Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • न्याय मिल्यो, उपचार मिलेनः काकाससुराले मिर्गौला दान गर्न पाउने
न्याय मिल्यो, उपचार मिलेनः काकाससुराले मिर्गौला दान गर्न पाउने
नेपालकागज
नेपालकागज बिहीबार, भदौ १७, २०७८

झापा । सर्वोच्च अदालतले काकाससुराले मिर्गौला दान गर्न पाउने परमादेश जारी गरेको छ । 

यसअघि मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नेपालको कानुनमा काकाससुराले मिर्गौला दान दिन पाउने व्यवस्था थिएन । झापाको भद्रपुर नगरपालिका–१० की गीता भण्डारीको दुबै मिर्गौला फेल भएपछि प्रत्यारोपणको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कानुनमा व्यवस्था नभएको भन्दै तीन साताअघि प्रत्यारोपण रोकेको थियो ।

काकाससुरा नेत्रप्रसाद भण्डारीले बुहारीलाई मिर्गौला दान दिने मञ्जुरीसहित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपणको प्रक्रिया अघि बढाइएको थियो । काकाससुराको मेडिकल जाँचको अन्तिम रिपोर्टमासमेत प्रत्यारोपण गर्न मिल्ने भनिएको थियो । तर कानुनी अड्चन देखाउँदै केन्द्रले प्रत्यारोपण गर्न मानेन् ।

केन्द्रले कानुनी अड्चन देखाएपछि गीता भण्डारीले सर्वोच्च अदालतमा काकाससुराले मिर्गौला दिन पाउने व्यवस्था गराइपाउँ भनी रिट दर्ता गर्नुभएको थियो । रिट दर्ता भएको एक महिना पुग्नै लाग्दा आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुँडालको इजलासले काकाससुराबाट मिर्गौला दान गर्न पाउने परमादेश जारी गरेको हो ।

भण्डारीको पक्षबाट बहस गर्नुभएका अधिवक्ता टीकाराम भट्टराईले काकाससुरा नेत्रप्रसाद भण्डारीले बुहारी गीता भण्डारीलाई मिर्गौला दान दिन मिल्दैन भन्ने भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्णय बदर भएको बताउनुभयो ।

सर्वोच्च अदालतको सो सम्बन्धी फैसलामा जीवन रक्षा मौलिक हकको विषय भएको हुँदा बुहारीको जीवनरक्षाका लागि काकाससुराले मिर्गौला दान दिन मिल्ने प्रष्ट उल्लेख गरिएको अधिवक्ता भट्टराईले बताउनुभयो । यो फैसला नजिर बन्ने भएकाले अबदेखि नेपालमा काकाससुराले पनि मिर्गौला दान गर्न मिल्ने भएको छ ।

“अब ससुरासरहका काकाससुरा नेत्रप्रसाद भण्डारीले मिर्गौला अङग दान गर्न चाहेमा चिकित्सकीय रीत पु¥याई मिर्गौला प्रत्यारोपण गर्नु गराउनु भनी परमादेशको आदेश जारी हुने ठहर्छ”–अदालतको आदेशमा उल्लेख छ ।

अदालतले काकाससुराले मिर्गौला दान गर्न पाउने न्यायिक फैसला गरे तापनि सुनुवाइको बिलम्बले गर्दा पीडित पक्षले उपचार भने पाउन सकेन । अदालतको आदेश पर्खिंदा बिरामीको अवस्था झन् नाजुक हुँदै जाने र कानुनी अड्चनले तनाव बढ्दै गएको कारण मिर्गौला प्रत्यारोपणका लागि भण्डारी परिवार भारतको दिल्लीस्थित फोर्टिज अस्पताल पुगेको छ ।

भारतमा काकाससुराले मिर्गौला दान दिन पाउने कानुनी व्यवस्था भएका कारण दिल्ली जानु परेको जनाउँदै भण्डारीका पति देवीचरण भण्डारीले बताउनुभयो । “सर्वोच्च अदालतको फैसलाले न्याय पाएको अनुुभूति मिलेको छ”, उहाँले भन्नुभयो, “फैसला पर्खिंदा उपचारमा बिलम्ब हुने भएको हुँदा हामी गीताजीलाई लिएर दिल्लीमा छौं । गीताजीले स्वदेशमै प्रत्यारोपणको उपचार भने पाउनसक्नु भएन ।”

दिल्लीमा प्रत्यारोपण अघिको प्रक्रिया अन्तिम चरणमा पुगेको र केही दिनभित्रै प्रत्यारोपण हुने उहाँले जानकारी दिनुभयो । आफ्नो परिवार कानुनी अड्चनका कारण उपचार पाउनबाट वञ्चित हुनु परे तापनि अब उप्रान्त नेपालीले प्रत्यारोपणमा आफूहरुले जस्तो समस्या भोग्नु नपर्ने कुराले खुशी तुल्याएको उहाँको भनाइ छ । 
 


प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १३:२३
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्