Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • महामारीमा पनि नागरिकलाई सूचना दिने दायित्वबाट पत्रकार पछि हटेनन् : पत्रकार महासङ्घ अध्यक्ष पोखरेल
महामारीमा पनि नागरिकलाई सूचना दिने दायित्वबाट पत्रकार पछि हटेनन् : पत्रकार महासङ्घ अध्यक्ष पोखरेल आमसञ्चार माध्यमका लागि राहत कार्यक्रम ल्याउन माग
नेपालकागज
नेपालकागज मंगलबार, भदौ १५, २०७८

काठमाडौँ । रु २० अर्ब लगानी रहेको आमसञ्चार माध्यम कोरोना महामारीका कारण समस्यामा रहेकाले राहतका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्युटले आयोजना गरेको ‘नेपाली पत्रकारिता तथा सञ्चार उद्योगमा कोभिड–१९ ले पारेको असर’ विषयक अन्तक्र्रियामा स्थलगतरुपमा समाचार सङ्कलन हुन नसकेको, सञ्चारमाध्यममा आउने विज्ञापन घट्दा पत्रकारले रोजगारी गुमाउने क्रम बढेकाले सरकारले यस क्षेत्रमा होस्टेमा हैँसे गर्नुपर्ने माग गरिएको छ । 

मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सङ्घीय सरकार आमसञ्चार माध्यमलाई आइपरेका समस्याका बारेमा सहजीकरण गर्न तयार रहेको बताउनुभयो । “सञ्चारमाध्यमको संस्थागत विकास हुनुपर्छ, सञ्चार क्षेत्रबाट यसका लागि पहल भएमा सरकार होस्टेमा हैँसे गर्न तयार छ, पत्रकारलाई पुनर्ताजगी गर्न विषयगत तालिमको पनि आवश्यकता छ”, उहाँले भन्नुभयो । 

पत्रकारलाई सहज होस् भनेर रु ३०० मा परिचयपत्र नवीकरण गर्न हजारौँ खर्च गरेर राजधानी धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै अनलाइनबाट गर्न सकिने गरी व्यवस्था मिलाइएको सचिव अर्यालको भनाइ छ । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले कोरोनाकालमा ठूलो लगानीका सञ्चारमाध्यमले जनशक्ति घटाउँदा मिडिया व्यवस्थापन कमजोर रहेछ भन्ने देखिएको बताउनुभयो । “महामारीमा पनि नागरिकलाई सूचना दिने दायित्वबाट पत्रकार पछि हटेनन्, यसले गर्दा महामारीमा सूचनाको अभाव भएन, महामारीमा सूचनाको पनि अभाव भएको भए जोखिम झन बढ्ने थियो”, उहाँले भन्नुभयो । 

महामारीका बाबजुद कति सञ्चारमाध्यमले पत्रिका निकालेर पिडीएफ बनाएर वेबसाइट र अनलाइनमा राखेर पनि सूचना दिएकामा महासङ्घले सराहना गरेको छ । कोरोनाबाट २३ जना पत्रकारले ज्यान गुमाएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । 


वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले कोरोना महामारी नहुँदा पनि स्थलगतरुपमा बाहिर गएर अनुसन्धानात्मक समाचार लेखनमा कमी आउँदा विश्वसनीयतामा प्रश्न उठ्न थालेको बताउनुभयो । सञ्चार उद्यममा बढी व्यवसाय अरुले गरे पनि सञ्चारमाध्यमबाट बढी कर तिर्नेमा गोरखापत्र नै रहेको तथ्य उहाँले सुनाउनुभयो । 

संवैधानिक कानुनका जानकार काशीराज दाहालले संसद्मा दर्ता भएका सञ्चारसम्बन्धी विधेयकमा केही सुधार आवश्यक रहेको बताउनुभयो । सञ्चार कानुनमा संवैधानिक व्यवस्थालाई स्थापित गर्ने गरी सुधार गर्न आवश्यक सूची मन्त्रालयलाई उपलब्ध गराउने उहाँको प्रतिबद्धता थियो ।

कार्यक्रममा इन्ष्टिच्युटका कार्यवाहक अध्यक्ष मन्टेश्वरी राजभण्डारी, महासचिव लक्ष्मण उप्रेती, प्रेस काउन्सिल नेपालका पूर्वकार्यबाहक अध्यक्ष गोपाल बुढाथोकी, प्रशासकीय अधिकृत झविन्द्र भुसाल, गण्डकी प्रदेशका वरिष्ठ पत्रकार पुण्य पौडेल, प्रदेश नं १ प्रादेशिक सञ्चार प्रतिष्ठानका रजिष्ट्रार यज्ञ शर्मा, प्रदेश नं २ का श्यामसुन्दर यादव, नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष लीलावल्लभ घिमिरे, प्रदेश नं २ का अध्यक्ष राजेश कर्ण, सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावललगायतले कोरोनाकै कारण एफएम एवं प्रादेशिक स्तरबाट सञ्चालनमा रहेका टेलिभिजनमा समाचार कटौती गरी गीतमात्र प्रस्तुत गरिएकालगायत समस्याका विषयमा जानकारी गराउनुभएको थियो । यस्ता अन्तक्र्रिया कार्यक्रमलाई निरन्तरता दिइने इन्ष्टिच्युटले जनाएको छ ।
 


प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १७:४०
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्