Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • दुई हजार ५०० मिटरको उचाइमा साइकल लेन : बेलढुङ्गा एकाएक चर्चामा
दुई हजार ५०० मिटरको उचाइमा साइकल लेन : बेलढुङ्गा एकाएक चर्चामा
नेपालकागज
नेपालकागज आइतबार, साउन ३१, २०७८

गलकोट । कुनै दिन गुमनाम अवस्थामा रहेको पर्यटकीयस्थल बेलढुङ्गा एकाएक चर्चामा छ । स्थानीयवासीको निरन्तरको पहल, प्रयास, प्रचारप्रसार र पूर्वाधार निर्माणका कारण अहिले ‘भर्जिन’ गन्तव्यका रूपमा  बेलढुङ्गा क्षेत्रमा पर्यटकको चाप बढ्दो छ । 

यहाँको दुई चर्चित पर्यटकीय गन्तव्य जोड्नका लागि समुद्री सतहदेखि झण्डै दुई हजार ५०० मिटरको उचाइमा साइकल लेन निर्माण थालिएको छ । बागलुङ नगरपालिका–६ पञ्चकोट र काठेखोला गाउँपालिका–३ धम्जाको बेलढुङ्गा जोड्नका लागि पर्यटकीय पदमार्गसँगै साइकल लेन निर्माण सुरु गरिएको हो ।

बागलुङ र म्याग्दीको शिरबाट साइकलमार्फत बेलढुङ्गा हुँदै पञ्चकोट र पञ्चकोट हुँदै बेलढुङ्गा पुग्नका लागि साइकल लेन निर्माण थालिएको हो । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको रु २० लाख र स्थानीयवासीको रु एक लाख जनश्रमदानबाट एक हजार ७०० मिटर लामो साइकल लेन निर्माण गरिएको छ । बेलढुङ्गाबाट कान्छो धवलागिरि नजिकै साइकल लेन पुगिसकेको छ । संसारकोटसम्म साइकल लेन निर्माणका लागि अध्ययनसमेत भइसकेको छ । 

दुई वर्षअघि मात्रै बागलुङ–६ स्थित पाँचकोटको सङ्गम पञ्चकोटबाट थाप्लेको धुरी, कान्छो धवलागिरि हुँदै बेलढुङ्गासम्मको पदमार्ग पहिचान गरिएको थियो । तत्कालीन गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पदमार्ग पहिचानको शुभारम्भ गर्नुभएको थियो । त्यही समयमा पहिचान गरिएको पदमार्गलाई अहिले साइकल लेनका रूपमा विकास गर्न थालिएको हो । साइकल गुड्न सक्ने पदमार्ग निर्माण गरेपछि पैदल हिँड्ने पर्यटक र साहसिक यात्रा गर्न रुचाउने पर्यटक साइकलमार्फत यात्रा गर्न सकिने गरी सिँढीसहितको पदमार्ग निर्माण थालिएको बेलढुङ्गा, पञ्चकोट पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेम घर्ती मगरले जानकारी दिनुभयो । 

“पदमार्गलाई साइकलसमेत कुदाउन सक्ने गरी विकास गर्न खोजेका छौँ, त्यसैले बेलढुङ्गा–पञ्चकोटलाई साइकल लेनले जोड्ने हाम्रो उद्देश्य हो, अहिले गण्डकी प्रदेश सरकारले गत वर्ष विनियोजन गरेको रु २० लाख र एक लाख श्रमदानबाट देउरालीबाट बेलढुङ्गा ‘भ्यू प्वाइन्ट’ पुग्ने स्लेट ढुङ्गासहितको ३०० मिटर पदमार्ग र सोही स्थानबाट एक हजार ७०० मिटर साइकल लेन निर्माण गरेका छौँं”, अध्यक्ष घर्तीले भन्नुभयो, “साइकल लेनमध्ये १७५ मिटरमा स्लेट ढुङ्गा बिच्छ्याएर चिटिक्क बनाएका छौँ, सबै स्लेट ढुङ्गा ताराखोला गाउँपालिकाबाट ल्याएका हौँ ।”

बेलढुङ्गाबाट पञ्चकोटसम्मको झण्डै नौ किलोमिटरमध्ये बेलढुङ्गाबाट केही सरकरात्मकरूपमा काम देखिएको छ । यसलाई पूर्णता दिन झण्डै रु दुई करोड बजेट लाग्ने अनुमान गरिएको छ । बेलढुङ्गा अलि दुर्गममा भए पनि पञ्चकोट सुगममा भएका कारण साइकल लेन निर्माणपछि सदरमुकामबाट पाँच किलोमिटरमै पञ्चकोट पुगेका पर्यटक साइकल र पर्यटक पदमार्गमार्फत बेलढुङ्गा आउनेछन् र यहाँ आएका पर्यटकलाई घरबासमा राखेर जैविक उत्पादन चखाउने योजना रहेको बेलढुङ्गा सामुदायिक घरबासका सचिव तथा स्थानीय समाजसेवी गोपाल श्रीषले बताउनुभयो । श्रीषका अनुसार चार फिट चौडा साइकल लेन निर्माण गरिएको हो ।

बेलढुङ्गालाई गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य बनाउने गरी गाउँपालिकाले अग्रसरता देखाएको उल्लेख गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मर थापाले यो आर्थिक वर्षमा समेत बेलढुङ्गा क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिने बताउनुभयो । “पदमार्ग र साइकल लेन निर्माणलाई पूर्णता दिन समय लाग्ने भए पनि यसको पूर्णताले पञ्चकोट र बेलढुङ्गालाई जोड्ने मात्र नभई साहसिक पर्यटकको गन्तव्य बनाउने छ”, थापाले भन्नुभयो ।

ढुङ्गामाथि बेल आकारको ढुङ्गाबाट देखिने मनोरम हिमशृङ्खला र सुन्दर पहाड यसको प्रमुख आकर्षण हो । यद्यपि विसं २०७२ को भूकम्पले हल्लाएका कारण २०७७ भदौमा बेलढुङ्गा ढलेको भए पनि अहिले पुनःनिर्माणले गति लिएको छ । अहिले बेलढुङ्गालाई  पुनः व्यवस्थापन गरी पर्यटकीय सूचना बोर्डसमेत राखिएको छ ।

बागलुङ जिल्लाको काठेखोला–३ धम्जा ओखले र म्याग्दी जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीको सिमानामा रहेको दुई हजार ६१४ मिटर अग्लो पहाड बेलढुङ्गा अहिले आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । 


प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  ०८:३२
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्