Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • अफगानिस्तान घटनाले सुरक्षा चुनौती बढाएको भन्दै सुरक्षा निकायहरू सचेत हुनुपर्नेमा जोड
अफगानिस्तान घटनाले सुरक्षा चुनौती बढाएको भन्दै सुरक्षा निकायहरू सचेत हुनुपर्नेमा जोड
नेपालकागज
नेपालकागज शुक्रबार, भदौ २५, २०७८

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूले अफगानिस्तानमा विकसित घटनाक्रमले क्षेत्रीय सुरक्षा चुनौती बढाएको र त्यसको असर नेपालमा पनि पर्नसक्ने औँल्याउँदै प्रतिकूल परिस्थिति उत्पन्न नहोस् भन्नेतर्फ सुरक्षा निकायहरू अधिक सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

अमेरिकी सेनाको फिर्तीसँगै अफगानिस्तानमा तालिवान शासनको पुनः उदय भएपछि दक्षिण एशियामा सुरक्षा चुनौती थपिएको यथार्थ प्रस्तुत गर्दै उनीहरूले भारतसँगको खुला सिमानाका कारण नेपाल अझ जोखिममा रहेकाले थप सुरक्षा सतर्कता अपनाउन अपरिहार्य भएको उनीहरूले बताए । कूटनीतिक चातुर्य र बौद्धिक परिपक्वताका साथ नेपाल अघि बढ्नुपर्ने उनीहरूको अभिमत थियो । 

‘अफगानिस्तानबाट अमेरिकी सैन्य फिर्ती : त्यसको नेपालमा प्रभाव र  क्षेत्रीय शान्ति’ विषयमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार, उनीहरूको सुरक्षा अहिलेको पहिलो प्राथमिकताको विषय भएको बताउनुभयो । 

अफगानिस्तानको अहिलेको स्थितिले नेपालमा समस्या नहोस् भन्नेतर्फ बेलैमा सचेत भएर तदनुरुप रणनीति तर्जुमा गरी अघि बढ्नुको विकल्प नभएको बताउँदै उहाँले त्यसनिम्ति गृह, परराष्ट्र र सुरक्षा परिषद्बीच समन्वय हुनुपर्ने र खुला सिमानाको निरन्तर अनुगमन आवश्यक छ भन्नुभयो । 

पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले अफगान मुद्दालाई लिएर दक्षिण एशियाली देशहरूले अनौपचारिक छलफलका माध्यमबाट समान अवधारणा बनाउन जरुरी भएको विचार व्यक्त गर्दै दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मार्फत त्यसलाई अझ सशक्त र सङ्गठित गर्न सकिने बताउनुभयो । 

पूर्वराजदूत शम्भुराम सिम्खडाले सार्कको सदस्य राष्ट्र अफगानिस्तानको शान्ति, स्थायित्व र समृद्धिका लागि सार्कका अन्य सदस्य देशले सघाउनुपर्नेमा जोड दिँदै त्यहाँको प्रभाव नेपालमा पर्न नदिनेतर्फ सम्बद्ध सबै पक्ष सचेत रहनुपर्ने बताउनुभयो । “नेपालले बाह्य उपस्थिति र मध्यस्थता बिना नै दशवर्षे द्वन्द्व आफैँ समाधान गरेको अनुभव अफगानिस्तानका लागि उपयोगी हुनसक्छ,” उहाँले भन्नुभयो । 


प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्