Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • नवजात शिशु लिइ सडकमा बस्नुपर्दा ...
नवजात शिशु लिइ सडकमा बस्नुपर्दा ...
नेपालकागज
नेपालकागज सोमबार, साउन २५, २०७८

टीकापुर । कैलाली भजनीकी रुप्सा विक रातभर ढुक्कले सुत्न सक्नुहुन्न । उहाँ हरेक रात बाढी आएको सपना देख्नुहुन्छ । गत वर्षको बाढीपछि उहाँमा यस्तो समस्या देखिएको छ । सुत्केरी अवस्थामा रहेकी विक नवजात शिशुसँगै गत वर्षको साउन १४ गते आराम गरिरहनुभएको थियो । आमाछोरा मस्त निन्द्रामा थिए । एक्कासि छिमेकीले हल्ला गरेको सुन्नुभयो र निन्द्राबाट ब्यूँझनुभयो,  उहाँँ । यतिबेला सुतेको खाट पानीले डुब्नमात्र बाँकी थियो । 

‘‘छिमेकीले सुतेको शिशु उठाएर दौडिए, म पनि एकसरो लुगामा भागेर ज्यान जोगियो’’, विक सम्झनुहुन्छ, ‘‘घरमा भएका केही सामान लिन सकिएन, बच्चा र आफ्ना लागि चाहिने लुगाफाटा पनि बोक्न सकिएन । सुत्केरी अवस्थाकी म शिशु बोकेर एक सातासम्म सडकमा बस्नुप¥यो ।’’

उहाँको निन्द्रा अहिले पनि उस्तै छ । यसपछिका दिनमा उहाँ कहिल्यै राम्ररी नसुतेको बताउनुहुन्छ । ‘‘अहिले छोरा १ वर्षको भयो, सुत्केरी अवस्थामा आराम गर्नुपर्ने, पोषिलो खानुपर्ने समयमा निकै तनाव र दुःख पाइयो’’, उहाँ भन्नुहुन्छ, ‘‘वर्षात् शुरु भएदेखि बाढी आउने त्रासले सताउँछ । आकाशमा बादल लागेको दिन बाढीको पीडा सम्झन्छु, म त निन्द्रामै झस्कने गर्छु ।’’

कैलाली बाढीको उच्च जोखिममा रहेको जिल्ला हो । यहाँका नदी कर्णाली, मोहना, पथरिया, कन्द्रा र काँडामा पानीको बहाव बढेमा भजनी र टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका बाढीको जोखिममा रहन्छन् । गत वर्षको बाढीमा एक साता विस्थापित भएका टीकापुरका ज्येष्ठ नागरिक मोतिसिंह साउदमा पनि रुप्साको जस्तै समस्या छ । साउन महिनामा आएको बाढी बस्तीमा पसेपछि गाउँमा रहेको उद्धार समितिले मोतिसिंहलाई उद्धार गरी गाउँमै रहेको एउटा विद्यालयमा राख्यो । राम्ररी हिँडडुल गर्न नसक्ने मोतिसिंहलाई विद्यालयमा बस्दा धेरै कठिन भयो ।

‘‘विद्यालयमा शौचालय जान, गर्मी छल्न, लामखुट्टेको टोकाइले सतायो’’, उहाँ सम्झनुहुन्छ, ‘‘एक सातापछि घर फर्कदा घरमा माटो र हिलोमात्र भरिएको थियो । अन्नपात सबै बगेर नष्ट भएको थियो ।’’मोतिसिंहलाई पनि गत वर्षको बाढीपछि विभिन्न खाले समस्या शुरु भएको छ । 

निदाउन नसक्ने, डराउने, निन्द्रामा छट्पटिने जस्ता समस्या भइरहेका छन् । ‘‘गत वर्षको बाढीको भोगाइपछि यस्तै हुन्छ, बुढेसकालमा यस्तै हुन्छ होला सोँच्छु’’, विकभन्नुहुन्छ, ‘‘अरुलाई पनि सोध्छु, बाढीको पीडा भोगेका अरुलाई पनि यस्तै त्रास हुनेरहेछ । छिमेकीहरु हामीलाई नि डर लाग्छ भन्छन् ।’’

यसरी स्वास्थ्यमा समस्या देखिए पनि उनीहरुको उपचारमा कसैको ध्यान जान सकेको छैन । प्रभावित क्षेत्रका नागरिकले यसलाई स्वास्थ्य समस्या हो भन्ने बुझेका छन् । टीकापुर– ७ का स्थानीयवासी भोजराज ढुङ्गाना प्रभावित क्षेत्रका नागरिक मनोत्रासमा रहेकाले उनीहरुको उपचार, स्वास्थ्य परीक्षणजस्ता कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउनुहुन्छ ।

‘‘डरले यस्ता समस्या देखिएका छन् तर यसले भविष्यमा मनोसमस्या निम्त्याउने देखिन्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘सरकारले उपचार तथा सान्त्वना दिने काम गर्नुपर्छ ।’’

टीकापुर जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावल यस्ता खाले समस्याले भविष्यमा मनोरोगी बनाउने भएकाले समयमै उपचारमा जान सुझाव दिनुहुन्छ ।

‘‘हाम्रो पालिकामासमेत मनोपरामर्शदाता छन्, समस्या भएका स्वास्थ्य संस्थामा आए हामी चिकित्सकसम्म पुगाउन सघाउनेछौँ’’, उहाँ भन्नुहुन्छ, ‘‘शरीरमा आउने परिवर्तन, आनीबानीमा हुने फरक व्यवहारलाई सामान्यरुपमा नलिऔँ, उपचारमा आए समस्याको केही समाधान हुन्छ ।’’

बाढीले गत वर्ष यी पालिकामा हजारौँ नागरिक प्र्रभावित भएका थिए । सयौँ विघा खेतीयोग्य जमीन बगर भएको थियो । प्रभावित क्षेत्रका नागरिक यसवर्ष पनि वर्षात् शुरु भएदेखि रातिको समयमा निदाउन सकेका छैनन् । कर्णाली नदीले टीकापुर, भुराखानी, शाहीपुर र श्रीलङ्का क्षेत्रमा कटान तीव्र पारेपछि त्यहाँका नागरिकमा समेत यस्तै त्रास छ ।

शाहीपुरमा तटबन्ध भत्किएपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, कुला समितिका उपभोक्ता, रानी जमरा कुलरिया सिँचाइ आयोजना र टीकापुरले जैविक तटबन्ध निर्माण गरिरहेका छन् । 


प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्