Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • रेडक्रस स्थापना दिवस : नेपालमा रेडक्रसको जन्म भएको ५८ वर्ष पूरा, ‘जहाँ दुःख त्यहाँ रेडक्रस’
रेडक्रस स्थापना दिवस : नेपालमा रेडक्रसको जन्म भएको ५८ वर्ष पूरा, ‘जहाँ दुःख त्यहाँ रेडक्रस’
नेपालकागज
नेपालकागज शनिबार, भदौ १९, २०७८

काठमाडौँ । नेपालमा रेडक्रसको जन्म भएको ५८ वर्ष पूरा भएको छ ।  परोपकारी संस्थाका रुपमा ‘नेपाल रेडक्रस सोसाइटी’को स्थापना विसं २०२० भदौ १९ मा भएको थियो ।

मानवीय सेवामा तल्लीन रेडक्रसले हाल सात प्रदेश, ७७ जिल्ला शाखा, एक हजार ६०० उपशाखा र छ हजारभन्दा बढी जुनियर÷युवा सर्कलमार्पmत स्वयंसेवक परिचालन गरिराखेको छ । स्वयंसेवकको यही निरन्तर सेवा प्रवाहलाई सम्मान गर्दै अन्तर्राष्ट्रियस्तरमा रेडक्रस अभियानले यस वर्षको नारा ‘निरन्तरता’ तय गरेको छ ।

ती स्वयंसेवकमार्फत रेडक्रसले समुदायमा विपद् प्रतिकार्य (राहत, उद्धार, पुनर्लाभ), रक्तसञ्चार, एम्बुलेन्स, प्राथमिक उपचार तथा आँखा उपचार, खानेपानी सेवालाई निरन्तर जारी राखेको छ । साथै कोरोना महामारी नियन्त्रण, जोखिम सञ्चार, मानवीय मूल्य प्रवद्र्धन, लैङ्गिक तथा समावेशी व्यवस्थापन, पारिवारिक सम्पर्क, पुनःस्थापनालगायत चेतनामूलक विविध गतिविधि सञ्चालन गरिराखेको छ । सोसाइटीका महामन्त्री पिताम्बर अर्यालका अनुसार ती कार्यक्रमबाट वार्षिक रु ३० लाख सङ्कटापन्न समुदायलाई सेवा  पुगेको छ ।  

अग्रज स्वयंसेवकले प्रभावकारी सेवा प्रदान गरेकै कारण  सरकारले रेडक्रसको भौतिक पूर्वाधारका लागि धेरै जिल्लामा जग्गा उपलब्ध गराएको थियो भने जनसमुदायबाट पनि स्वयंसेवी भावनाको कदर गर्दै आर्थिक तथा मानवीय सहयोगसमेत संस्थाले प्राप्त गर्दै आइरहेको छ ।

विसं २०५० को दशकमा आइपुग्दा रेडक्रसको सङ्गठन समुदायस्तरमा पु¥याउनु पर्दछ भन्ने धारणालाई मनन गरी उपशाखाको संरचना कार्यान्वयन गरिएको थियो । उहाँले भन्नुभयो, “रेडक्रसको विकासक्रमलाई हेर्दा नियमले बाँधेरभन्दा पनि रेडक्रसका सिद्धान्त र आदर्शले सेवाभाव जागृत गरेर स्वयंसेवी संस्थाको पहिचान बनाउन सक्षम भएको छ ।”

गोर्खा भूकम्पपछि रेडक्रसले सरकारसँग तत्काल सहकार्य गरी खोज, उद्धार, राहत र पुनर्लाभका क्षेत्रमा महत्वपूर्ण सेवा पु¥याएको थियो । पुनःनिर्माणका क्रममा प्रभावित जिल्लामा उसले नेपालको मानवीय सेवामा निरन्तर सहयोग गरिराखेका साझेदार रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)सँगको सहकार्यमा ‘भूकम्प प्रतिकार्य कार्यक्रम’ सञ्चालन गरेको थियो ।

 सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालका अनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा आवास निर्माण, खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन, स्वास्थ्य  संस्था मर्मत तथा पुनःनिर्माण, जीविकोपार्जन, संस्थागत क्षमता अभिवृद्धिलगायतका  क्षेत्रमा सञ्चालित सो परियोजनाले  कोशेढुङ्गाको काम गरेको थियो । उहाँले भन्नुभयो, “भूकम्प प्रतिकार्य कार्यक्रमको सफलताको पाठ विपद् प्रभावित अन्य देशमा पनि कार्यान्वयनमा ल्याइएको छ । हामी विपद् प्रतिकार्य गर्न सक्षम छौँ । नेपाल रेडक्रस मानवीय सेवामा अहोरात्र तल्लीन छ । ”

महामारी नियन्त्रणमा उच्च प्राथमिकता 

रेडक्रसले कोभिड–१९ को सुरुआती दिनदेखि यसबारेमा सचेतना तथा रोकथाममा उच्च प्राथमिकता दिई समुदायमा काम गरिरहेको छ । उसले आफ्ना अधिकांश कार्यक्रमलाई महामारी नियन्त्रणमा नै लगाएको छ । माक्स, स्यानिटाइजर, पिपिई, शव व्यवस्थापनका लागि शव व्यवस्थापन झोला, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई तालिम तथा कोभिड उपचारका लागि अस्पतालमा आवश्यक पर्ने सामग्री  सरकारलाई सहयोग गर्दै आएको छ ।

साथै कोरोनाबाट जोगिने उपायका बारेमा जनचेतना, क्वारेन्टिन तथा होल्डिङ सेन्टरमा मनोसामाजिक परामर्श, अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग तथा आवश्यक ब्ल्याङ्केट, तारपोलियनसमेत उपलब्ध गराएको थियो ।

महामन्त्री अर्यालले भन्नुभयो, “कोभिड–१९ बाट प्रभावितलाई सेवा प्रवाह गर्ने क्रममा अहिले पनि सबै जिल्लाका स्वयंसेवकले आफ्नो स्वास्थ्यलाई जोखिममा राखी निरन्तररूपमा मानवीय सेवा पु¥याइरहेका छन् । नयाँ नयाँ भेरियन्टसहितको कोरोनाको सम्भावित जोखिमलाई कम गर्न प्रयास जारी राखेका छौँ । यसका लागि आवश्यक भेन्टिलेटर र अक्सिजनको जोहो गर्नमा  ध्यान दिएका छौँ ।  ”

रेडक्रसले आफ्ना ‘ग’ वर्गका एम्बुलेन्सलाई स्तरोन्नति गर्दै ‘ख’ वर्गमा ल्याउने काम जारी रहेको जनाएको छ । हाल संस्थाका २४२  एम्बुलेन्स छन् । कोरोना नियन्त्रणका लागि जोखिम सञ्चार र समुदायको संलग्नता, वडातहमा युवा परिचालन, स्वास्थ्य र सरसफाइ, खानेपानी र शौचालयलाई व्यवस्थित गर्न सहयोग जारी राखेको उसले जनाएको छ । कोरोना सङ्क्रमितका उपचारमा आवश्यक हुने अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, अक्सिजन उत्पादन प्लान्ट, पल्स अक्सिमिटर, थर्मल गन पिपिईलगायतका सामग्री स्वास्थ्य मन्त्रालयको समन्वयमा वितरण जारी राखेको छ ।

आइएफआरसीमार्फत ३०० अक्सिजन कन्सन्टे«टर तथा विभिन्न रेडक्रसमार्फत ५०० थान १० लिटर क्षमताका र १०० थान ४० लिटरभन्दा माथिका क्षमताका अक्सिजन सिलिण्डर सोसाइटीले प्राप्त गरेको थियो । सोसाइटीले दश मिलियन मास्क र अक्सिजन प्लान्टलगायतका अन्य स्वास्थ्य उपकरण अस्पताल तथा स्थानीय तहमा वितरण गरिसकेको छ ।

महामन्त्री अर्यालले कोभिड–१९ विरुद्धको खोप उत्पादक देश अमेरिका, चीन र बेलायतले मानवीय सहयोगअन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई निःशुल्क खोप प्रदान गर्न सुरुआत गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चिनियाँ रेडक्रसले एक लाख मात्रा खोप प्रदान गर्न सहमति प्रदान गरेको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमले नेपाल रेडक्रसका कर्मचारी तथा स्वयंसेवकलाई खोप प्रदान गरेको छ । आगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने  सरकारको लक्ष्यलाई पूरा गर्न हामीले सहयोग गरिराखेका  छौँ ।”

यसैबीच नेपाल रेडक्रसको सेवामूलक गतिविधिका निरन्तरतामा यस अभियानका साझेदार र अभियानभन्दा बाहिरका सरकारी निकाय, संयुक्त राष्ट्र सङ्घीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था र सञ्चारजगत्ले आर्थिक तथा प्राविधिक क्षेत्रमा पु¥याएको योगदान प्रशंसनीय रहेको जनाइएको छ ।

स्थापना दिवसका अवसरमा रेडक्रसद्वार आज यहाँ जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल रेडक्रस सोसाइटीलाई मानव सेवाको क्षेत्रमा पारदर्शी र विश्वसनीय संस्थाको रूपमा सदैव स्थापित गरिरहनुपर्दछ । ‘जहाँ दुःख त्यहाँ रेडक्रस’ भन्ने जनमानसको भरोसालाई डगमगाउन नदिई समाजप्रतिको जिम्मेवारी पूरा गर्नु नै नेपाल रेडक्रसको मूलमन्त्र हो ।”

असोज १३ र १४ गते विशेष महाधिवेशन 

विसं २०७७ साउन १२ गते सोसाइटीको पुरानो समिति भङ्ग गर्दै नयाँ तदर्थ समिति गठन भएको थियोे । यसको समयावधि आगामी कात्तिक ३ गते सकिँदैछ । यसपछि साङ्गठनिक सुदृढीकरणका लागि सङ्गठन तथा व्यवस्थापन अध्ययन, विधानमा समयसापेक्ष अनुकूलन र संस्था नवीकरणबाट नेपाल रेडक्रसको वैधानिक अवस्था सुदृढ गर्नमा तदर्थ समिति प्रयासरत रहेको विज्ञप्तिमा जनाइएको छ  ।

विज्ञप्तिमा भनिएको छ, “ आगामी असोज १३ र १४ गते विशेष महाधिवेशन गरी विधान परिमार्जन गर्ने र कात्तिक १ र २ गते निर्वाचनसहितको महाधिवेशन गरी  समितिको जिम्मेवारी पूरा गर्ने योजना छ ।” साथै समुदायस्तरसम्म सञ्जाल स्थापित भई सेवा पु¥याउन सफल र अन्तर्राष्ट्रिय अभियानसँग जोडिएको नेपाल रेडक्रसको प्रभावकारी सञ्चालनका लागि छुट्टै ऐनको आवश्यकता महसुस भएको छ ।

तसर्थः ऐन निर्माण गरी वैधानिकतालाई सवल बनाउन सरकार तथा सबै शुभेच्छुकको सहयोगको अपेक्षासमेत गरिएको विज्ञप्तिमा उल्लेख छ । 


प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्