Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  •  कोरोना जोखिमले बाँकेको खेल गतिविधि ठप्प
 कोरोना जोखिमले बाँकेको खेल गतिविधि ठप्प
नेपालकागज
नेपालकागज बिहीबार, भदौ १७, २०७८

नेपालगञ्ज । बाँकेमा विभिन्न खेल विधाका झण्डै पाँच हजार खेलाडी लामो समयदेखि खेलकुद गतिविधिमा सहभागी हुन पाएका छैनन् । कोरोना महामारीका कारण खेलाडी खेल गतिविधिमा सहभागी हुन नपाएपछि जिल्लाको खेलकुद गतिविधि अहिले शून्यप्रायः भएको छ । जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले भन्नुभयो, “कोरोना महामारीपछि लकडाउनले थला परेको बाँकेको खेलकुद क्षेत्र अब विस्तारै उठ्ने प्रयत्नमा लाग्नेछ ।”

गत वैशाखको पहिलो सातादेखि खेल अभ्यास र प्रतियोगिता खेल्न नपाएपछि यहाँका खेलाडी चिन्तित बनेका छन् । खेलाडीले दैनिक चार घण्टा खेल अभ्यास गर्नैपर्छ । खेल अभ्यास गर्न नपाएमा खेलाडीबाट राम्रो नतिजाको अपेक्षा गर्न नसकिने एथलेटिक्सका प्रशिक्षक हृदयकृष्ण मास्केको भनाइ छ ।

जिल्लामा पछिल्लो समय खेल पूर्वाधारको स्तरीय विकाससमेत भएको छ । तर कोरोना महामारीका कारण ती पूर्वाधारको सदुपयोग हुनसकेको छैन । जिल्लाको सदरमुकाम नेपालगञ्जमा अत्याधुनिक रङ्गशाला, पौडी पोखरी, कभर्डहल, सुटिङ रेन्ज, खजुरामा भलिबल स्टेडियम, कोहलपुरमा क्रिकेट मैदान खेलकुदका ठूला पूर्वाधारका रूपमा रहेका छन् । जिल्लामा प्रशस्त खेल पूर्वाधार हुँदासमेत कोरोना महामारीका कारण जिल्ला, प्रदेश र राष्ट्रियस्तरका कुनै खेल गतिविधि र प्रतियोगिता सञ्चालन हुनसकेको छैन ।

खेलकुद विकास समिति लुम्बिनी प्रदेशका सदस्यसचिव भीम ओलीका अनुसार लामो समयदेखि खेलकुद गतिविधि नहुँदा खेलाडी पलायन हुने अवस्थामा पुगेका छन् । उहाँ भन्नुभयो, “लामो समय व्यायाम, खेल अभ्यास र प्रतियोगिता खेल्न नपाएका खेलाडीलाई फेरि शून्यबाट सुरु गर्नुपर्छ, हामी अहिले यसैको तयारीमा लागेका छौँ ।”

जिल्लालाई खेलको उर्वरभूमि मानिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा बाँकेका अधिकांश खेलाडीले प्रतिनिधित्व गरेका छन् । तीन ओलम्पियन पनि जिल्लाले जन्माएको छ । केही वर्षयता थप माथि उक्लिन लागेको बाँकेको खेलकुद गतिविधिलाई पहिलो र दोस्रो चरणको कोरोनाले भने पछि धकेलेको छ ।

जिल्लामा अहिले लकडाउन खुकुलो बनाइएको छ । बजार, यातायात, कार्यालय सुञ्चालन भएका छन् । मानिसको दैनिकी लगभग सामान्यजस्तै बनेको छ । तथापि खेलकुद क्षेत्र भने अभैm सक्रिय हुनसकेको छैन । जिल्लामा कोरोनाको जोखिम कायमै रहेकाले खेल गतिविधि शून्यकै अवस्थामा छ । स्थानीय प्रशासनले कोरोनाको जोखिम कायमै रहेकाले खेलकुद क्षेत्रलाई खुकुलो नबनाएको बताएको छ ।

अर्कोतर्फ नेपालगञ्ज रङ्गशालाको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद् आफैँले गर्ने भएको छ । राजधानीभन्दा बाहिरका खेलकुदका भौतिक पूर्वाधार प्रदेश वा स्थानीय सरकारलाई दिनुपर्ने माग बढिरहेको बेला राखेपले नियमावली परिमार्जनको मस्यौदा बनाएर देशका प्रमुख सहरका ठूला भौतिक पूर्वाधार आफू मातहतमा राख्ने निष्कर्षमा पुगेको हो ।

नेपालगञ्जमा भएको पत्रकार सम्मेलनमा राखेप सदस्य गोविन्द भट्टराईले नियमावलीको मस्यौदामा नेपालगञ्ज, धनगढी, महेन्द्रनगरलगायत देशका प्रमुख सहरमा रहेका संरचना आफैँै मातहत राख्न प्रस्तावित गरिएको बताउनुभयो । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज रङ्गशालालगायतका खेलकूदका पूर्वाधार व्यवस्थापनको जिम्मेवारी दिन माग गर्दै आएको थियो । यद्यपि मस्यौदाबारे अझै खेल क्षेत्रका सरोकारवालाबीच छलफल भइनसकेको उहाँले बताउनुभयो ।


प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १४:१०
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्