Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • पाटन दरबार सङ्ग्रहालय परिसर पूरै भरिभराउ : कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो (फोटो फिचर)
पाटन दरबार सङ्ग्रहालय परिसर पूरै भरिभराउ : कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो (फोटो फिचर)
नेपालकागज
नेपालकागज सोमबार, भदौ १४, २०७८

काठमाडौँ । काठमाडौँ उपत्यकाकै पुरानो शहर पाटनको मङ्गलबजारस्थित कृष्ण मन्दिर बाहिर भक्तजनको घुइँचो लागेको छ ।

हरेक वर्ष भाद्र कृष्णअष्टमीका दिन यहाँ मेला लाग्ने भएकाले कोरोना महामारीको प्रवाह नगरी आज पूजा तथा दर्शनका लागि भक्तजनको भीड लागेको हो  । 

कृष्णको पूजा तथा दर्शनका लागि मन्दिर बाहिर  एक कलशमा पूजा गर्ने व्यवस्था मिलाइएको पुजारी प्रतापधर राजोपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्दिरका १२ पुजारीले लगभग दिउँसो ११ बजेसम्म नित्य पूजा सकेर दिउँसो लगभग तीन घण्टा विष्णु रुद्धि गर्ने भएका छौँ ।” नियमानुसार मन्दिरमा गए राति बाह् बजेपछि कृष्णको पूजा गर्नुपथ्र्यो तर कोरोनाको महामारीलाई ध्यानमा राखी बिहान ५ बजे सम्पन्न गरेर सर्वसाधारणलाई पनि मौका दिइएको पुजारी राजोपाध्यायको भनाइ थियो ।

भरे बेलुका मध्यान्न १२ बजे कृष्णको जन्म भएपछि एक पटक आरती गर्ने अनि महाप्रसादका रुपमा अदुवा, चाकु, नून र ज्वानो खाने  चलन छ । यो जात्रा छोटकरीमा गर्ने सहमति भएकैले ६० स्वयंसेवक खडा गरी एकै लाइनमा महिला र पुरुषलाई दर्शनका लागि बाहिरै व्यवस्था मिलाइएको मङ्गल टोलसुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले बताउनुभयो । 

पहिले झै गत वर्ष र यस वर्ष पनि मन्दिरमा ठूलो भीडभाडका साथ दर्शनार्थीको उपस्थिति नभए पनि पाटन दरबार सङ्ग्रहालय परिसर भने पूरै भरिभराउ छ ।

मन्दिर आएका प्राय सबै भक्तजनको हातमा कृष्णले शिरमा सधैँ सजाउने मयुरको प्वाँख अनि प्रिय बाजा बाँसुरी पनि देख्न पाइन्छ । 

मन्दिर परिसरमा भजनका साथै कीर्तन अनि दीप प्रज्वलन गर्ने मानिस पनि उतिकै देखिन्छन् । दर्शनार्थीलाई टीका लगाइदिने पुरोहित पनि ठाउँठाउँमा बसेका छन् ।

महामारी सुरु हुनुअघि लगनखेलदेखि मङ्गलबाजरसम्म दर्शन गर्न आउने मानिसको घुइँचो हुने गथ्र्यो तर त्यत्तिको घुईचो यो वर्ष भने छैन । 

आजका दिन साना बालबालिकलाई पहेँलो कपडा र शिरमा प्वाँख लगाई हातमा बाँसुरी दिने चलन रहेकाले केही परिवारले आफ्ना बालक सजाएर मन्दिर ल्याएको पनि देखिन्छ ।

कृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गको स्मरणस्वरुप भगवानको प्रेम उत्सव अर्थात झुला झुलाउने व्यवस्था भने यसवर्ष मन्दिर परिसरमा देखिएन ।

मन्दिर व्यवस्थापनका लागि विभिन्न संस्थाका प्रतिनिधिका साथै नेपाल प्रहरी र स्थानीय बासिन्दा लागि पनि सक्रिय देखिन्छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोत्रारात्रि’ भन्ने गरिन्छ । 

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको पौराणिक कथन छ । 

मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा सूचिमा राख्नाका साथै विश्व हस्तकला परिषद्ले ३५औँ कला नगरी समेत घोेषणा गरिसकेको छ । कृष्ण मन्दिर पाटनको सबैभन्दा महत्वपूर्ण क्षेत्र दरबार स्क्वायर परिसरमा छ ।

कोरोना महामारी अघि हरोक दिन  थुप्रै  स्वदेशी तथा विदेशी पर्यटक घुम्न  अध्ययन गर्न र आराम गर्न आउने गर्थे । 

मन्दिरसहित पाटन दरबार क्षेत्रमा चारनारायण, दरबार सङ्ग्रहालय, अशोक स्तम्भ तथा हिरण्यवर्ण महाविहारसमेत छन् । कृष्ण मन्दिर पाटनका राजा सिद्धिनरसिंह मल्लको पालामा निर्माण भएको हो । नेपालमा शिखर शैलीमा ढुङ्गै ढुङ्गाबाट निर्मित २१ गजुर भएको मन्दिरका रुपमा यो मन्दिर परिचित छ । 

कृष्णको पूजा अनि आरधना गर्नाले पाप नष्ट भएर मोक्ष प्राप्त हुने विश्वासका साथ हिन्दूलगायत शैव अनि बौद्ध धर्मावल्म्बी पाटन आउने गरेका सङ्घका महासचिव वीरेन्द्रलाल श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यस दिन हरेक वर्ष राष्ट्रप्रमुख दर्शनका लागि आउने गरिएकामा यस वर्ष भने बढ्दो महामारीलाई ध्यानमा राखी नआउने कुरो भएकोे छ ।” 


प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १७:०९
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्