Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • खुट्टाले लेखेर ११ कक्षाको परीक्षा दिँदै ‘याम’ : मेहनत र इच्छाशक्तिले सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने उदाहरण
खुट्टाले लेखेर ११ कक्षाको परीक्षा दिँदै ‘याम’ : मेहनत र इच्छाशक्तिले सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने उदाहरण
नेपालकागज
नेपालकागज बिहीबार, साउन २१, २०७८

रामपुर (पाल्पा) । आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने उदाहरण याम खाम्चाले दिएका छन् । दुबै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र राम्रोसँग देख्न सक्छन् । फरक क्षमता भएका यामले अहिले खुट्टैले लेखेर कक्षा ११ को परीक्षा दिइरहेका छन् । निस्दी गाउँपालिका–२ आनन्दी भन्ज्याङ्स्थित बालहित माविको एक कोठाको कुनामा बसेर अरु विद्यार्थी सरह नै उनी परीक्षामा सहभागी भएका हुन्  ।
 
बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षामा साधारण विद्यार्थी सरह नै याम भूइँमा बसेर अगाडि प्रश्नपत्र हेर्दै त्यसको उत्तर खुट्टाले लेख्छन्  । एउटै कक्षा कोठाको अगाडि एक छेउमा राखेर परीक्षा दिने व्यवस्था मिलाइएको र परीक्षा समय तीन घण्टा तोकिएकोमा फरक क्षमता भएका यस्ता विद्यार्थीलाई आधा घण्टा समय थप दिने व्यवस्था गरिएको शिक्षक विष्णु थापा बताउनुहुन्छ ।

 उहाँका अनुसार यामसँगै यस विद्यालयबाट १८ विद्यार्थी परीक्षामा सम्मिलित छन् । शिक्षक थापा भन्नुहुन्छ, “प्रश्न अस्पष्ट भए मात्रै इसाराले शिक्षकलाई बोलाउने,  खुट्टैले सङ्केत गरेर प्रश्न देखाउने र अलि ढिलो लेखेपनि निर्धारित समयमै सबै प्रश्नको उत्तर उनी लेख्न भ्याउँछन् ।” यही साउन २० गतदेखि शुरु भएको कक्षा ११ को परीक्षामा निर्धक्कका साथ परीक्षामा सामेल भएका यामले खुट्टाकै लेखाइले नै माध्यमिक शिक्षा (एसइई) परीक्षा उत्र्तीण गरी अहिले शिक्षा शास्त्र सङ्कायमा नेपाली विषय लिएर कक्षा ११ को परीक्षा दिइरहेका हुन् ।
 
शारीरिक रुपमा अशक्त रहेपनि स्मरण शक्ति राम्रो रहेका उनी जिज्ञासु हुनाका साथै केही नयाँ कुरा सुन्ने र देख्ने बित्तिकै इसारा  गरेरै त्यसबारे जानकारी लिन खोज्छन् । चौबिस वर्ष  लागेका यामको दुबै हात चलाउन नसक्ने र बोल्न पनि नसक्ने समस्या जन्मजात नै हो । फरक क्षमता भए पनि पढ्ने क्षमता भने अरु विद्यार्थीभन्दा बढी भएकैले खुट्टाले लेखेरै ठूलो मान्छे बन्ने सपना उसमा छ । 
 
कक्षाकोठामा शिक्षकले पढाउँदा एकै याम पटकमा सहजै बुझ्ने गर्छन्, नबुझेका केही कुरामा शिक्षकलाई इसारा गरेर बोलाउने वा खुट्टाले कापीमा लेखेर देखाउने गर्छन् भने बुझिसकेपछि हाँसेर प्रतिक्रिया दिने गरेको बालज्योति प्राविका प्रधानाध्यापक रोशन सिं सारु बताउनुुहुन्छ । “विद्यालय बिदाको समयमा घरमा बसेर पढ्दै गर्दा केही कुरा नबुझेमा मेरो कोठामै आएर सोध्ने र  नयाँ कुरा सिक्न खोज्ने उनको स्वभाव छ” उहाँले भन्नुभयो । 
विद्यालयको वार्षिकोत्सवलगायत कार्यक्रममा आफूले तयार पारेको कविता, गजल र कथा शिक्षकलाई वाचन गर्न लगाउने र फुर्सदको समयमा घरमा बसेर ल्यापटपमा विभिन्न रचना गर्ने र गाउँका समाचार बनाउने कार्यमा याम  व्यस्त देखिन्छन् । 
 
गर्भावस्थामै जण्डिस (कमलपत्ति) रोगले ग्रस्त उनले औषधोपचारको अभावमा जीवनभर अर्काको साहारामा बाँच्नु परेको छ ।  दुबै हात चलाउन नमिले पनि फुर्सदको समयमा उसले खुट्टाले चम्चा च्यापेर खाना खाने गरेको आमा योगमाया बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “याम विद्यालयबाट घर फर्केपछि घरमै बसेर लेखपढ गर्ने, बाहिर साथीभाइसँंग खेल्न पनि नजाने, परिवारसँगै साथमा बस्न पाउँदा धेरै रमाउने गर्छ । आफूले गर्न सक्ने र मिल्ने जति काम अरुलाई गर्न नदिने यो उसको  सानैदेखिको बानी हो” ।    

तीन छोरा र एक छोरीमध्ये माइलो यामको शारीरिक अवस्थाले शुरुमा मानबहादुर चिन्तित अहिले उसको पढाइप्रतिको मेहनत, लगनशीलता र सिर्जना देखेर खुशी हुनुहुन्छ ।

जन्मदै शारीरिकरुपमा कमजोर याम आठ वर्षको उमेरपछि बिस्तारै हिँडडुल गर्नसक्ने भएका थिए । गृहकार्य सकिएपछि घरमै ल्यापटपमा कथा, कविता लेख्ने, इन्टरनेट चलाउने, सामाजिक सञ्जालमा आफ्ना लेख रचना र तस्बिर, पठाउने, सन्देश पठाएर कुराकानी गर्ने युट्युब हेर्ने, फेसबुक चलाउने, म्यासेन्जरमा सञ्चो बिसन्चो लेखेर कुरा गर्ने, रेडियो सुन्ने र नयाँ व्यक्तिसँग परिचित हुन मन पराउने  काम गर्दै आएको यामका दाजु पुनारामले बताउनुभयो ।

फरक क्षमताका यामको कार्य देख्ने जो कोहीलाई पनि साहित्यकार झमक घिमिरेको झ–झल्को आउँछ । उनले खुट्टाले लेखपढ गरेर भविष्यमा झमक घिमिरे झै ठूलो मान्छे बन्ने सपना साँचेका छन् ।


प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १५:३९
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल बुधबार, फागुन २, २०८०
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल सोमबार, माघ १५, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ आइतबार, मंसिर २४, २०८०
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने शुक्रबार, मंसिर २२, २०८०
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा... शनिबार, असोज ६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्