Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • उपचारखर्च तिर्न नसक्दा चार महिने शिशु बन्धक : भारतको पारामाउन्ट हस्पिटलले बनायो शिशु सुहानलाई बन्धक  
उपचारखर्च तिर्न नसक्दा चार महिने शिशु बन्धक : भारतको पारामाउन्ट हस्पिटलले बनायो शिशु सुहानलाई बन्धक  
नेपालकागज
नेपालकागज आइतबार, साउन २४, २०७८

झापा । उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम)ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ । 

आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई कुरेर बस्नुभएकी आमा शर्मिला चौधरी र बुबा सनम चौधरीलाई हस्पिटल प्रशासनले पैसा खोज्न दबाब दिएर घर फर्काइदिएको छ ।

शिशुलाई उपचारका लागि यही साउन १५ गते सिलिगुडीस्थित हस्पिटल लगिएको बुबा सनमले बताउनुभयो । हस्पिटलले उपचारमा भारु एक लाख लागेको बताएपछि चार दिनअघि शुल्क बुझाउन दबाब दिएको थियो । खोलामा ढुङ्गागिटी चालेर जसोतसो हातमुख जोड्दै आएका चौधरी परिवारसँग आर्थिक स्रोत नभएपछि स्थानीयवासीले चन्दा उठाएर दिएको रु ५४ हजार लगेर बुझाएको उहाँले जानकारी दिनुभयो । अरु रकम बुझाउन नसकेको भन्दै शिशुकी आमालाई हस्पिटलमा राखेर परिवारका अरु सदस्यलाई पैसा खोज्न पठाइएको थियो ।

ऋण खोजेर थप रु एक लाख १५ हजार शनिबार लगेर बुझाउँदा हस्पिटल प्रशासनले बिल बढेको भन्दै अरु भारु ५० हजार नल्याएसम्म बच्चा लैजान नदिने भनेको शिशुकी आमा शर्मिलाले बताउनुभयो । हस्पिटलले शनिबार शिशुलाई मात्र हस्पिटलमा राखेर आमालाईसमेत पैसा खोज्न नेपाल फर्काइदिएको छ ।

 हाल शिशु हस्पिटलमा एक्लै छन् । “अहिले हस्पिटलमा चार महिनाको छोरा कसरी एक्लै आमाबेगर बसिरहेको होला ? शुरुमा एक लाख भारु ल्याउनु भन्यो, दुईपटक गरेर बुझाएकै थियौँं”, आमा शर्मिला रुँदै भन्नुहुन्छ, “फेरि भारु ५० हजार ल्याउनु भन्छ, कहाँबाट ल्याउनु, मेरो छोरालाई ल्याउन सहयोग गरिदिनुहोस् ।”

कोरोना महामारीले झापामा निषेधाज्ञा जारी भएका कारण चन्दा उठाउने अभियान सञ्चालन गर्न नसकिएको जनाउँदै चौधरी परिवारका छिमेकी युवा विपी भट्टराईले छरछिमेकीसँग हारगुहार गरेर रु ५४ हजार चन्दा सङ्कलन गरिएको बताउनुभयो ।

“स्थानीय निन्दा खोलामा ढुङ्गागिटी चालेर परिवार पाल्दै आएको चौधरी परिवारसँग हस्पिटलको बिल भुक्तानी गर्ने आर्थिक क्षमता छैन”, उहाँले भन्नुभयो, “बच्चा नै बन्धक राखेर आमाबुबालाई घर पठाइदिएर हस्पिटलले गरेको अमानवीय हर्कतले चिन्तित तुल्याएको छ ।”

चार महिनाको शिशुलाई पेट फुल्ने समस्या देखा परेपछि शुरुमा मेचीनगरकै शिखर हस्पिटलमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि विर्तामोडको अञ्जली हस्पिटल पु¥याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

प्रतिष्ठानका चिकित्सकले आन्द्रा दोब्रिएर पेट फुलेको जनाउँदै तुरुन्त शल्यक्रिया गर्नुपर्ने बताएका थिए । त्यसबेला धरानमा चिकित्सकको आन्दोलन चर्किरहेको हुँदा त्यहाँबाट अन्यत्र लैजान भनिएको शिशुकी आमा शर्मिलाले बताउनुभयो । 

नेपालका अस्पताल डुलाउँदा डुलाउँदै बच्चाको स्वास्थ्य अवस्था नाजुक भएपछि बाध्य भएर भारतको सिलिगुडी पु¥याउनु परेको उहाँले जानकारी दिनुभयो । “नेपालका अस्पताल डुलाउँदा डुलाउँदै घरको र ऋण खोेजेको पैसा सिद्धियो”, शर्मिलाले भन्नुभयो, “सिलिगुडीको अस्पतालमा भारु एक लाख तिरिसकेका छौं, अझै भारु ५० हजार ल्याऊ भन्छ, मेरो बच्चा अस्पतालमै बन्धक राखेर मलाई घर पठाइदियो, अब म के गरुँ ?”


प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्