Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
देश
  • Home
  • देश
  • सर्वेश्वर महादेवलाई आज रातभर पोखरीमा राखिने
सर्वेश्वर महादेवलाई आज रातभर पोखरीमा राखिने
नेपालकागज
नेपालकागज शनिबार, भदौ ५, २०७८

ललितपुर । ललितपुरस्थित कुम्भेश्वर महादेव मन्दिरसँगै रहेका सर्वेश्वर महादेवको मूर्तिलाई आज रातभर बाहिरको पोखरीमा राखिने भएको छ । 

प्रत्येक वर्ष साउन शुक्लपक्ष चतुर्दशीका दिन सर्वेश्वर महादेवको मूर्तिलाई मध्यराति १२ बजेअघि विधिवत्रुपमा बाजागाजासहित मन्दिरबाट बाहिर निकालेर पोखरीमा स्नान गराइ खटभित्र पूजा गरेर रातभरि पोखरीमा राख्ने परम्परा छ । 

सर्वेश्वर महादेवलाई विभिन्नथरिका बाजागाजासहित कुम्भेश्वर महादेव मन्दिरको परिक्रमा गराइ नजिकैको पोखरीमा राखेर उत्तरपश्चिमतर्फको गौरीकुण्डबाट पाटन आएको जलले स्नान गराइ खटभित्र राखेर विधिवत्रुपमा पूजाआजा गरेपछि साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा वा रक्षाबन्धन आरम्भ हुने बङ्गलामुखी–कुम्भेश्वर मन्दिरका पुजारी माधवश्याम शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “महादेव मूर्तिलाई रातभरि पोखरी भित्र खटमा राखेर आइतबार बिहान ६ बजे कुम्भेश्वर मन्दिरभित्र पुनःछिराउने छौँ । चल्दै आएको नियमानुसार भोलि दिनभरि शिवजीलाई बाहिर राखिनुपर्ने थियो तर मुलुकमा बढिरहेको कोरोना महामारीलाई ध्यानमा राखी पूरै दिन नराख्ने भयौँ ।” गत वर्ष पनि यसैगरी विधिमात्र पूरा गरेकाले भोलि पनि सर्वसाधारणलाई मन्दिरमा मेला भर्न प्रवेश नगराउने भएको पुजारी शर्माले जानकारी गराउनुभयो । 

शनिबारदेखि नै मन्दिरको सुरक्षा व्यवस्था कडा पार्नुका साथै आइतबार पनि केही टोलवासी अनि समितिका मानिस र पुजारी मात्रै मन्दिरभित्र छिर्न पाउने कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुमार खड्गीले बताउनुभयो । उहाँले भन्नुभयो, “दिनानुदिन बढेको कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी मन्दिरको मूल ढोका बन्द रहने हुँदा कुम्भेश्वर पोखरीमा भक्तजनलाई मेला भर्न प्रवेशमा रोक लगाउने भएकाले नआउन अनुरोध गर्दछु ।” गोसाइँकुण्डमा साउन महिनाभर मेला लाग्ने भएकाले उता जान नसक्नेले कुम्भेश्वरमा जलाभिषेक वा स्नान गरी शिवको आरधना गर्दा गोसाइँकुण्ड गएको फल प्राप्त हुने मान्यता रहेको अध्यक्ष खड्गीले जानकारी गराउनुभयो । 
    
गौरीकुण्डको जल कुम्भेश्वर पोखरीमा भर्न बुधबार नै सफा गराएर तयारी अवस्थामा राखिएको समितिका उपाध्यक्ष वसन्त खड्गीले जानकारी गराउनुभयो । अगस्त्य ऋषिले कुम्भ अर्थात् कलशमा महादेवको आह्वान गरेर उत्पत्ति भएकाले कुम्भेश्वर महादेव भनिएको हो । सो महादेव मन्दिरभित्र कुम्भेश्वर र सर्वेश्वर महादेवका दुई मूर्ति छन् । सर्वेश्वरको आरधना गरेको खण्डमा रोगव्याधि निको भई दीर्घायु प्राप्त हुने विश्वास हिन्दू र बौद्ध धर्मावलम्बीमा छ । सर्वेश्वरलाई मृत्युञ्जय महादेव पनि भनिने गरिएको मन्दिर जीर्णाेद्वार समन्वय समितिका सल्लाहकार प्रेमलाल महर्जनले बताउनुभयो ।

स्वस्थानीमा वर्णन भएका ६४ शिवलिङ्गमध्ये सर्वेश्वर महादेव पनि एक हुन् । मार्कण्डे ऋषिले सर्वेश्वर महादेवको आरधना गरी आफ्नो छोटो आयुलाई अष्ट चिरञ्जीवी प्राप्त गरेको कुरा पुराण आदिमा उल्लेख छ । त्रेतायुगमा किराँती राजकुमारी कुष्ठरोग भएर दरबारबाट निकाला भएपछि कुम्भेश्वरको पानीले दैनिक स्नान गरी महादेव अनि देवीलाई पूजाआरधना गर्दै जाँदा दिव्य रुप भएको र राजाले घर जान आग्रह गर्दा अस्वीकार गरेपछि एक तलाको मन्दिर बनाइदिएको कथन छ । 

सनातन हिन्दू र बौद्ध धर्म मान्ने भक्तजनले कुम्भेश्वरलाई बज्रपानी लोकेश्वर भनेर पुज्ने गर्छन् । पाटन राजा जयस्थिति मल्लले १४ औँ शताब्दीमा कुम्भेश्वर महादेव मन्दिर बनाएका थिए । त्यसैगरी सो महादेव मन्दिरको काखमा रहेकी बङ्गलामुखी देवीलाई १० महाविध्यामध्ये एक विध्याको मालिकका साथै शत्रुलाई पराजय गर्ने शक्तिका रुपमा पुजिने गरिएको पुजारी शर्माले बताउनुभयो । 


प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
थप देश
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना बिहीबार, असोज १७, २०८१
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही
ब्रेक नै नभएका, लाइटहरूनै नभएका ७४ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही सोमबार, जेठ ७, २०८१
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो......
एक महिनामा नौ जिल्लाका एसपी कारबाहीमा, बाँकेका एसपी बोहरा तानिनुको कारण यस्तो...... मंगलबार, वैशाख २५, २०८१
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न  
अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे भव्य रुपमा सम्पन्न   मंगलबार, वैशाख ४, २०८१
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA
नेपालको सान, मान र सम्मानका पर्यायवाची बन्दै अमेरिकाका सम्पूर्ण NRNA मंगलबार, चैत २७, २०८०
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत
बर्दियाका सुरक्षाकर्मी र भारतिय बिच गोप्य वार्ता, नेपाली पक्षको दमदार प्रस्तुतिमा भारतीय सहमत सोमबार, चैत २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्