Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • स्वास्थ्य मापदण्डको पालना गर्दै कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारसंग माग 
स्वास्थ्य मापदण्डको पालना गर्दै कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारसंग माग 
नेपालकागज
नेपालकागज शुक्रबार, भदौ ४, २०७८

काठमाडौँ । सांसद्ले कक्षा १२ को परीक्षा पटकपटक रोकिँदा विद्यार्थीमा नकारात्मक असर परेको भन्दै स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न सरकारलाई अनुरोध गरेका छन् । 

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा समितिका सदस्यले अरु परीक्षा सञ्चालन भइरहेको र बजारमा भीड नरोकिएकाले एउटा कक्षाको मात्रै परीक्षा रोकिन नहुने औँल्याएका छन् । समितिका सदस्य मानबहादुर विश्वकर्माले देशभित्रैका विश्वविद्यालयका र अन्तरराष्ट्रिय बोर्डका परीक्षा सञ्चालन भइरहेकाले १२ कक्षाको मात्रै रोकिन नहुनेमा जोड दिनुभयो । परीक्षा दिनका लागि जिल्लाबाट काठमाडौँ आएर बसेका विद्यार्थी पटकपटक परीक्षा रोकिँदा निरास भएको उहाँको भनाइ छ । 

समितिका सदस्य सुरेन्द्रकुमार यादवले इञ्जिनीयरिङ क्याम्पसले विद्यार्थी कलेज नगएर घरघरमा बसेर पढ्दा पनि खेलकूद, भ्रमणलगायतका शीर्षकमा शुल्क लिने गरेकाले त्यसको नियमन हुनुपर्ने बताउनुभयो । समितिका सदस्य गिरिराजमणि पोखरेलले कोभिड सङ्क्रमण तत्काल हट्ने नदेखिएकाले स्वास्थ्य मापदण्डको पूर्णपालना गर्दै परीक्षा सञ्चालन गर्नुको विकल्प नभएकोमा जोड दिनुभयो । 

समितिका सदस्य हितबहादूर तामाङले जनस्वास्थ्यका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नै जिम्मेवार भएपनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)का कारण मन्त्रालयले आफ्नो विवेकको प्रयोग गर्न नपाएको बताउनुभयो । समिति सदस्य जीवनराम श्रेष्ठले सिसिएमसीले सरोकार राख्ने निकायसँग सल्लाह नै नगरी परीक्षा रोक्ने निर्णय गर्दा लाखौँ विद्यार्थीको भविष्य अन्यौलमा धकेलिएको औँल्याउनुभयो । 

समितिका सदस्य सुरेशकुमार राईले सिसिएमसी एकाधिकारबादी भएको भन्दै यसमा सबै मन्त्रालयको मन्त्रीको प्रतिनिधित्व हुने गरी पुनःगठन हुनुपर्नेमा जोड दिनुभयो । समिति सदस्य नमिता चौधरीले काठमाडौँलगायतका शहरी क्षेत्रमा लोडसेडिङको समस्या र ग्रामीण क्षेत्रमा सबैतिर इन्टरनेटको पहुँच नभएकाले सबै क्षेत्रमा अनलाइन परीक्षा सम्भव नहुने बताउनुभयो । समिति सदस्य एकवाल मियाँले कक्षा १२ को परीक्षा एउटै चरणमा नसके एकभन्दा बढी चरणमा लिन सकिने बताउनुभयो । 

समितिकी सभापति जयपुरी घर्तीले सबै परीक्षा नियमित हुने र कक्षा १२ को मात्रै स्थगित हुने घटनालाई समितिले गम्भिररुपमा लिएको बताउनुभयो । यो परीक्षालाई राज्यले गम्भिररुपमा लिन नसकेको उहाँको आरोप छ । सबै किसिमका तयारी पूरा गरेर परीक्षा लिने वातावरण बनाउनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “एउटा कक्षा र एउटा केन्द्रमा यति मात्रै विद्यार्थी राख्ने भन्ने मापदण्ड बनाउँ, विद्यार्थी सङ्क्रमित भएमा छुट्टै राखेर लिने वा नसक्ने अवस्था भएमा पछि लिएर गर्न सकिन्छ ।”

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षाको सबै तयारी हुँदा परीक्षा स्थगित गर्नुपरेको बताउनुभयो । भौतिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना हुने गरी परीक्षा लिन लागिएकामा अन्तिम समयमा रोकिँदा विद्यार्थीमा नकारात्मक असर गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अरु सबै परीक्षा सञ्चालन गर्न हुने १२ को मात्रै रोक्नुपर्ने यो कस्तो भेरियन्ट हो ?”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले परीक्षाको सबै तयारी बोर्डले गरेपनि सिसिएमसीले अन्तिम घडीमा प्रश्न गरेकाले स्थगित गर्नुपरेको बताउनुभयो । परीक्षा सञ्चालनका लागि काठमार्डौँ उपत्यकाका विद्यार्थीलाई खोप लगाउन लागिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बोर्ड र मन्त्रालय दुबै परीक्षा सञ्चालन गर्नुपर्छ भन्नेमा नै छ ।”
 


प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १८:०८
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल बुधबार, फागुन २, २०८०
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल सोमबार, माघ १५, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ आइतबार, मंसिर २४, २०८०
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने शुक्रबार, मंसिर २२, २०८०
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा... शनिबार, असोज ६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्