मेरो घरमा बिजुली र इन्टरनेट कहिले पढ्न पाइन्छ खै शिक्षकसँग भएर भेट ।”
नेपालकागज
नेपालकागज मंगलबार, भदौ २९, २०७८

चितवन । “छैन मेरो घरमा बिजुली र इन्टरनेट
कहिले पढ्न पाइन्छ खै शिक्षकसँग भएर भेट ।”

कोरोना कहरका कारण लामो समय देखि विद्यालय बन्द हुँदा बालबालिकाको भविश्य अन्योलमा परेको भन्दै बालबालिकाले नै चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा भरतपुर महानगरपालिका र नेपाल शिक्षक महासङ्घ चितवनले आज यहाँ आयोजना गरेको ‘कोभिडको महामारिमा बालबालिकाको अवस्था’ विषयक वक्तित्वकला प्रतियोगितामा सहभागी बालबालिकाले यसरी चिन्ता व्यक्त गरेका हुन् । विद्यालय बन्द हुँदा आफूहरुको भविष्य अन्धकार बन्न पुगेको उनीहरुको गुनासो थियो ।  

कोभिड–१९ का कारण विगतका वर्षदेखि विद्यालय बन्द हुँदा बालबालिकाको बालापन त्याग र तपस्यामा बित्ने गरेको उनीहरुले गुनासो गरे । सरकारले स्माट लकडाउनमार्फत भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने भन्दै गर्दा बालबालिकामा उत्साहासँगै त्रास छाएको छ । एसओएस हर्मन माइनर स्कुल भरतपुरकी छात्रा श्रेया सुवेदीले कोभिडका कारण मारमा परेका आफ्ना पीडा सुनाउनुभयो :

“भर्खर जन्मिएका बच्चा जाँदै छन् रे धर्ती छोडी गगन्
मृत्युदर आजभन्दा भोलि बढ्दैछ रे झन झन
आत्तिन्छ झन पालो आज हो कि भोलि भन्दै यो मन
डर लाग्छ हजुर के थाहा बालापनमा नै सकिन्छ की जीवन ।।”

यस्ता मार्मिक भनाइ उनीहरुले बक्तित्वकलाको शुभारम्भमा पोखेका थिए । महामारीको चपेटामा परेका बालबालिका अहिले अध्ययनभन्दा बढी सामाजिक सञ्जालको दुरुपयोगमा लागेको सुवेदीले गुनासो गर्नुभयो । अहिले बालबालिकाको अध्ययनमा भन्दा इन्टरनेटको सहायताले पब्जी र फ्रि फायरमा व्यस्त बन्न थालेको भन्दै उहाँले बालबालिकाको भविष्यप्रति सरकार चिन्तित बन्न आग्रह गर्नुभयो । सरकारले बालबालिकाको अधिकारको रक्षा गर्दै कोभिडविरुद्धको खोप समयमा नै उपलब्ध गराउनुपर्ने उहाँले माग गर्नुभयो । भौतिकरुपमा पढाइ सञ्चालन गर्नका लागि बालबालिकालाई खोप अत्यावश्यक रहेको सुवेदीको भनाइ थियो ।

जानकी माध्यमिक विद्यालयकी सुविना खनालले विद्यालय बन्द मात्रै नभएर घरबाट बाहिर निस्कनसमेत बन्द हुने अवस्था आएको बताउनुभयो । कोरोना कहरका कारण स्वास्थ्यभन्दा ठूलो केही होइन भन्ने अनुभव भए पनि बालबालिका मानसिक रोगी बन्ने चिन्ता बढ्न थालेको उहाँले बताउनुभयो । वक्तित्वकलाका क्रममा भन्नुभयो, “ज्ञान, सीप र क्षमताको विकास गर्ने समयमा चार दिवारभित्र थुनिनु परेको छ ।” कष्टकर समयमा बालबालिकाको मनोबल उच्च बनाई राख्न अभिभावकलाई उहाँले आग्रह गर्नुभयो ।

अन्नपूर्ण मावि पार्वतीपुरका छात्र प्रितम बस्ताकोटीले अहिले आफ्नै साथीसँग भेट्न पनि कठिन स्थिति आएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पहिला चार जना साथी एउटै बेन्चमा बस्थ्यौँ । खाजा बाँढेर खान्थ्यौँ । अहिले साथीलाई छुन पनि डर लाग्छ ।” विद्युत् पुगेका, इन्टरनेटको पहुँचमा भएका आर्थिक अवस्था मजबुत भएका अभिभावकले त भर्चुअल माध्यमबाट पढाएका छन् । बस्ताकोटीले गुनासो गर्नुभयो, “दूरदराजमा रहेका भुन्टे र च्यान्टेले यो सुविधा कहिले पाउलान ?” यस्ता हृदय छुने चौध जनाको पीडा सुनिसके पछि भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बालबालिकाको अधिकारको रक्षाका लागि महानगरले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

कोरोनाका कारण विद्यालय जान नपाएका बालबालिकालाई भर्चुअल माध्यमबाट पठनपाठन गराइएको भन्दै उहाँले अब केही दिनबाट नै भौतिकरुपमा उपस्थित भई कक्षा सुरु गरिने बताउनुभयो । सबैको भावना सुन्दै गर्दा आफूलाई पीडाको बोध भएको भन्दै रोगकै कारण धेरै नोक्सानी बेहोर्नुपरेको बताउनुभयो । अबका दिन सुखद् रहने अपेक्षासहित अध्ययनमा लाग्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

अन्य कार्यक्रम भए पनि सबैलाई छोडेर सबैको भावना बुझ्न आफू दिनभरसँगै बसेको दाहालको भनाइ थियो । महानगर उपप्रमुख पार्वती शाह ठकुरीले महानगरभित्रका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईँहरु सबैको पीडा बुझेका छौँ । बुझेर पनि तत्काल समाधान गर्न नसकिएको हो ।” सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर महानगर शिक्षा महाशाखाका प्रमुख महेन्द्रप्रसाद पौडेलले अब क्रमशः विद्यालय खुल्ने र भौतिकरुपमा पढ्न पाउने बताउनुभयो ।  

प्रतियोगितामा अन्नपूर्ण माध्यमिक विद्यालयका छात्र प्रितम बस्ताकोटी प्रथम, एसओएस हर्मन माइनर स्कुलकी छात्रा श्रेया सुवेदी द्वितीय, अर्किट सेकेन्डरी स्कुलकी छात्रा स्वेता जमरकट्टेल तृतीय, र प्याराडाइज बोडिङ स्कुलका उत्सव दाहालले सान्तोना स्थान हासिल गर्नुभएको छ । विजयी विद्यार्थीले क्रमशः रु पाँच हजार, रु तीन हजार, रु दुई हजार र रु एक हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।


प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १७:२५
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल बुधबार, फागुन २, २०८०
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल सोमबार, माघ १५, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ आइतबार, मंसिर २४, २०८०
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने शुक्रबार, मंसिर २२, २०८०
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा... शनिबार, असोज ६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्