Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • त्रासमा व्यवसायी, सुनसान लेकसाइड : कहिले उठ्ला पोखराको पर्यटन ? 
त्रासमा व्यवसायी, सुनसान लेकसाइड : कहिले उठ्ला पोखराको पर्यटन ? 
नेपालकागज
नेपालकागज बुधबार, साउन २७, २०७८

पोखरा (कास्की) । पर्यटकीय राजधानीको उपमा पाएको मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा यतिखेर सुनसान प्रायः देखिन्छ । 

राजधानी काठमाडौँपछि उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्ने पोखराको पर्यटकीय गतिविधि सुस्त छ । सिजनमा दैनिक दुई हजार पर्यटक पुग्ने पोखरामा अहिले विदेशी पाहुना भेट्टाउनै मुस्किल छ । पर्यटकीय ‘सिजन’ होस् या ‘अफ सिजन’ जतिखेर पनि भरिभराउ र झकिझकाउ हुने पोखराको ताल क्षेत्र ‘लेकसाइड’ अहिले सुनसान छ । लेकसाइडका सडकमा न त विदेशी नागरिक (खैरे) देखिन्छन् न त नेपाली नागरिकहरुको हूल भेटिन्छ ।

कोभिड-१९ का कारण झण्डै दुई वर्षयता पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । नेपाल आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत पोखरा गन्तव्यमा पुग्छन् । यस क्षेत्रका व्यवसायी पलायन हुने अवस्थामा छन् भने पर्यटन क्षेत्रका मजदुरको रोजगारी जोखिममा परेको छ । बन्दाबन्दीपछि पोखराको पर्यटन बिस्तारै लयमा फर्कने तर्खरमा थियो व्यवसायीले आन्तरिक प्रवद्र्धनात्मक गतिविधि बढाए । मर्दी हिमाल पदयात्रा, धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा प्रवद्र्धनका कार्यक्रम गरिएको थियो । 

कोरोनाको दोस्रो लहरले यी सबै क्रियाकलापसमेत पुनः ठप्प बनेका छन् । कोभिडको दोस्रो लहरपछि पलाएको आशा पनि पुनः तेस्रो लहरको पूर्वसङ्केतले पर्यटन क्षेत्रलाई त्रसित तुल्याएको छ । डलरे पर्यटक नहुँदा विदेशी मुद्रा आर्जनको आधारसमेत खुम्चिएको छ । पदयात्रा पर्यटनको ‘ट्रान्जिट प्वाइन्ट’ पोखरामा आन्तरिक पर्यटकले ५० प्रतिशत हिस्सा ओगट्ने गरेको छ ।

पर्यटनका लागि खोपको सुनिश्चितताको माग

पर्यटनलाई पुनः चलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै सङ्घीय सरकारसँग खोपको सुनिश्चितताको माग गरिरहेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा कोरोनाविरुद्धको खोपको व्यवस्थाका लागि अभियान सुरु गरिएको छ । परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले आफूहरूलाई पहिलो चरणमा होटेल तथा रेष्टुरेन्टसहितका मजदुर एवं व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको खोप तत्काल उपलब्ध गराउन सकिए पनि तत्कालका लागि पर्यटन बजारमा राम्रो सन्देश दिने बताउनुभयो ।

पर्यटन व्यवसायी, मजदुर र कर्मचारीलाई खोपको सुनिश्चितता गराउन सकिए अहिले सुस्ताएको पर्यटनको दीर्घकालीन रुपमा सकारात्मक सन्देश जाने नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य विप्लव पौडेलले बताउनुभयो ।

पोखराको प्रतिष्ठित होटेल बाराहीका सञ्चालक पौडेलले कोभिड कहरले पोखराको पर्यटन उठ्नै नसक्ने गरी थला परेको भन्दै पर्यटनलाई चलायमान बनाउन खोपको सुनिश्चिततासँगै राज्यका तर्फबाट थप आर्थिक सहुलियतका प्याकेज आवश्यक भएको औँल्याउनुभयो । “पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल कोभिडविरुद्धको खोपको व्यवस्था व्यवसायी र मजदुरलाई मिलाइनुपर्छ, सरकारको मौद्रिक नीति तथा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले कसरी पर्यटनलाई उकास्ने भन्ने रणनीतिक कार्यक्रम सम्बोधन गर्न जरुरी छ,” बोर्ड सदस्य पौडेलले भन्नुभयो ।

सुनसान लेकसाइड

विशाल छाती भएको पोखराको सान फेवाताल शान्त छ । ढपक्क हिउँले ढाकिएको चाँदीजस्तै टलक्क टल्कने माछापुच्छ्रे, अन्नपूणर् लगायतका हिमाल, तालमा टलपल पानी पर्यटकको स्वागत गर्न नपाउँदा फिका जस्तै बनेका छन् । तालमा दुबुल्की मार्ने ढुङ्गा किनारामा थन्क्याइएका छन् । वर्षायाम भएकाले फेवाताल भरिएको छ । तालको रौनकता बढेको छ तर तालमाथि तैरिने त्यो मानिसको भीड अहिले देखिँदैन ।

लेकसाइडको सडकमा सवारी साधनबाहेक सडक किनारका केही पसल मात्र खुलेका देखिन्छन् । धेरैजसो सटर बन्द छन् । ती सटर पदयात्रा तथा पर्यटकीय सामग्रीका हुन् । हो यतिखेर पोखराको परिवेश यस्तै छ । विदेशी पर्यटकले भरिभराउ पोखराका अधिकांश होटेलमा पाहुना छैनन् । आन्तरिक पर्यटक फाट्टफुट्ट मात्रामा भेटिन्छन् । उनीहरुलाई पर्यटक पाउनेभन्दा पनि करोडौँका सामान बिग्रिने हुन् कि भन्ने चिन्ता छ । पोखराकै व्यस्त होटेलमध्येको बाराही होटेल यस्तै अवस्थामा छ । प्रसिद्ध फूलबारी रिसोर्टमा पाहुना पुग्दैनन् । अन्य चर्चित होटेलको अवस्था पनि उस्तै छ । रेष्टुराँ खाली छन् । क्लब बार सुनसान । होटेल मात्र हैन पदयात्रा तथा पर्यटनका अन्य व्यवसाय पनि सुनसान देखिन्छ ।

त्रासमा व्यवसायी

महामारीको दोस्रो लहरले पुनः व्यवसायी झस्किए । तैपनि दोस्रो लहरपछि पर्यटनले गति लिनेमा व्यवसायीको विश्वास कायमै रह्या तर महामारीको पछिल्लो तेस्रो लहरको पूर्ववत् सङ्केत र पछिल्ला दिनमा कोभिडका सङ्क्रमित बढेसँगै फेरि पनि व्यवसायी हतोत्सायी छन् । कतिपयलाई त पेसाबाटै विमुख होइने हो कि भन्ने चिन्ता छ । केहीले नयाँ विकल्प पनि शुरु गरिसकेका छन् । जग्गा तथा भवन भाडामा लिएर करोडौँ लगानी गरेका होटेल व्यवसायी लगानी उठ्नेभन्दा व्यवसाय नै धरापमा पर्ने होकि भन्ने चिन्ता बढेको छ । पोखराका होटेलमा दुई हजार पाँच सय शय्या छन् ।

साहसिक गतिविधि पनि सुस्त
    
चर्चित साराङकोटस्थित ‘हाइग्राउन्ड एडभेन्चर’ पोखराको महत्वपूणर् साहसिक पर्यटकीय गन्तव्य हो । पोखरा पुग्ने पर्यटक साराङकोटबाट जिपलाइनको मजा लिन नपुग्ने विरलै हुन्छन् तर अहिले यो क्षेत्रमा पनि पर्यटक भेटिँदैनन् । सिजनमा दैनिक ७० जनासम्मले जिपलाइन र त्यत्ति नै सङ्ख्यामा बञ्जी जम्प गर्ने भए पनि अहिले मुस्किलले दुई/चारजनाले मात्रै सेवा लिएका छन् । हाइग्राउन्ड एडभेन्चर नेपाल प्रालिका प्रमुख सञ्चालक अधिकृत दिनेश महर्जनले अपेक्षित मात्रामा पर्यटक आउन नसकेको बताउनुभयो । कम्पनी कोभिडको दोस्रो लहरपछि दुई साताअघि मात्रै सञ्चालमा आएको थियो ।

कति छ लगानी

तथ्याङ्कअनुसार पोखराका होटेल तथा रिसोर्टमा सात सय व्यवसायी आबद्ध छन् । यस व्यवसायमा पर्यटन व्यवसायीको आफ्नो लगानी ५० अर्ब छ भने बैंकको लगानी ७५ अर्ब छ । यस व्यवसायबाट १२ हजार दुई सय ९८ जनाले रोजगारी पाएका छन् । त्यस्तै रेष्टुरेन्ट तथा बारतर्फ एक सयजना व्यवसायी आबद्ध छन् । यसमा एक अर्ब व्यवसायीको आफ्नै लगानी छ भने तीन अर्ब बैंकको लगानी छ । ट्रेकिङ एजेन्सीतर्फ एक सय ५९ व्यवसायी आबद्ध भएका छन् र यसमा व्यवसायीको आफ्नै ३२ करोड लगानी छ । यसमा ४२ करोड ९७ लाख ६० हजार बैंकको लगानी छ । यसबाट एक हजार २७२ जनाले रोजगारी पाएका छन् । ट्राभल्स एजेन्सीतर्फ एक सय ८१ जना व्यवसायी आबद्ध भएकामा उनीहरूको आफ्नै लगानी ७९ करोड ७५ लाख ५० हजार छ भने १८ करोड ६० लाख ९५ हजार बैंकको लगानी छ । अन्य पर्यटकीय पूर्वाधारमा पनि करोडौँ लगानी छ ।

यी हुन् पोखराका आकर्षण

अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता तथा सुन्दर तालतलैया र वरिपरिका हरिया डाँडाकाँडा पर्यटनका लागि आकर्षण हुन् । माछापुच्छे्र हिमालको छायाँ देखिने फेवातालका साथै दृश्यावलोनका लागि सराङकोट, विश्वशान्ति स्तूपा, काहुँडाडा, पुम्दीकोट, हुडिकोट, ठूलाकोट, भरतपोखरीस्थित मल्लकालीन कोटभैरव जस्ता धेरै स्थान यहाँका पर्यटकीय आकर्षण हुन् । महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफासहित बीच भाग भएर बग्ने सेती नदी र पातले छाँगो पोखरा आउने पर्यटकले नछुटाउने गन्तव्य हुन् ।

कोभिड महामारीका कारण सन् २०२० मा पर्यटक आगमन करिब ८० प्रतिशतले गिरावट आयो । यो वर्ष पनि पर्यटक आगमन दर सुधारोन्मुख छैन । पर्यटन बोर्डको तथ्याङ्क सन् २०२१ को सात महिनामा जम्मा ६१ हजार ४९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१९ मा ११ लाख ९७ हजार १९१ र सन् २०१८ मा ११ लाख ७२ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
    
क्षेत्रीय उडानले रौनकता

पोखराको पर्यटनलाई लक्षित गर्दै वायुसेवा कम्पनीले क्षेत्रीय उडान सञ्चालन गरिरहेका छन् । विशेषगरी छिमेकी मुलुक भारतको सीमा क्षेत्रबाट भारतीय पर्यटकलाई आकर्षण गर्न बुद्ध एयरले पोखराबाट नेपालगञ्ज, भैरहवा र भरतपुर उडान गरिरहेको छ । क्षेत्रीय उडानबाट पनि पर्यटक उल्लेख्य मात्रामा आउन नसकेको बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बरालले बताउनुभयो । पोखरामा दैनिक दुई हजार जति हवाई यात्रु आवतजावत गर्ने गरेका छन् । काठमाडौँ-पोखरा गन्तव्यमा बुद्ध एयरले मात्रै दैनिक नौ उडान गरिरहेको छ ।


प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १३:४१
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्