Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • कुलतमा फस्नेमा १८ देखि ३५ वर्ष उमेरका ‘पढ्दै गरेका युवा’
कुलतमा फस्नेमा १८ देखि ३५ वर्ष उमेरका ‘पढ्दै गरेका युवा’
नेपालकागज
नेपालकागज शुक्रबार, भदौ ४, २०७८

फाइल तस्वीर : बर्दियामा लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका युवा 

झापा । अध्ययन तथा सिर्जनशील काम गर्ने १८ देखि ३५ वर्ष उमेरका युवा लागुऔषधका कुलतमा फस्ने गरेको एक तथ्याङ्कले पुष्टि गरेको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा ३०७  लागुऔषध मुद्दामा पक्राउ परेकामध्ये ती समूहका २६१ जना अर्थात् ८५ प्रतिशत छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले लागुऔषध मुद्दामा पक्राउ परेका अधिकांश अभियुक्त माध्यमिक शिक्षा ९दश जोड दुई० र उच्च शिक्षा अध्ययन गरिरहेका हुने गरेको बताउनुभयो । कुलतमा फसेपछि उनीहरुको पढाई बिग्रिने गरेको छ । सोही आवमा १८ देखि २० वर्षमा पक्राउपर्ने १५३ र २५ देखि ३५ वर्षका १०८ रहेको उहाँले बताउनुभयो ।

पक्राउ परेका युवामध्ये प्रवेशिका परीक्षा र दश जोड दुई पढ्दै गरेका १०२, कक्षा १० का १०१ र सामान्य साक्षर १०४ रहेको जनाइएको छ । जिल्लाको पूर्वी र दक्षिणी सीमा भारतको पश्चिम बङ्गाल र विहार प्रान्तसँग जोडिएको छ । भारतीय सीमावर्ती बजार र खुला नाका हुँदै स्वदेशमा लागुऔषध भित्रिँदै आएको छ । कोभिड–१९ को महामारीमा नाकाबन्द भएका अवस्थामा समेत लागुऔषधको कारोवार जिल्लामा घटेको छैन । आर्थिक वर्ष २०७७÷७८ मा पक्राउ परेका कूल कारोवारीमध्ये भारतीय नागरिक आठ प्रतिशत छन् । 

जिप्रकाको तथ्याङ्कअनुसार सो आवमा जिल्लामा लागुऔषधको १९५ मुद्दा दर्ता भएका छन् भने अघिल्लो आव मा ११८ मात्र मुद्दा दर्ता भएका थिए । जिल्लामा दर्ता भएका मुद्दा र पक्राउ परेका अभियुक्तको विश्लेषण गर्दा व्यापारिक मुनाफा आर्जन गर्ने उद्देश्यले लागुऔषधको प्रयोग गर्ने अपराध बढेको पाइएको छ ।

आव २०७७÷७८ मा पक्राउ परेकामध्ये ४२ प्रतिशतले लागुऔषधको प्रयोग आर्थिक उपार्जनका लागि गरेको प्रहरीलाई बयान दिएका थिए जबकि आव २०७६÷०७७ मा यो प्रतिशत २६ मात्र थियो । आव २०७७÷०७८ मा पक्राउ परेकामध्ये ३८ प्रतिशतले लागुऔषध सेवन गर्ने उद्देश्य रहेको बताएका थिए । बीस प्रतिशतले आफ्नो उद्देश्य खुलाएनन् ।

पूर्वी नेपालको प्रमुख नाका काँकडभिट्टासँग जोडिएको भारतीय नाका पानीट्याङ्की नेपालमा लागुऔषध भित्रिने मुख्य अखडा हो । कोरोना महामारीका कारण काँकडभिट्टा मूल नाका बन्द भएका अवस्थामा कारोवारीले उत्तर बाहुनडाँगी र दक्षिण ज्यामिरगढी क्षेत्रसँग जोडिएको खुला सीमाबाट लागुऔषध लुकाइछिपाइ भ्यिाउने गरेका छन् ।

लागुऔषध ओसारपसार र बिक्रीका लागि यसमा संलग्न व्यक्तिले चिकित्सकको सिफारिसको बहानासमेत गरेको पाइएको छ । पक्राउ परेकाको बयानका आधारमा २२ प्रतिशतले चिकित्सकको सिफारिस बहाना बनाएको स्वीकार गरेका थिए । शरीरमा लुकाएर ३८ प्रतिशत, सवारी साधनमा लुकाएर २३ प्रतिशत र अन्य मालसामानमा लुकाएर १७ प्रतिशतले धन्धा चलाइरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

चालू आवका गत साउन महिनामा मात्र २१ लागुऔषधका मुद्दा दर्ता भइसकेका छन् । तीमध्ये ३१ अभियुक्त पक्राउ परेका छन् । साउन २४ गते दमककी एक युवती लागुऔषध लुकाइछिपाइ ल्याउँदै गर्दा मेचीनगरमा पक्राउ परेकी थिइन् ।

पढ्ने र काम गरी खाने उमेरका नवयुवा लागुऔषधको कुलतमा फस्नु चिन्ताका विषय बनेको छ । प्रहरीले विद्यार्थीलाई कुलतमा नलाग्न विगतमा विद्यालयमै गएर शिक्षा दिने अभियान सञ्चालन गरेको थियो । सामुदायिक प्रहरी सेवा केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाले यस्तो अभियानमा सघाउने गरेका थिए । अहिले कोरोना कहरका कारण विद्यालय बन्द रहेका अवस्थामा युवा कुलतमा फस्न थालेको पाइएको छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८  १३:३१
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्