Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • एएसबीसीमा नेपाललाई पहिलोपटक पदक दिलाएका खेलाडीहरु भन्छन्, “अबको लक्ष्य युथ वल्र्ड च्याम्पियनशिप’
एएसबीसीमा नेपाललाई पहिलोपटक पदक दिलाएका खेलाडीहरु भन्छन्, “अबको लक्ष्य युथ वल्र्ड च्याम्पियनशिप’
नेपालकागज
नेपालकागज मंगलबार, भदौ १५, २०७८

काठमाडौँ । युनाइटेड अरब इमिरेटस् (यूएई) मा सम्पन्न एएसबीसी एशियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनशिपमा नेपाललाई पहिलोपटक पदक दिलाएका खेलाडीहरुले अबको लक्ष्य ‘युथ वल्र्ड च्याम्पियनशिप’ भएको बताउनुभएको छ । 

प्रतियोगितामा सहभागी भई यूएईबाट आज फर्किनुभएका खेलाडीहरुले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आयोजित स्वागत कार्यक्रममा पदक जित्नका लागि स्रोतसाधन र वातावरण आवश्यक भएको बताउनुभयो ।

पुरुष ५४ किलोमा कास्य पदक प्राप्त गर्नुभएका छिरिङवाङ्दी शेर्पाले दुई महिनाको अभ्यासका कारण सफलता प्राप्त भएको सुनाउनुभयो । “सङ्घ, परिवार र प्रशिक्षकको सहयोगले नै पदक प्राप्त गर्न सम्भव भएको हो,” उहाँले भन्नुभयो, “अबको लक्ष्य युथ वल्र्ड च्याम्पियनशिपमा पदक जित्ने हो ।” 

यस्तै महिला ५२ किलोमा कास्य प्राप्त गर्नुभएकी स्वस्तिका तिरुवाले आवश्यक वातावरण पाएमा नेपालका बक्सिङ खेलाडीले पनि पदक जित्न सक्ने यूएईमा सम्पन्न जुनियर च्याम्पियनशिपबाट प्रमाणित भएको बताउनुभयो । “अभ्यास र प्रतियोगितामा सहभागिता हुन पाउनु खेलाडीका लागि मुख्य कुरा हो,” उहाँले भन्नुभयो, “दुवै कुरा उपलब्ध भए पदक जित्न सकिन्छ भन्ने लागेको छ ।” 

यसैगरी प्रतियोगितामा महिला ५७ किलोतर्फ कास्य पदक प्राप्त गर्न सफल नरिका राईले यूएई च्याम्पियनशिपबाट थप ऊर्जा मिलेको बताउनुभयो । 

“खेलाडीका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता आवश्यक छ, विश्वका अन्य खेलाडीको खेलबाट धेरै सिक्न पाइन्छ,” उहाँले भन्नुभयो । घरेलु प्रतियोगिताबाट मात्र खेलाडीको वृद्धि विकास सम्भव नभएको उहाँको भनाइ थियो । 

खेलाडीसँगै यूएईबाट फर्किनुभएका ओलम्पियन एवं प्रशिक्षक डम्वरदत्त भट्टले जुनियर बक्सिङ च्याम्पियनशिपबाट नेपालले ऐतिहासिक पदक प्राप्त गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । “स्वदेशको प्रतियोगितामा मात्र सीमित रहनु हुँदैन,” उहाँले भन्नुभयो, “बढीभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताले खेलाडीसँगै प्रशिक्षकलाई पदक प्राप्त गर्न मद्दत पुग्छ ।” पछिल्लो समय बक्सिङ सङ्घको सक्रियताले खेलको स्तर वृद्धिका साथै उपलब्धि हासिल हुँदै गएको उहाँले सुनाउनुभयो । उहाँले बक्सिङमा थप सफलता हासिल गर्नका लागि विद्यालयस्तरीय प्रतियोगिता गराउनुपर्नेमा जोड दिनुभयो । 

नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले अन्तर्राष्ट्रिय जुनियर बक्सिङ च्याम्पियनशिपमा पहिलोपटक पदक प्राप्त गरेपछि देशभर राम्रो सन्देश गएको बताउनुभयो । “अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत पदक जित्न सकिने रहेछ भन्ने सन्देश सबैतिर फैलिएको छ, यसले हामीलाई खेलाडी उत्पादनमा थप हौसला मिलेको छ,” उहाँले भन्नुभयो । यूएई च्याम्पियनशिपबाट सङ्घको साख बढेको अध्यक्ष अवालेले सुनाउनुभयो । “अब हामी जुनसुकै प्रतियोगितामा पनि पदकबाट टाढा छैनौँ,” उहाँले भन्नुभयो । 

एशियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनशिपमा नेपालबाट ६ खेलाडीसहित १२ सदस्यीय टोली सहभागिता जनाउन यही भदौ २ गते यूएई प्रस्थान गरेको थियो । सहभागी खेलाडीमध्ये शेर्पाले पुरुष ५४ किलो, तिरुवाले महिला ५२ किलो तथा राईले ५७ किलोमा प्रतिस्पर्धा गर्दै कास्य पदक प्राप्त गर्नुभएको थियो । शेर्पा सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित हुनुभएको थियो । सो स्पर्धामा नियाजले नै स्वर्ण पदक जित्नुभयो । 

यस्तै तिरुवा र राई सेमिफाइनलमा भारतीय खेलाडीसित पराजित हुनुभएको थियो । 

त्यसअघि उहाँले कुवेतका मोहम्मद अलिनेजीलाई ५–० अङ्कले पराजित गर्नुभएको थियो । प्रतियोगितामा नेपालबाट पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गर्नुभएको थियो ।

गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट यूएईमा भाग लिने खेलाडीको छनोट गरिएको थियो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक भट्ट, दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज तथा व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहनुभएको थियो । 

विमानस्थलमा उक्त टोलीलाई बक्सिङ सङ्घका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सदस्य अवाले, सङ्घका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, बक्सिङ सङ्घका सदस्य एवं अन्तर्राष्ट्रिय संयोजक श्याम अवाले, बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर, सङ्घका केन्द्रीय सदस्य पुष्करराज पन्त तथा खेलाडीका अविभावकहरुले खादा ओढाई स्वागत गर्नुभएको थियो । 
 


प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १५:०४
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्