Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • भक्तपुरको ऐतिहासिक नवदुर्गा देवगणको नकीं विवाद समाधान
भक्तपुरको ऐतिहासिक नवदुर्गा देवगणको नकीं विवाद समाधान
नेपालकागज
नेपालकागज बुधबार, साउन २७, २०७८

तस्विर - ऐतिहासिक नवदुर्गा नाच

भादगाउँ । भक्तपुरको ऐतिहासिक नवदुर्गा देवगणको जात्रा र नाच सञ्चालनमा देखिएको अन्योल अन्त्य भएको छ । नवदुर्गा द्योछें (देवता घर)को नकीं (मुख्य महिला पुजारी) छनोटमा देखिएको विवाद सहमतिमा समाधान भएसँगै जात्रा र नाच सञ्चालनमा देखिएको अन्योल अन्त्य भएको हो ।

जात्रा सञ्चालनका लागि क्षमापूजा गरिने र जात्राका सबै विधिविधान र प्रक्रिया तत्काल थाल्ने सहमतिसमेत भएको छ । स्थानीय जनप्रतिनिधि तथा नवदुर्गा देवगणसँग सरोकार राख्ने विभिन्न समूहको संयुक्त प्रयासले मङ्गलबार नकीं छनोटमा देखिएको विवाद सहमतिमा समाधान भएको हो । सहमतिअनुसार नवदुर्गा द्योछेंको नकींमा इन्दिरा वनमाला नियुक्त हुनुभएको छ । नकींमा दाबी गर्ने हरिगोविन्द वनमालाको परिवारलाई अबको पाँचौँ वर्षमा नकींको पालो दिने सहमति भएको भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वःले बताउनुभयो ।

सहमतिअनुसार इन्दिरा वनमालाले उच्च अदालत पाटनमा दायर गरेको रिट फिर्ताका लागि हरिगोविन्द वनमालाको सहमतिमा मङ्गलबार नै निवेदन दिएको जनाइएको छ । नवदुर्गा द्योछेंमा मङ्गलबार साँझ सरोकारावाला सबै पक्षको सहभागितामा चार बुँदे सहमति भएको जानकारी दिँदै वडाध्यक्ष ज्याख्वःले भन्नुभयो, “आगामी दिनमा पनि यस्ता समस्या आए स्थानीयरूपमै समाधान गर्ने र प्रशासन वा अदालतमा नजाने सहमतिसमेत भएको छ ।”

सहमतिअनुसार यस वर्ष नकीं पालो परेका शेरबहादुर भन्ने श्रीबहादुर वनमालाको तर्फबाट नकीं नियुक्त इन्दिरा वनमालाले झौर पालो वर्ष २०८३ मा यस वर्षका अर्का दाबीकर्ता हरिगोविन्द वनमालाको परिवारलाई नकीं पालो दिने भएको छ । साथै हरिगोविन्दको नकीं पालोमा प्रत्येक ३६ वर्षमा एकपटक आउने इना पालोमा हरिगोविन्दले पाउने कि नपाउने भन्नेमा गोलाप्रथा गर्ने र हरिगोविन्दले पाउने भएमा हरिगोविन्द, श्रीबहादुर र जयमल वनमालाले प्रत्येक १२/१२ वर्षमा नकीं पालो चलाउने सहमति भएको छ । तर गोलाप्रथा गर्दा हरिगोविन्दले नपाउने गोला परेमा त्यस उप्रान्त हरिगोविन्दले कहिले पनि नकीं पालोमा दाबी गर्न नपाउने सहमतिसमेत भएको वडाध्यक्ष ज्याख्वःले बताउनुभयो ।

सहमतिपत्रमा भक्तपुर–७ का वडाध्यक्ष उकेश कवाँ, ९ का वडाध्यक्ष ज्याख्वः, वडा नं ९ का पूर्ववडाध्यक्ष कृष्णभक्त लवजू, विष्णुबहादुर मानन्धर, नवदुर्गा जात्रा व्यवस्थापन समितिका अध्यक्ष एवं इना पालो नायो वृजेश वनमाला, इन्द्रबहादुर वनमाला नायो झौर पालो, बुद्धिबहादुर वनमाला नायो क्वाठण्डौँ पालो, कृष्णकुमार वनमाला नायो क्वछें पालो, भैरवबहादुर वनमाला नायो क्वछें पालो, सूर्यबहादुर वनमाला नायो क्वाठण्डौँ पालो, हरिकृष्ण वनमाला, अमरकृष्ण वनमाला, नारायणमान वनमाला, देवगणगुरु दयाराम वनमाला, शिवभक्त वनमाला, वनमाला समाज सेवा समितिका अध्यक्ष आशाकाजी वनमाला, उपाध्यक्ष गोविन्द वनमाला, कोषाध्यक्ष तुल्सीरामा वनमाला, नवदुर्गा देवगण जात्रा व्यवस्थापन समितिका सचिव रत्नमान वनमाला, रिट निवेदक हरिगोविन्द वनमाला, कृष्णराम वनमाला, कृष्णसुन्दर वनमाला र श्रीबहादुर वनमालालगायतले हस्ताक्षर गरेका छन् ।


प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्