Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • कम्ती गाह्रो छैन अक्करे भिरमा मह काढ्न
कम्ती गाह्रो छैन अक्करे भिरमा मह काढ्न
नेपालकागज
नेपालकागज बिहीबार, साउन २१, २०७८

बेनी । रघुगङ्गा गाउँपालिका–८ पात्लेखर्कका २६ वर्षीय रेशम पुन अग्ला पहाड चढेर मह सिकार गर्न सिपालु हुन् । वर्षको दुई याममा हुने भिर माहुरीको मह सिकारका लागि पुन निर्विकल्प भिरौटे (भिरमा चढेर मह काढ्ने) हुन् । अग्ला पहाड र अक्करे भिरमा मह काढ्ने पेशा जोखिमपूर्ण र सहासिक मानिन्छ । भिर पहरामा ज्यान नै हत्केलामा राखेर काम गर्नुपर्ने भए पनि पुनलगायतका युवा मह सिकारको पेशा जोगाउन अग्रसर छन् ।

परम्परागत र पुख्र्यौली पेशाका रूपमा चिनिने मह सिकारको सीप हस्तान्तरण नहुँदा विभिन्न ठाउँमा मह सिकार हराउन थाले पनि यहाँका युवा भने मह सिकारलाई आयआर्जनको माध्ययम बनाएर पुख्र्यौली पेशालाई जोगाउन लागिपरेका हुन् । तेह्र वर्षको उमेरदेखि नै मह सिकारमा लागेका पुनले एक दशक बढी समयदेखि भिरौटेको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

“शुरुमा अरुले मह काढेको हेर्न गएको थिएँ, केही वर्ष मह बोक्ने, काढ्ने ठाउँमा सहयोगीका रूपमा काम गर्ने जिम्मेवारी सम्हालेँ, पछि पराङ हुँदै भिरमा चढ्न थालेपछि सिकारीकै भूमिकामा काम गर्न थालेको हुँ”, पुनले भन्नुभयो । शुरुमा होचा र कम जोखिम भएका भिरहरुमा मह काढेका पुन अहिले भने अक्करे पहाडहरूमा चढेर मह काढ्ने गर्नुहुन्छ । चोयाका डोरीमा झुन्डिएर माहुरीका चाका नजिक पुगेर मह काढ्ने काम उनका लागि सामान्यजस्तै बन्न पुगेको छ । जङ्गलमा पाइने निगालोको चोयाबाट बनाइएका डोरीको भरमा मह काढ्ने गरेको पुनको भनाइ छ ।

पुनसँगै पात्लेखर्कका ३० वर्षीय धनबहादुर पुन पनि मह सिकारका भिरौटेका रूपमा खटिने गरेका छन् । आठ वर्षदेखि भिरमा चढेर मह काट्ने काम गर्दै आएका धनबहादुरले भिरमा चढ्ने काम कठिन र जोखिमयुक्त भए पनि पुर्खाहरुले अपनाउँदै आएको सावधानी अपनाएर मह काढ्ने गरेको बताउनुभयो । भिरौटेहरुले चोयाको डोरीमा बलिया लौरा बाँधेर बनाइएको भ¥याङ (पराङ)को सहायतामा भिरमा उक्कले र ओलर्ने गर्छन् । मह सिकारमा प्रयोग हुने सबै सामान चोया र निगालोबाट बनेका हुन्छन् । 

चोयाबाट बनाइएका डालीलाई भिरौटेले मौरीको चाका नजिक लगेर टुप्पोमा कोप्न मिल्ने बनाइएको निगालाको सहायताले मह काढ्ने गर्छन् । पुख्र्याैली पेशाका रूपमा रहेको मह सिकारले आयआर्जन हुने र पुरानो पनि जोगिने भएकाले आफूहरुले यसलाई निरन्तरता दिएको भिरौटे धनबहादुरको भनाइ छ ।

“जडीबुटीजन्य औषधिका लागि प्रयोग हुने भिर माहुरीको महको माग अत्यधिक छ । तर भिरमा झुण्डिएर ज्यानलाई नै जोखिममा राखेर मह झिक्नुपर्ने काम चुनौतीपूर्ण छ, हामीले यसलाई पुरानो पेशाको संरक्षण र छोटो अवधिका लागि आयआर्जनको माध्ययमका रूपमा जोगाउन लागिपरेका हौँ”, उहाँले भन्नुभयो । जेठ, असार र असोज महिनामा गरी दुई याममा मह सिकार हुने भएकाले वर्षमा करिब साढे एक महिना यहाँका युवाहरुले पुख्र्यौली पेशा मह सिकार अँगाल्ने गर्छन् ।

गाउँदेखि टाढाका जङ्गल, खोला, नदीका कठिन बाटो भएर भिर माहुरीको घार भएको ठाउँसम्म पुग्नुपर्छ । हरेक दिन फरक–फरक भिरमा पुग्नुपर्ने, नजिकमा कमै मात्रामा माहुरीको घार हुने भएकाले हरेक दिन कठिन यात्रा र सङ्घर्ष गरेर मह सङ्कलन गर्नुपर्ने बाध्यता रहेको पात्लेखर्कमा मह सिकार गर्ने समूहको नेतृत्व गरेका युवा अङ्कित पुनले बताउनुभयो । “साह्रै ठूलो र कठिन सङ्घर्ष गर्नुपर्छ, जोखिम उत्तिकै हुन्छ, स्थानीय स्रोत र साधनको प्रयोग गरेर मह सिकार गर्दै आएका छौँ, अक्करे भिरमा चोयाको डोरीको भरमा मौरीको टोकाइ सहेर मह काढ्ने भिरौटेहरुको भूमिका महत्वपूर्ण हुन्छ”, पुनले भन्नुभयो । पुनका अनुसार पात्लेखर्कका १२ जना युवाले यस पटकको याममा कन्ठेडम्मार र नरपट्टा खोला क्षेत्रका एक दर्जन बढी भिरमा करिब २० दिन लगाएर मह सिकार गरेका थिए । हरेक याममा काढेको मह बिक्रीबाट रु पाँच लाखदेखि सात लाखसम्म गाउँमा भित्रने गरेको छ ।

महको आम्दानीले निजी शिक्षकको तलब

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा मह सिकारबाट भएको आम्दानीलाई स्थानीय रितुङ माध्यमिक विद्यालयमा निजी स्रोतका शिक्षकको तलब जुटाउन परिचालन गर्ने गरिएको छ । वडाभित्रका गाउँबस्तीका स्थानीयवासीले आलोपालो गरी मह काढ्दै आएकामा वडा कार्यालयको संयोजनमा टोली विभाजन गरी मह काढ्ने र मह बिक्री गरी आएको आम्दानीबाट बचत हुन आएको रकम विद्यालय सञ्चालनमा सहयोग गर्न थालिएको हो ।

सङ्कलन भएको महको बिक्रीबाट मह काढ्न परिचालन भएकाहरुलाई पारिश्रमिक छुट्याएर बचत हुन आउने रकम विद्यालमा निजी स्रोतबाट राखिएका शिक्षकहरूको तलब जुटाउन परिचालन गर्ने गरिएको वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो । मह सिकारमा भिरमा चढेर मह काढ्ने भिरौटेलाई प्रतिदिनको रु तीन हजार ५००, भिरको टुप्पोमा बसेर मह सङ्कलनमा सघाउनेलाई रु दुई हजार र अन्य सहयोगीलाई रु एक हजार १०० का दरले पारिश्रमिक उपलब्ध गराउने गरिएको छ । एकीकृतरूपमा सङ्कलन हुने महलाई बजार दररेटअनुसार बिक्री गर्ने गरिएको छ । प्रशोधन गरी बिक्रीका लागि बजारमा ल्याइएको भिर महलाई प्रतिलिटर रु दुई हजारसम्म मूल्य पर्छ ।


वडाभित्र रहेका बस्तीलाई समेटर समूह विभाजन गरी मह भएका भिरहरु बाँड्ने र मह काढ्ने गरिएको वडाध्यक्ष छन्त्यालको भनाइ छ । ‘‘आफैँमा जोखिमपूर्ण काम हो मह सिकार गर्ने, यो पेशाको निरन्तरता मात्रै गरिएको छैन, स्थानीयवासीको आयआर्जन र शून्य दरबन्दी भएको मावि तहका शिक्षकको तलब जुटाउनसमेत मह सिकार सहयोगी बनेको छ”, वडाध्यक्ष छन्त्यालको भनाइ छ । दुर्गम बस्तीका गरिब विपन्न वर्गका बालबालिका अध्ययनरत यस विद्यालयमा प्रस्तावित मावि तह शून्य दरबन्दीमा सञ्चालनमा छ । 

समुदायस्तरबाट चन्दा सङ्कलनलगायत माध्यमबाट वार्षिक लाखौँ रुपैयाँ जुटाउनुपर्ने अवस्थामा मह सिकारबाट हुने गरेको सहयोगले विद्यालयलाई राहत मिल्ने गरेको विद्यालयका प्रअ खिम छन्त्यालको भनाइ छ । मह राम्रो उत्पादन भएको वर्ष रु तीन लाखभन्दा बढी विद्यालयलाई सहयोग जुट्ने गरेको छ । “सधैँ एकैनासको मह सङ्कलन हुँदैन, कुनै याममा मह काढ्नेहरुको पारिश्रमिक जुटाउन पनि धौधौ पर्छ, कुनै सिजनमा राम्रो भयो भने पारिश्रमिक कटाएर विद्यालयलाई सहयोग प्राप्त हुन्छ”, प्रअ छन्त्यालको भनाइ छ । यस विद्यालयमा निजी स्रोतका शिक्षकको तलबभत्तामा समुदायले वार्षिक करिब रु नौ लाख बढी जुटाउनुपर्ने बाध्यता रहेको छ । विद्यालयमा १२० बालबालिका अध्ययनरत छन् ।

यसरी हुन्छ महको सिकार

वर्षको दुईपटक जेठ र असोज महिना मह काढ्ने उपयुक्त समय हो । मह काढ्नका लागि चोयाको डोरीको भ¥याङ (पराङ), सुरक्षाको लागि चोयाकै डोरी, मह सङ्कलन गर्ने डाली, कोप्न निगालाको टुप्पोमा फलाम बाँधिएको डग र मह बोक्नका लागि गाग्रीलगायतका सामानको बन्दोबस्त मिलाउने गरिन्छ । शुरुका दिनमा जङ्गल र भिरका देउतालाई खुशी बनाउन र कुनै अप्रिय घटना नहोस् भन्ने कामनासहित पूजा गरी धजा बाँध्ने चलन रहेको लामो समयदेखि मह सिकारमा संलग्न रहँदै आउनुभएका कुइनेमङ्गलेका ६० वर्षीय गोरे शेरपुञ्जाले बताउनुभयो ।

भिरमा मह भएको थाहा भएपछि पहाडको टुप्पोमा रहेका रुखहरुमा पराङलाई बाँध्ने र भिरतर्फ खसाल्ने गरिन्छ । सकभर भिरको शिर र पुछार दुवैतर्फ हेरालु बस्ने गर्छन् । सम्भव नभएको ठाउँमा एकातर्फ मात्रै बस्ने गरिन्छ । पराङ हुँदै भिरतर्फ भिरौटै झरेपछि धुवाँसहितको आगोको मुस्लो मौरीका चाका नजिक पु¥याएर धुँवा लगाएर मौरीलाई भगाउने र लठ्याउने गरिन्छ । लठ्ठिएको मौरीले कम टोक्ने गर्छ । भिरमा मह नजिक पुगेपछि भिरौटेले मह काढ्ने गर्छन् । वारिपारि बस्ने हेरालुको कानमा भिरको शिर र फेदीमा बसेकाहरुले डोरीको सहायताले महलाई सुरक्षित ठाउँमा सङ्कलन गर्छन् । यसरी मह सिकार गर्दा मौरीले टोक्ने समस्यासँगै आगोको मुस्लोले भिरमा आगलागी भएर दुर्घटना हुने, पहाडको भूगोल कमजोर भएमा ढिस्को खसेर चोटपटक लाग्न सक्ने र सुरक्षा सावधानी आधुनिक नभएर परम्परागत मात्रै हुने भएकाले मह काढ्दै गरेको समयमा पराङबाट खस्ने जोखिम पनि रहन्छ ।
 


प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  १४:०२
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्