Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
विकास निर्माण
  • Home
  • विकास निर्माण
  • बाँकेमा निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो पक्की सडक, कालोपत्र गरेको दुई महिनामै सडक भत्कियो  
बाँकेमा निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो पक्की सडक, कालोपत्र गरेको दुई महिनामै सडक भत्कियो  
नेपालकागज
नेपालकागज बिहीबार, भदौ १०, २०७८

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकास्थित पिप्रहवा चोकदेखि खजुरा नहर चोक जोड्ने पक्की सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ । गाउँपालिकाको महत्वपूर्ण योजनाका रुपमा रहेको निर्माणाधीन सात किलोमिटर सडकमध्ये कालोपत्र गरिएको करिब दुई किलोमिटर सडकमा भत्किने र भासिने समस्या देखिएको छ । 

ठेकेदार कम्पनीले कम गुणस्तरको काम गरेकाले कालोपत्र गरेको दुई महिनामै सडक भत्किएको स्थानीय अगुवा दुखीराम लोनियाले बताउनुभयो ।

निर्माण सम्पन्न नहुँदै सडक भत्किन थालेपछि सडक गुणस्तरीय निर्माण गर्न आफुहरुले पटक–पटक माग गर्दै आएको उहाँको भनाइ छ । “एक त साँघुरो सडक, त्यसमा पनि ‘कमसल’ निर्माण भएका कारण कालोपत्र सडक एक महिनामै भत्किन शुरु भएको छ”, उहाँले भन्नुभयो, “सधैँ धुलाम्मे र हिलाम्मे हुने सडक कालोपत्र हुँदा खुसी भएका थियौँ, तर बाटो कालोपत्र भएको महिनादिनमै ठाउँ–ठाउँमा उप्किन थाल्यो, भासिन थाल्यो ।”

सिक्टा सिँचाइ आयोजनाको नहरसँगै जोडिएको उक्त सडक साँघुरो छ । नहरको केही भागलाई समेत समेटेर निर्माण गरिएको सो सडकमा दैनिक सयौँ ठूला मालबाहक गाडी गुड्छन् । साँघुरो र भत्किएको सडकका कारण दिनहुँ सडक दुर्घटना हुने र ट्राफिक जाम लाग्ने गर्दछ ।

गाउँपालिकाले पहिलो चरणमा गत वर्ष उक्त सडकमा माटो पटान, ग्राभेल, नाला र कल्र्भट निर्माणलगायत काम गर्न करिब रु आठ करोड खर्च गरेको थियो । दोस्रो चरणमा यस पटक कालोपत्र मात्रै गर्न ठेकेदारसँग रु चार करोड ६१ लाख ५१ हजार ५७९ मा ठेक्का सम्झौता गरिएको छ । दोस्रो चरणअन्तर्गत २०७७ माघ २५ गते भएको सम्झौताको म्याद २०७८ फागुन १ गते सकिने गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इञ्जिनियर प्रजेश आलेले जानकारी दिनुभयो । 

उहाँले सम्झौताअनुसार ठेकेदार कम्पनीले सडक निर्माण गरे पनि केही स्थानमा सडक भत्किने र भासिन पुगेको बताउनुभयो । ठेकेदारले सबै काम सम्पन्न गरेर हस्तान्तरण नगर्दासम्म बीचमा आउने समस्या समाधान गर्न लगाइने उहाँको भनाइ छ । ठेकेदार कम्पनी ‘अमर÷सिस्ने जेभी’ ले सडक निर्माण गर्ने जिम्मा लिएको छ । गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने मुख्य सडकका रुपमा समेत निर्माण कार्य सुरु गरिएको हो । 

गाउँपालिकाको वडा नं ६ गनापुरस्थित पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहरचोक हुँदै नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धितालले बताउनुभयो । निर्माणाधीन सडक भत्केको र भासिएको स्थानमा अनुगमन गरिएको उल्लेख गर्दै उपाध्यक्ष धितालले सम्झौताअनुसारको गुणस्तरीय सडक निर्माणका लागि ठेकेदार कम्पनीलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

“गनापुरको भित्रसम्म उद्योग खुलेका छन्, साँघुरो र कच्ची सडक भएका कारण मालबाहक सवारीसाधन हिँड्न कठिनाइ हुँदै आएको छ”, उहाँले भन्नुभयो, “यो सडक निर्माणले गाउँपालिकामा रहेका उद्योगका सवारी साधनसँगै सर्वसाधारणलाई आवागमनमा सजिलो हुनेछ ।” गनापुरको पूर्वी क्षेत्रमा रहेका उद्योगले नेपालगञ्ज, कोहलपुर सडक प्रयोग गर्दै आए पनि पश्चिमतर्फ भित्रीभागमा रहेका उद्योगलाई सो सडक निर्माणपछि सवारी साधन आवागमनमा सहज हुनेछ । सिक्टा सिँचाइको नहरसमेत यही सडकको किनारबाट निर्माण हुँदैछ । सिक्टाको नहरबाट तीन मिटर र स्थानीय जग्गाधनीबाट चार मिटर जमिन प्राप्त गरी सात मिटर चौडाइ हुने गरी सडक निर्माण गरिएको हो ।


प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १०:२७
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप विकास निर्माण
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त 
घर जग्गा लिलाम नगर्न र कालोसूचीमा नराख्न गरिएको निर्णय अभियानको आंशिक सफलता - प्रवक्ता पन्त  मंगलबार, असार १२, २०८१
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन्
सरकारीस्तरबाट नै जापानमा कामदार जाने ढोका खुल्यो, यी १४ क्षेत्रमा दक्ष कामदार जापान जान पाउँछन् सोमबार, फागुन १४, २०८०
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार......
मेलम्चीमा एक अर्ब ६३ करोड भ्रष्टाचार, एक खर्ब ४४ करोड बिगो दाबी, यसरी भएको थियो भ्रष्टाचार...... सोमबार, फागुन ७, २०८०
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता
सञ्चारमन्त्रीलाई सम्बोधन गर्दै टिकटकको नेपाल सरकारलाई पत्र, यस्तो छ पाँचबुँदे प्रतिबद्धता मंगलबार, फागुन १, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्