Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • अखिल क्रान्तिकारी बर्दियाले नेपालको चुच्चे नक्सा पाठ्यक्रममा समावेश गरिनुपर्ने भन्दै बुझायो ज्ञापनपत्र
अखिल क्रान्तिकारी बर्दियाले नेपालको चुच्चे नक्सा पाठ्यक्रममा समावेश गरिनुपर्ने भन्दै बुझायो ज्ञापनपत्र
हरि गुरुङ
हरि गुरुङ मंगलबार, साउन १२, २०७८

बर्दिया । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल क्रान्तिकारी)  बर्दियाले गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिका, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन)लाई ज्ञापनपत्र बुझाएको छ । अखिल क्रान्तिकारी बर्दियाले १९ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

लकडाउनका कारण आम जनतालाई हातमुख जोर्न समेत मुस्किल बन्दै गइरहेको अवस्थामा विभिन्न विद्यालयहरुले अनलाइन कक्षाका नाममा तथा सामुदायिक विद्यालयहरुले अङ्ग्रेजी माध्यमका नाममा चर्को शुल्क असुलिरहेको भन्दै शुल्क असुली रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

सरकारी विद्यालयहरुमा नेपाली र अङ्ग्रेजी माध्यमका नाममा गरिएको विभेदको अन्त्य गरिनुपर्ने, भौतिक रूपमा कक्षा सञ्चालन नभएको अवधिको शुल्क छुट गरिनुपर्ने, निजि विद्यालयद्वारा गरिएको पाठ्यपुस्तक र पोशाकको व्यापार बन्द गरिनुपर्ने, नेपालको चुच्चे नक्सा पाठ्यक्रममा समावेश गरिनुपर्ने, शिक्षक कर्मचारी माथिको बौद्धिक शोषणको अन्त्य गरिनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाईएको हो । 

ज्ञापनपत्र बुझाउँदै अखिल (क्रान्तिकारी) बर्दियाका अध्यक्ष हरि प्याकुरेलले कोरोनाका कारण दैनिक जिवनयापन समेत गाह्राे परिरहेको बेला केही निजि र सामुदायिक विद्यालयहरुले लुट मच्चाईरहेको भन्दै अविलम्ब रोक्न माग गर्नुभएको छ । 

मागलाई कार्यन्वन नगरे कारवाही गर्ने चेतावनी दिनुभएको छ । बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, गुलरिया नगरपालिका नगर शिक्षा प्रमुख निलकण्ठ रेग्मीले मागहरू जायज भएकाले तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नु भएको छ । 

बर्दिया प्याब्सनका अध्यक्ष तेजनाथ पौडेलले अनलाइन शिक्षाको नाममा कसैले विद्यार्थीको उपस्थिती बिना शुल्क लिएको छ भने कारबाही गर्ने बताउनु भयो ।

एनप्याब्सनका अध्यक्ष बुद्ध गिरिले निजि शिक्षा भित्र देखिएका चरम लापरबाहीलाई नियन्त्रण गर्ने र अखिल क्रान्तिकारीसंग सहकार्य गरेर मापदण्ड बिपरित काम गरेका बोर्डिङ स्कुलहरुमा अनुगमन गर्ने बताउनु भयो ।

कार्यक्रममा अखिल क्रान्तिकारी बर्दिया जिल्ला इन्चार्ज लोकेश जोशी, अध्यक्ष हरि प्याकुरेल लगायतको सहभागिता थियो ।
 


प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ११:१२
#बर्दिया
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल
अभिभावकको आकर्षणको केन्द्र बेवी ब्लुम मन्टेश्वरी स्कुल बुधबार, फागुन २, २०८०
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल
कोहलपुर क्षेत्रमा उत्कृष्ट शिक्षा दिँदै अभिभावकको आकर्षणको केन्द्रबिन्दु बन्दै बेवी ब्लुम मन्टेश्वरी स्कुल सोमबार, माघ १५, २०८०
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ'
'कक्षा १२ सम्म शिक्षा निःशुल्क, जो अनशन बसुन् राज्यले खुट्टा कमाउँदैन, चिकित्सा शिक्षा ऐन संशोधन हुन्छ' सोमबार, मंसिर २५, २०८०
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ
जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ आइतबार, मंसिर २४, २०८०
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने
धनौरामा शिक्षक भर्ना प्रकरण: भर्ना सम्बन्धि छानबिन गरिने शुक्रबार, मंसिर २२, २०८०
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा...
दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा... शनिबार, असोज ६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्