Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • मनपरी कानून निर्माणको होडबाजी रोक्न नयाँ कानून ल्याइँदै
मनपरी कानून निर्माणको होडबाजी रोक्न नयाँ कानून ल्याइँदै
नेपालकागज
नेपालकागज मंगलबार, भदौ २२, २०७८

काठमाडौँ । प्रत्यायोजित अधिकारका नाममा मनपरी ढङ्गबाट  कानून निर्माणको होडबाजी चलेपछि यसलाई व्यवस्थित तुल्याउन संसदीय समितिले नयाँ ऐन ल्याउने तयारी गरेको छ ।

राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले प्रत्यायोजित अधिकारको दुरुपयोग गरी अन्धधुन्दरुपमा कानून बनाइएकाले यसलाई रोक्न नयाँ कानुनको आवश्यकता औँल्याएको हो । 

समितिका सभापति रामनारायण विडारीले देशमा कति ऐन, निर्देशिक, मापदण्ड, नियमावली, कार्यविधि, मार्गदर्शन, दीग्दर्शन छ भन्ने कुरा कहीँकतै लेखाजोखा नै नरहेको प्रतिक्रिया  दिनुभयो । उहाँका अनुसार मुलुकमा कतिवटा कानून छ भनी यकिन गर्न सक्ने अवस्था छैन । 
 
सभापति विडारीले भन्नुभयो,“प्रत्यायोजित कानूून मनपरी बनेपछि कानूूनको ठूलो जङ्गल नै भएकोछ, भष्ट्राचारी र कुुशासन गर्नेलाई सजिलो भएको छ, यो भद्रगोललाई नियन्त्रण गर्न एउटा ठिकढङ्गको नयाँ कानून आवश्यकता परेको छ ।”
 
कानून बनाउने अधिकार र जिम्मा सदनलाई भए पनि मनपरी ढङ्गबाट कानून बनाउन थालिएपछि ८० प्रतिशत कानून संसद्बाहिर बन्न पुगेको समितिको ठम्याइ छ । संसद् २० प्रतिशत मात्र सीमित भएपछि सरकारका मन्त्री र सचिवलगायतका पदाधिकारीको इच्छा र मनमौजीमा अनुुचितकार्य गर्न दूषित नियतले कतिपय कानून बनाएर लागू गरिएको पाइएको सभापति विडारीले जानकारी दिनुभयो ।

लोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरेका विश्वका कतिपय मुलुक बेलायत, क्यानाडा, अष्टे«लिया र अमेरिकामा प्रत्यायोजित विधायन निर्माणको राम्रो प्रचलन र अभ्यास छ । सदनद्वारा प्रत्यायोजित अधिकार प्रयोग गरी कानून बनाउदा प्रदान गरेको अधिकार भन्दा दायाँबायाँ वा तलमाथि जान नमिल्ने विज्ञको मतछ । ऐनमै प्रयायोजित गरेको अधिकार कति छ भनी किटान हुनुपर्छ । 
 
नेपालमा प्रत्यायोजित विधायन निर्माण सम्बन्धमा निकै जटिलता रहेको जनाउँदै सभापति विडारी भन्नुभयो, “संविधान  मातहत ऐन तथा ऐन अन्तर्गत बन्नुपर्छ, प्रत्यायोजित विधान मनपरी बनाए । यो भद्रगोल अवस्थालाई अन्त्य गर्न नयाँ बनाइने ऐनमा कसरी लागूू हुुन्छ भन्ने स्पष्ट हुनेछ ।”
  
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार गरी दिएको प्रत्यायोजित विधायनसम्बन्धी ऐन २०७८ को मस्यौदामाथि समितिले विज्ञसँग छलफल गरी राय सुझाव लिइरहेको छ । बैठकमा पूर्व सचिव राजुमानसिंह मल्लले भन्नुभयो “ऐनमा नभएको कुरा नियमावली, नियमावलीमा नभएको कुुरा निर्देशिका बनाएर काम गरेको पाइएकाले त्यसरी प्रत्यायोजित नै नगरेको विषयमा कुुन आधारमा कानून बनाइएको हो भन्ने अहिलेको गम्भीर प्रश्न हो, यो प्रवृत्तिलाई हटाउनुपर्छ । ”  
 
नियमावली होस् वा निर्देशिका अनिवार्यरुपमा सर्वसाधारण र सरोकारवालाको जानकारीका लागि प्रकाशन गर्नुपर्नेमा आफू अनुकूल बनाएर टेबलको घर्ररामा राख्ने काम भएको समितिको बुझाइ छ ।  त्यति मात्र होइन, मन्त्री होस् वा सचिवलाई काम गर्न मन लागे एउटा, मन नलागे अर्काे निर्देशिका देखाउने गरिएको आरोपछ । नयाँ ऐन जारी भएसँगैँ नियमावली होस् वा निर्देशिका तर्जुमा गर्दा  सिद्धान्तका आधारमा बनाउन, जारी भएको कानून संसद्लाई १५ दिनभित्र उपलब्ध गराउने तथा समितिले अभिलेख राख्नेछ ।

संसद्बाहेक प्रत्यायोजित अधिकार प्रयोग गरी सरकार, मन्त्रालय, आयोग, सर्वाेच्च अदालत, सङ्गठित संस्थाले नियमावली, निर्देशिका, दिग्दर्शन बनाउने प्रचलन छ । पूर्व कानून सचिव मल्ल भन्नुभयो ,“प्रत्यायोजित अधिकारको आधारमा कानून बनाउदा अधिकारको ठिक प्रयोग भएको छ वा छैन भनी शक्ति सन्तुलन र नियन्त्रणका सिद्धान्तका आधारमा संसद्बाट परीक्षण हुन आवश्यक छ, मूल ऐनले दिएको अधिकारका आधारमा मात्र कानून बनाउनुपर्छ ।”

प्रत्यायोजित अधिकार प्रयोग गरी सरकार वा अरु निकायले बनाएका नियमावली वा निर्देशिका सदन समक्ष प्रस्तुत नभइ लागू गरिएमा जुनसुकै बेला रद्द हुन सक्नेछ ।
 


प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १५:३३
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्